
९ चैत, कैलाली । ‘अब धनगढी दौडिन्छ’ को छैठौं संस्करण नयाँ वर्ष वैशाख १ गतेको दिन आयोजना हुने भएको छ । ‘अब धनगढी दौडिन्छ’ कार्यक्रम हाफ म्याराथन दौड प्रतियोगिता हो ।
कैलालीको धनगढीमा शनिबार आयोजक धनगढी जेसिजले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगिताका संयोजक लोकराज भट्टले प्रत्येक वर्षजस्तै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने बताए । उनले धनगढी रंगशालाबाट शुरु हुने दौड प्रतियोगिता २१ दशमलव १ किलोमिटरको हुने बताए ।
संयोजक भट्टका अनुसार उनले २१ दशमलव १ किलोमिटरको खुला दौड, ५ किलोमिटरको कर्पोरेट र सञ्चार तथा ५ किलोमिटरकै ट्राइसाकल रेस आयोजना गरिने बताए ।
दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पाउने छन् ।
यसैगरी कर्पोरेट र सञ्चारतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजका अध्यक्ष नरेन्द्रराज अवस्थीले जानकारी दिए ।
प्रतिक्रिया 4