+
+
Shares

हुन्डीमार्फत ५७ लाख बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ

रासस रासस
२०८२ मंसिर २२ गते १९:३०
प्रतीकात्मक तस्वीर

२२ मंसिर, काठमाडौं । हुन्डीमार्फत ५७ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठ रहेका छन् ।

काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलबाट उनी पक्राउ परेका हुन् ।

५७ लाख ४७ हजार ३५० रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको आरोपमा प्रहरी वृत्त कालीमाटीको टोलीले उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

श्रेष्ठलाई हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?