- Home
- कोरोना फिचर
कोरोना फिचर
२४ पुस, काठमाडाैं । मंसिरको विहान १० बजे सरोज श्रेष्ठलाई किस्ट अस्पतालबाट फोनमा भनियो, ‘अर्को कोभिड डेथ भएको छ, आउनुपर्यो ।’ त्यसको २० मिनेटमा सरोज र विक्रम श्रेष्ठ इमाडोलस्थित अस्पताल पुगेर इनफेक्सन कन्ट्रोल टिमको सहयोगमा पिपिई लगाए । ट्रलीमा एक बण्डल प्लाष्टिक, केही कपडा, कैची र टेप तयार थिए । उनीहरु ट्रली गुडाउँदै आइसियू कक्षमा पुगे, जहाँ […]
गएको ८ महिनामा कति दिन बिदा लिनुभयो ? ‘एकदिन पनि लिएको छैन । शनिबार, दसैं, तिहार, छठ सधैं ड्युटीमा । अस्ति दसैंमा चाहिँ एकदम गाह्रो भो । २०४९ सालमा काठमाडौं आएदेखि प्रत्येक दसैंमा घर जान्थेँ, यसपालि जान पाइनँ ।’ किन दशैंमा गाह्रो भयो ? ७० वर्षकी आमा गाउँमा एक्लै हुनुहुन्छ । यसपटक दसैंमा घर जान […]
लामो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी भोगिरहेका हामीलाई अहिले महामारीको अवस्था के छ र हामी कुन चरणमा छौं भनेर थाहा छैन जस्तो लाग्छ । आम जनतालाई महामारीको अवस्था थाहा दिन विज्ञहरुले विश्लेषण गर्नुपर्छ भन्ने लाग्दछ । त्यही विश्लेषणका आधारमा हामीले बनाएको सोच ठिक छ की छैन भनेर मूल्याकंन गर्नुपर्छ । तर यतिखेर हामी विज्ञहरुसँगै […]
१७ पुस, काठमाडौं । कोभिड महामारीमा मुटुरोगीको ज्यान बचाउने अग्रपंक्तिका अस्पतालमध्ये पहिलो नम्बरमा आउँछ– शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र । महामारीकालमा यो अस्पतालले अति नाजुक अवस्थाका थुप्रै मुटुरोगीलाई आकस्मिक शल्यक्रिया गरेर असामयिक मृत्युबाट जोगायो । गंगालाल अस्पतालले कोभिड महामारीबीच २८४ जनाको साँघुरिएको मुटुको नशा खोल्यो (प्राइमरी एञ्जिओप्लास्टी) भने ८६३ जनाको एञ्जियोग्राम गर्यो । त्यसैगरी […]
१६ पुस, विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगरमा कार्यरत ५७ वर्षीय सीताराम दाहालको २८ साउनमा कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भयो । उनी प्रदेश १ मा कोरोना संक्रमणबाट ज्यान गुमाउने दसौं र कोशी अस्पतालमा मृत्यु हुने पहिलो व्यक्ति थिए । उनीअघि पाँच जना होम आइसोलेसनमा र चार जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा […]
२ पुस, काठमाडौं । असोजको दोस्रो सातातिर ८१ वर्षीय चित्रबहादुर केसीलाई अनौंठोसँग छाती दुख्न थाल्यो । पाचन प्रणालीबाहेक कुनै पनि दीर्घकालीन स्वास्थ्य समस्या नभोगेका केसीलाई अचानक देखिएको नयाँ खाले दुखाइले एक्कासी झसंग बनायो । सुरुमा त बुढ्यौलीको ‘उपहार’ सम्झिएर दुखाइलाई सामान्यीकरण गरे । तर कोरोना महामारीको बेलामा एक/दुई दिनसम्म दुखाइ नरोकिएपछि भाइरोलोजिस्ट डा. शेरबहादुर पुनलाई […]
१ पुस, काठमाडौं । कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ । टोलीमा मोर्चा सम्हाल्नेमध्ये उपत्यकामा दुईवटा […]
