
२४ असार, काठमाडौं । श्रीलंकामा राजपाक्ष परिवारका चार दाजुभाइ सरकारमा सामेल भएका छन् ।
बिहीबार श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षका कान्छा भाइ बासिल राजपाक्ष अर्थमन्त्री बनेसँगै राजपाक्ष परिवारका चार दाजुभाइ सरकारमा सामेल भएका हुन् । राजपाक्ष परिवारबाट श्रीलंकामा राष्ट्रपति गोतावाय राजपाक्ष राष्ट्रपति छन् भने महिन्दा राजपाक्ष प्रधानमन्त्री छन् । चामल राजपाक्ष पनि कृषिमन्त्रीको रुपमा छन् ।
अर्थमन्त्री बासिलले बिहीबार प्रधानमन्त्री महिन्दा राजपाक्षबाट अर्थमन्त्रीको शपथ लिएका हुन् । उनीसँग अमेरिका र श्रीलंका दुवै मुलुकको नागरिकता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । बासिलको आगमनसँग श्रीलंकाको सरकारमा सामेल राजपाक्ष परिवारको सदस्यको संख्या ७ पुगेको छ ।
प्रधानमन्त्री महिन्दाका जेठा छोरा नामल श्रीलंकाको खेलकुदमन्त्रीको रुपमा छन् । कृषिमन्त्री चामलका छोरा शशीन्द्र राज्यमन्त्री छन् । त्यस्तै चारै भाइका भाञ्जा निपुण रानावाका पनि सरकारको प्रमुख सहयोगीको रुपमा छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4