Comments Add Comment

कभर स्टोरी

List Grid
कठ्याग्रिँदो जाडोमा के गर्दैछन् सेलिब्रेटी

अभिनेता तथा निर्माता दीपकराज गिरी भन्छन्- ‘यो पुसको चिसोमा  जे गरे पनि जिउ तात्दै तात्दैन…,’के गरौं, के गरौं हुन्छ ।’ उनी थप्छन् -‘अनेकौं कोसिस गर्छु, त्यसपछि एकचोटी आफ्नो अधिकारका लागि यो मध्य पुसको काठमाडौंको चिसो सडकमा सुतिरहेका किसानको फोटो हेर्छु, जाडो त्यसै कम हुँदै गएको महसुस हुन्छ । भन्छन् नि, पीडामा हुँदा आफूभन्दा धेरै पीडामा […]

ट्रेकिङ : एक रोमाञ्चक अनुभव

भ्रमण बर्ष सुरु भइसकेको छ । यस अनुरुप वर्षभरमा २० लाख पर्यटक भित्र्याउने तयारी छ, सरकारको । विदेशी पर्यटकहरु पर्वतारोहण वा साहसिक पदयात्राका लागि नेपाल आउँछन् । कतिपय धार्मिक पर्यटक पनि हुन्छन्, जो पशुपतिनाथ, लुम्बिनीको फन्को लगाएर फर्कन्छन् । हामीकहाँ भने घुम्ने संस्कृति त्यती राम्ररी विकास भइसकेको छैन । हामी घुमफिरका लागि त्यती जाँगर चलाउँदैनौं […]

गोबर र माटोमा जीवन खोज्नेहरुको कथा

हरियो हृयाट, हरियो ज्याकेट र खुट्टामा माथिसम्म आउने प्लास्टिकको जुत्ता लगाएका एक दर्जनजति अधबैंशे महिलाको टोलीले पात झरेर हाँगासमेत वान्की मिलाएर काटिसकेको नास्पातीको फेदमा बसेर लामो सासमा खुईऽऽऽय गर्दै सुस्केरा हाल्छन् । हातभरी लतपतिएको गोबर सुकेर त्यसैको टाटोले उनीहरुको हातमा कालो छिद्रा बसेको छ । उनीहरुले पाउँने  ४९५ रुपैयाँ पाक्नको लागि अब समयकै हिसाबले त […]

भोकमरीको भय : यसरी घट्दैछ माटोको उर्बरा शक्ति

वनस्पती विज्ञान पढेका पोखराका कूलराज चालिसेले जलवायु परिवर्तनका कारण धान र चामलको उत्पादनमा निकट भविष्यमा नै समस्या आउने भन्दै त्यसको लागि तयारी रहन कन्दमूलको खोजीमा लागे । अहिले विश्व केवल २ डिग्री तापक्रम बृद्धिको त्रासमा गुजि्रने गरेको छ । यसको कारण हो २ डिग्री तापक्रम बढेपछि हिमालका हिउँहरु सकिनेछन् । हिमतालहरु ठूला हुनेछन् । यसले […]

तीन कथा जसले तपाईंंको जिन्दगी परिर्वतन गर्नसक्छ

आईपोड र आईफोन बनाउने अमेरिकी कम्पनि एप्पलका फाउण्डर स्टिभ जब्सको जीवनका त्यस्ता तीन कथाहरु छन् । जसले तपाईंंको जिन्दगीलाई पनि परिर्वतन गर्न सक्छ । तपाईंंको जिन्दगीमा पनि उनीहरुका त्यस्ता कुराहरुले उनीहरुको जीवन, इतिहास र बायोग्राफीको झलक पाउन सक्नुहुन्छ । संसारका सबैभन्दा प्रभावशाली उद्यमीहरुको नाम लिनुपर्दा, त्यसमा अरु कुनै नाम भए पनि नभए पनि एउटा नाम […]

कसरी गायब भयो घाटे भकारी र सिँढीहरु ?

