
२० पुस, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम वाषिर्क साधारणसभा पनौती-४, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ । साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष बाबुराम थापाले गरेका थिए । संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले सभा सञ्चालन गरेका थिए ।
पूर्व निर्धारित कार्यतालिका अनुसार साधारणसभाले आगामी ४-चार) वर्षको लागि सर्वसम्मत रुपमा नयाँ सञ्चालकको निर्वाचन गरेको छ । साधारणसभा लगत्तै बसेको नवनिर्वाचित सञ्चालक समितिले निर्वाचित सञ्चालकहरु मध्येबाट बाबुराम थापालाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिमा भोजराज भट्टराई, भारती पाठक, प्रविण झा सञ्चालक सदस्य चयन गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले स्वागत मन्तव्य भाषण गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष बाबुराम थापाले अभियान लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई उद्यमी बनाई आत्मनिर्भरता तर्फ उन्मुख गराएर मात्र गरिबी न्युनीकरणको राष्ट्रिय अभियानमा टेवा पुग्ने कुरा व्यक्त गरे ।
प्रतिक्रिया 4