+
+
Shares

पुराना ग्राहकलाई डिसहोमले ३० दिन २०८ च्यानल निःशुल्क उपलब्ध गराउने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते १५:३२

२१ वैशाख, काठमाडौँ । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहामको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि  निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ ।

डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताको लागि ९८०११५५०००  उपलब्ध गराएको र ग्राहकहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राहकलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको घरैमा बसेका डिलर दाइमार्फत घरैमा  रिचार्ज गर्ने व्यवस्था मिलाएको थियो । यसको अलावा पनि केही ग्राहहरुले रिचार्ज नगरी रहनुभएको हुँदा पनि डिसहोमले यस्तो व्यवस्था गरेको हो ।

डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।

विश्वव्यापी रूपमा कोरोना भइरहेको महामारीका कारण देश भार  लकडाउन गरिएका कारण अधिकांश मानिस घरमा बस्न बाध्य रहेको समयमा रिचार्जको सुविधा नपएर रिचार्ज गर्न नपाएका ग्राहकहरुलाई मध्यनजर गरी यो कार्यक्रामहरु घोषणा गरेको हो ।

यस अघि नै सिनेमाहलहरु बन्द भएको अवस्थालाई मध्यनजर गर्दै डिसहोमले सिनामा घरको सुविधा उपलब्ध गराएको थियो भने  डिसहोमका १०८ र ८८८ च्यानलमा नयाँ नयाँ फिल्महरू पैसा तिरेर पनि हेर्ने व्यवस्था मिलाएको थियो ।

डिसहोमले २०८ वटा च्यानलहरू प्रसारण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?