२४ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलको नेपाल एपीएफ अस्पतालबाट फोन आयो– कोभिडका एक बिरामीलाई प्लाज्मा चाहिएको थियो, दिने कोही भएनन् । त्यसैले, तपाईसंग सम्पर्क गरेको… ।’ कोरोना संक्रमिण भएका नेपाली सेनाका जमदार गणेशकुमार खड्का बलम्बुस्थित त्यसै अस्पतालको आइसोलेसनबाट गोरखबहादुर गणको क्वारेन्टिनमा सरेको सातादिन पनि भएको थिएन । प्लाज्माको कुरा सुनेर उनी एकछिन् अक्मकिए । […]
२४ मंसिर, काठमाडौं । अमेरिकी कम्पनी फाइजर र मोडर्नाले आफूले विकास गरेको खोप कोरोना महामारी नियन्त्रणका लागि निकै प्रभावकारी हुने दाबी गरेका छन् । तर खोपले कोरोना संक्रमण कति प्रभावकारी रुपमा नियन्त्रण गर्छ भन्ने स्पष्ट भइसकेको छैन । किनकी दुवै कम्पनीले ट्रायलका क्रममा भ्याक्सिन लगाएका कति मानिस कोभिड–१९ का कारण बिरामी भए भनेर मात्र हेरेका […]
१२ मंसिर, विराटनगर । भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर आएका उनलाई ८ मंसिर मा कोरोना पुष्टि भयो । चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिएपछि उनले सुरुमा सरकारी अस्पतालमै सोधीखोजी गरिन्। तर कतै खाली नभएको पाएपछि बुबालाई नोबेल मेडिकल कलेजमा लगिन् । तर अस्पतालले भर्ना […]
८ मंसिर, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि लकडाउन घोषणा हुनुअगावै जनकराज दाहालले प्रमुख जिल्ला अधिकारीका रुपमा मुलुकको राजधानी काठमाडौंको कमाण्ड गरिरहेका थिए । सिंहदरबारसँग नजिक रहेर चैतबाटै महामारीविरुद्धको लडाइँमा खटिएका उनी स्वयम् १३ कात्तिकमा कोभिड–१९ (कोरोना) भाइरसबाट संक्रमित भए । सर्वसाधारणलाई महामारीविरुद्ध सचेतना फैलाउँदै प्रतिकार्यमा समेत खटिइरहेका बेला उनी आफैं कसरी संक्रमित भए ? […]
५ मंसिर, पोखरा । स्याङ्जा पुतली बजारकी धनमाया गुरुङलाई सामान्य दम थियो, श्रीमानलाई नशासम्बन्धी समस्या । सरकारी सेवाबाट अवकाशप्राप्त गुरुङ दम्पत्ति स्वास्थ्य समस्या परिहाले सहजै अस्पताल पुग्न सकियोस् भनेर पोखरा महानगरपालिका–१०, वुद्धचोक नजिकै डेरा गरी बस्न थाले । ६२ वर्षीया धनमायालाई बिहीबार साँझ एक्कासी सास फेर्न गाह्रो महसुस भयो । छोरी घर गएकाले श्रीमानले जसोतसो […]
२ मंसिर, काठमाडौं । जनरल मेडिसिनबाट आएर मुटुरोग उपचारमा आधुनिक प्रविधि भित्राउनेमध्येका एक हुन्, प्रा. डा. सुनील झा । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाका अनुसार, प्रविधि नभएको समयदेखि अहिलेसम्म मुटुरोगीको उपचारमा सक्रिय थिए उनी । प्रा. डा. झाले ३० वर्ष शिक्षण अस्पतालमा काम गरे । पछिल्लो समय उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा […]
२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनालाई आईसीयू र ६३ जना भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्यो । भेन्टिलेटरमा राखेर उपचार गरिएका सबैलाई निमोनिया भएको थियो । त्यसमा पनि निमोनिया भइसकेर अस्पताल पुग्ने १२ जनाको मृत्यु भयो । ‘संक्रमितहरु […]
१७ कात्तिक, काठमाडौं । कोरोना महामारीमा खट्दाको सबभन्दा अप्ठ्यारो क्षण कुन हो ? ‘आफ्नै हजुरबालाई आफैंले आईसीयूमा राखेर उपचार गर्नु पर्दाको अवस्था ।’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. कृजन महर्जनले अन्य संक्रमितसँगै आफ्ना हजुरबालाई पनि आईसीयूमा उपचार गर्नुप¥यो । घरपरिवारमा संक्रमण नसरोस् भनेर होटल क्वारेन्टिनबाट अस्पताल धाइरहेका अन्य स्वास्थकर्मीहरुको भन्दा फरक रह्यो […]
१७ कात्तिक, काठमाडौं । बेलायतले आगामी बिहीबारदेखि लागू हुने गरी दोस्रोपटक राष्ट्रव्यापी लकडाउनको निर्णय गर्यो । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको यो लकडाउन डिसेम्बर २ बाट बिस्तारै खुल्दै जाने बताइएको छ । पछिल्लो समय बेलायतमा निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै बेलायतले पुनः लकडाउनको घोषणा गरेको हो । अष्ट्रिया र पोर्चुगलले कर्फ्युसहित सामाजिक गतिविधिमा […]
१६ कात्तिक, काठमाडौं । पैसा नभएर कसैको कोरोना परीक्षण हुन पाएन । कतै सिकिस्त संक्रमितले अस्पताल पाएनन् । कही सुत्केरी व्यथा लागेकी महिला अस्पतालले भर्ना नलिएर छटपटाइरहेकी छन् । कतै कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या परेको छ । यस्ता अप्ठ्यारा आइपरेका ठाउँमा भेटिन्छन्, नरेश श्रेष्ठ । जनस्वास्थ अधिकृत श्रेष्ठ कर्मचारी समायोजन हुँदा जिल्ला स्वास्थ्य कार्यालय […]
१५ कात्तिक, काठमाडौं । नेपालमा गत चैत १० गते दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै देशव्यापी बन्दाबन्दीको घोषणा भयो । तर, सरकारको पूर्वतयारी निकै कमजोर थियो । यो अवस्थाले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई चैनसँग बस्न दिएन । पुनको नेतृत्वमा रहेको केन्द्रले देशमा कोरोना संक्रमितहरुको उपचारमा अत्यावश्यक मेडिकल सामग्रीको अभाव सिर्जना हुने सम्भावना ठम्याएर […]
१४ कात्तिक, काठमाडौं । जेठ तेस्रो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा घटाउन ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ बनाउँदा संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीले भनिदिए, ‘यो जनस्वास्थ्यमाथि गम्भीर खेलवाड हो ।’ त्यसको साता नबित्दै मन्त्रालयकै ‘इन्सिडेण्ड कमाण्ड सिस्टम’ले लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका शंकास्पद संक्रमितलाई परीक्षण नगरी १० दिनमा घर पठाउने निर्णय गर्यो […]
१३ कात्तिक, काठमाडौं । नेपालमा कोभिड– १९ को संक्रमण फैलिरहँदा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको माहोल कस्तो थियो ? ‘डर नै डर थियो । न सुरक्षा कवच, न भाइरसबारे पर्याप्त ज्ञान । यो भवनमा छिर्नै डरमर्दो थियो’, मेडिकल ल्याब टेक्नोलोजिस्ट लोकबन्धु चौधरी सम्झन्छन्, ‘हामीलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) पनि अलिपछि मात्र आयो ।’ सुरुवाती […]
१२ कात्तिक, काठमाडौं । नेपालको पहिलो ‘कन्भालेसेन्ट प्लाज्माथेरापी’ धेरैलाई ‘सरप्राइज’ भयो । बिना तयारी अपर्झटमा थियो कि पहिलो प्रयास असफल होला भन्ने डरले गुपचुप काम भइरहेको थियो ? ‘गुपचुप भन्न सकिन्छ, तर अपर्झट होइन’, यो विद्याका नेपाली पायोनियर डा. विपिन नेपाल भन्छन् । उनले अघि भने, ‘मैले त बैशाखमै प्लाज्माथेरापी सुरु गरौं भनेर नेपाल रेडक्रस […]