बर्खाको मौसममा बाहेक प्रायः त्यतिमाथिसम्म पानी नआउने भएकोले मानिसको शव जलाउनको लागि तयार पारिएको आकर्षक ढुंगाद्वारा निर्मित घाटे भकारी र नदीको बीचमा सायदै कतैपनि मानव संरचनाहरु बन्दैनन् होला । त्यो भकारी नै घाटको चिनो हो र घाट नै नदीको सारथि हो । तर, यो अचम्मलाग्दो दृश्य हामीले थापाथलीदेखि टेकुसम्मको वागमतीको किनारामा देख्न सक्छौं । जहाँ […]

टिमुर : जीव र बनस्पतीलाई समेत उपयोगी

दाँत दुख्ने समस्या, वायुशमन, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजीर्ण, हैजा आदि रोगको लागि उपयोगी एक जडिबुटी हो टिमुर । सजिलै प्राप्त गर्न सकिने र जीवन तथा बनस्पतीको लागि समेत उपयोगी मानिएको यो आँखाको दृष्टि कम भएका मानिसको लागि समेत उपयोगी हुने कृषि वैज्ञानिकहरु बताउँछन् । यसको स्वाद तीतो, पीरो र जिब्रो […]

एक्लोपना नै साँचो साथी

मोबाइल र इन्टरनेटले एक्लोपनालाई केही हदसम्म कम गरे तापनि यिनलाई एक्लोपना हटाउने साधन भने भन्न मिल्दैन । थोरै मेहनत गर्न सकियो भने एक्लोपनाबाट छुटकारा पाउन सकिने मौकाहरु प्रशस्त फेला पार्न सक्छौं अथवा हामी त्यही एक्लोपनामा रमाउन पनि सक्छौं । आजको युवा पुस्ता सबैभन्दा बढी एक्लोपनाको शिकार भएका छन् । उनीहरु प्रायः आफूलाई एक्लोपना महसुस गरिरहन्छन् […]

कन्दमूलको औषधीय गुणबारे यसरी गरिँदैछ खोज

काठमाडौं । २०७२ सालमा भारतले नाकाबन्दी गरेपछि धेरै मानिसहरु भारतको नाकाबन्दी बिरुद्ध आन्दोलनमा उत्रिए । नेपाल आफैंमा कुनैपनि बस्तुमा निर्भर थिएन, विशेषगरी खानेकुरामा । कसैले भूपरिवेष्ठित देशको अधिकारका मुद्दाहरु निकाले । कसैले सरकारलाई नै आत्मनिर्भर नभएको भनेर आलोचना गरे भने कसैले यसै राष्टि्रयताको एजेण्डालाई ज्वलन्त बनाए । यसमा आफूले यसको विकल्प खोज्नेतिर धेरैको ध्यान आकषिर्त […]

सम्पदा क्षेत्रमा इट्टाभट्टा, स्थानीयको स्वास्थ्यमा खेलाँची

पाँचखाल, काभ्रे । काभ्रे पाँचखालका सुरेश भेटुवालले आलु, काउली र अरु विभिन्न तरकारीहरु उत्पादन गर्न थालेको धेरै वर्ष भयो । पछिल्ला केही वर्षदेखि उनको काउलीको पातमा कालो रंग पोतिएको जस्तो आकृति देखिन थालेको छ । त्यस्तो आकृति देखिएसँगै उनको काउली आलु आदिको उत्पादनमा समेत कमी आएको उनी बताउँछन् । यद्यपि उनले त्यहाँ के कारणले त्यस्तो […]

एड्भेन्चर गेम तथा खेल पर्यटनमा जोड दिने बेला आएको छ- किशोर घिमिरे

लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध युवा हुन् किशोर घिमिरे । गीतकारको रुपमा समेत आवद्ध उनी विगतमा बैंकरको रुपमा समेत रहिसकेका छन् । रेष्टुराँ व्यवसायमा समेत हात हालिसकेका घिमिरे पछिल्लो आधा दशकदेखि पर्यटन व्यवसायमा मात्र सक्रिय भएर लागेका छन् । भारतका विभिन्न शहरमा नेपाल भ्रमण वर्ष-२०२० को प्रवर्द्धनमा समेत सक्रिय भएर लागिरहेका पर्यटन व्यवसायी घिमिरेसँग नेपाल […]

वासिङ मेसिनमा लुगा धुने तरिका

व्यस्तता र सुविधालाई ध्यानमा राखेर बजारमा डिस वासर, वासिङ मेसिन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक मेसिनहरु उपलब्ध छन् । यी सामग्रीहरुले हाम्रो मेहनत, समय र कामलाई सजिलो बनाइदिएको छ । तर, हाम्रो कामलाई सजिलो बनाउने यी मेसिनहरुको प्रयोग यदि हामीले सही तरिकाले गरेनौं भने यसले तपाईंको काम बिर्गान पनि सक्छ । -वासिङ मेसिनमा लुगा धुँदा सकेसम्म […]

साईपाल गाउँपालिकाको जनजीवन : अभावको जिन्दगी बाँच्नेहरु

आधा दर्जनभन्दा धेरै ५ हजार मिटरभन्दा माथिका हिमालहरु, परापूर्वकालदेखि अहिलेसम्म नै पवित्र देवभूमिको रुपमा परिचित एवं यी र यस्तै यावत सम्भावनाहरुलाई गर्भगृहमा राखेर गरिबीको नियती भोग्न बाध्य छ सुदूर उत्तर पश्चिमी भेगको एउटा गाउँपालिका । सम्भावनाकै कुरा गर्ने हो भने के छैन त्यहाँ ? तर, उपलब्धताको कुरा गर्ने हो भने केही पनि छैन त्यहाँ । […]

टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज

१२ पुस, काठमाडौं । पाल्पाको हेक्लाङ भन्ने गाउँमा बस्थिन् एक वैद्य । गाउँलेहरुले उनलाई ‘डाक्टरनी’ भन्थे । विभिन्न समस्या लिएर आउने बिरामीलाई उनी बिनापरिक्षण रोग पहिचान गरी औषधि दिएर निको पार्थिन् । उनैका नाति हुन् डा. अच्युत अधिकारी । सानैदेखि हजुरआमाको कौशल देखेका उनमा आयूर्वेदिक जडिबुटीप्रति मोह पलायो । कालान्तरमा उनै अच्युतले पत्ता लगाए टिमुरमा […]

घुमघाम संस्कृति : खर्च गर्ने पर्यटकको कमी

हामीहरु नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा छौं । २० लाख पर्यटकको लागि नयाँ वर्ष सुरु हुँदैगर्दा हामीले एउटा बहस गर्नैपर्ने विषयलाई बेवास्ता गरेको अनुभूति हुन्छन् । सरकारले लिएको लक्ष्य अनुसार २० लाख  पर्यटकहरु कस्ता स्वभावका भित्र्याउने ? उनीहरुबाट दैनिक कति रुपैयाँ खर्च गर्ने ? र यसको लागि पर्यटकलाई सेवा सुविधाहरु कसरी दिने ? […]

सकारात्मक सोचले मानिसलाई निरोगी बनाउँछ-रेखा शाह

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा…’ यो गीत धेरै नेपाली संगीतप्रेमीहरुको रोजाइमा परेको पाइन्छ । विदेशीहरुले समेत अत्यन्त मन पराउने यो गीतकी गायिका हुन्, रेखा शाह । उनकै संकलनको यो गीत आज पनि उत्तिकै लोकपि्रय छ । सिमसिमे पानीमा सहित दर्जनौं नेपाली गीतहरुमा स्वर प्रदान गरिसकेकी गायिका शाह अध्ययनशील गायिकाहरुमा समेत गर्छिन् । उनलै […]

नाइट पार्टीमा झुम्मिनेहरुको संसार

महानगरहरुमा जसै रात ढल्दै जान्छ । शहरको विभिन्न स्थानहरुमा खुलेका भव्य लाउञ्ज, क्लबदेखि रेष्टुराँहरुमा मानिसहरु भेट्नु-भेटाउनुको साथै ड्रग्स र मदिराको नशामा धेरै पार्टीहरु आयोजना भइरहेका हुन्छन् । त्यस्ता पार्टीहरुलाई अचेल नाइट फिभर भन्न थालिएको छ । लेट नाइट पार्टी अर्थात् एकदम हो-हल्ल्ाा गर्नु, मदिरा पिउनु-पिलाउनु तथा मदमस्त भएर डिजेको रिदममा झुम्नु । साना-ठूला नगर, महानगरहरुमा […]

हलेसीको सेरोफेरो : कस्तो छ जनजीवन ?

पूर्वी नेपालको पवित्र धार्मिक स्थल हलेसी क्षेत्र नपुग्दासम्म धेरैलाई अचम्म लाग्नसक्छ त्यहाँका स्थानीयबासीले भोग्नुपरेको पीडाको कथा । अभावले जकडिएको काठमाडौंमा पानीको अभाव मान्नेहरुले कस्तो सम्झिएलान्, हलेसीको यात्रा ? नक्सामा हेर्दा दुधकोशी र सुनकोशीको किनारमा रहेको यो नगरपालिकाले पानीको त्यति धेरै पीडा भोगेको छ भन्ने कुरा पत्याउन धेरैलाई गाह्रै पर्ला । तर, हलेसीबासीको जीवनशैलीमा कुनै ठूलो […]

जसले नर्सिङ पेशालाई मर्यादा र प्रतिष्ठासँग जोडे

कुनैपनि कामले आफ्नो पेशालाई कति प्रसिद्ध गराउँछ भन्ने कुराको लागि विश्वमा विभिन्न उदाहरणहरु पाइन्छ । पहिले गुमनाम रहेका विभिन्न पेशाहरुमा एक जनाको प्रयासले गरेको आमूल परिवर्तनका उदाहरणहरु धेरै देख्न सकिन्छ । त्यस्ता धेरै विषयहरु हुन्छन् । विज्ञानलाई आइन्सटाइन जस्ता मानिसहरुले चर्चित बनाए । साहित्यलाई होमर, वाल्मीकि, व्यास जस्ता विद्वानहरुले चर्चित बनाए । त्यसै मध्ये नर्स […]

न्युजिल्याण्डकी प्रधानमन्त्रीको रोचक जीवनशैली

न्युजिल्याण्डका बासिन्दालाई आफ्नो व्यक्तिगत जीवनको बारेमा नयाा नयाा कुरा खुलासा गरेर अचम्मित पार्ने गर्छिन्, प्रधानमन्त्री जसिण्डा आर्डर्न । सन् २०१८ को जुन महिनामा आर्डनले आफू गर्भवती भएको घोषणा गरिन् । जबकी त्यतिबेलासम्म उनीको औपचारिक विवाह नै भएको थिएन । जनवरी २०१८ मा यो घोषणा गरेकी उनले त्यही वर्षको जुन महिनामा छोरी जन्माइन् । त्यो समयमा […]

कार्बन उत्सर्जन : विकसित देशको रजाईं, नेपाललाई खतरा

जलवायु परिवर्तनको मुद्दामा नेपालले नगरेको गल्तीको सजाय भोगिरहेको छ । अमेरिका, रुस, साउदी अरेबिया र कुवेत जस्ता मुलुकहरुले गरेको अत्यधिक कार्वन उत्सर्जनबाट बढ्दै गएको जलवायु परिवर्तन सम्बन्धी असर अहिले नेपालीहरुले भोगिरहेका छन् । तर, ती मुलुकहरु अझैसम्म पनि नेपाल लगायत कम कार्वन उत्सर्जन गर्ने मुलुकहरुलाई त्यसको उचित क्षतिपूर्ति दिन तयार छैनन् । गत महिना स्पेनको […]