Comments Add Comment

रुपन्देहीका संक्रमित युवकको परिवारमा कोरोना संक्रमण देखिएन

परिवारका १० सदस्यको प्रयोगशाला रिपोर्ट नेगेटिभ

२१ वैशाख, बुटवल । रुपन्देहीका कोरोना संक्रमित युवकको परिवारका १० सदस्यमा कोरोना संक्रमण नभएको पाइएको छ ।

कोटहीमाई गाउँपालिका–१ सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमित गाउँका युवकको १० जनाको पीसीआर परीक्षण गर्दा संक्रमण नभएको पाइएको हो ।

भारतको दिल्लीबाट ट्रक चढेर र पैदल यात्रा गर्दै लकडाउनको समयमा वैशाख ५ गते मर्चवारको ठोठरी नाकाबाट घर आएका २५ वर्षका युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि परिवारका सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको हो । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा परिवारका सबै १० सदस्यको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

कोरोना संक्रमित युवकलाई शुक्रबार नै बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment