Comments Add Comment

कभर स्टोरी

List Grid
साइकल यात्रा : काठमाडौं टु जनकपुर

पर्यावरण र सांस्कृतिक संरक्षणको लागि काठमाडौंको पशुपतिदेखि जनकपुरसम्म साइकल यात्रा हुँदैछ । शुक्रबारदेखि सुरु हुने तीन दिने साइकल यात्रा  ऐतिहासिक सिन्धुलीगढी हुँदै जानेछ । त्यसैले यो अभियानको नाम नै ‘राईड थ्रु सिन्धुलीगढी’ राखिएको छ । हरेक वर्ष यही मौसममा गरिने साइकल यात्राको यो चौथो संस्करण हो । यस संस्करणमा नियमित रुपमा साइकलमा यात्रा गर्ने १५० […]

मःम भनेपछि हुरुक्क हुन्थें, तर खानै छाडेँ– अभिनेत्री नम्रता सापकोटा

चलचित्र ‘अन्तराल’ मार्फत रजतपटमा आएकी अभिनेत्री हुन् नम्रता सापकोटा । यो अवधिमा उनले समर लभ, छक्का पञ्जा जस्ता चलचित्रहरुमा समेत अभिनय गरेकी छिन् । दर्जनौं म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी नम्रता मनोरञ्जन क्षेत्रमा नम्र तथा सुशील अभिनेत्रीको रुपमा स्थापित छिन् । सांस्कृतिक कार्यक्रमहरुमा आकर्षक नृत्य गर्दै आइरहेकी नम्रता साल्सा नृत्यमा समेत पारंगत छिन् । अनलाइनखबरका […]

किन रुखो, आक्रामक र लाचार हुन्छन् सरकारी कर्मचारी ?

न्यूयोर्कबाट प्रकाशित हुने फच्र्युन म्यागाजिनले सरकारी कर्मचारीहरु धेरै अल्छि र कम सिर्जनशील हुन्छन् भन्ने विषयमा केही समय अघि एउटा अध्ययन गरेको थियो । सो अध्ययनले विभिन्न कारणहरु पत्ता लाग्यो जसले कर्मचारीहरुको जाँगर मारिरहेको छ । सो म्यागाजिनको अध्ययन अनुसार सबैभन्दा पहिले अचानक र बारम्बार नेतृत्व परिवर्तन हुनु नै मूल समस्याको जड हो । यसमा नेतृत्व […]

कसरी ठगिन्छन् विदेशी पाहुना ?

काठमाडौं । नेपाली र भारतीयबाहेक तेस्रो मुलुकबाटआउने पर्यटकलाई माउन्टेन फ्लाईटको भाडा जति तोकिएको छ त्यही भाडाले भारतीय पर्यटकलाई माउन्टेन फ्लाईटबाट फर्किएर पनि फेरि पोखरा जान पुग्छ । तेस्रो देशका पर्यटकहरुले पोखरा जानको लागि जति भाडा तिर्छन् त्यही भाडाले भारतीय पर्यटकहरुलाई भने तीन पटक पोखरा जान आउन पुग्छ । त्यतिमात्रै होइन एकपटक विदेशीले पोखरा जाँदा तिर्नुपर्ने […]

किसानको दैनिकी : बिस्कुन सुकाउने बेला

घरमा आमाले घरधन्दा सकेर गाईबस्तु फुकाइसकेपछि आमालाई अर्कै चटारोले छोएको हुन्छ । त्यो हो बिस्कुन सुकाउने काम । झट्ट हेर्दा त्यो कुनै काम हो जस्तो देखिँदैन । आमाको घरमा यस्तै कामहरु धेरै हुने गर्छन् । त्यही मध्येको एउटा बिस्कुन सुकाउने काम पनि बेला बेलामा आइरहन्छ । गाउँघरमा एउटा ठूलो त्रिपाल या प्लास्टिकलाई विशेषगरी आँगन या […]

एकनाशको जीवनशैलीबाट दिक्क हुनु भएको छ ?

दिनहुँको एकनासे जिन्दगीबाट दिक्क त हुनु भएको छैन नि ? प्रायः हामीलाई बिहान उठेर अफिस जाउ अनि साँझ घर फर्क…फेरी भोलिपल्ट त्यहि रुटिन दोहोर्‍याउ । अफिस र घरको उस्तै प्रकारको जीवनशैलीका कारण कहिलेकाहिं हामीलाई दिक्क लाग्न सक्छ । हामी प्रायः एकै प्रकारको काम गर्दा गर्दा दिक्क हुन्छौ, अनि भन्ने गर्छौं-‘अब त जीवनमा रमाइलो नै छैन […]

सफलताको लागि व्यक्तित्व विकास

नेहा झट्ट हेर्दा निकै सुन्दरी छिन् । उनको अग्लो कद, आकर्षक शारीरिक बनावट, बदामी आँखा तथा लामो र कालो कपाल देखेर जो कोही पनि प्रशंसा नगरी बस्न सक्दैन थियो । जब उनले एमबिएको अध्ययन पुरा गरिन् । उनी जागिरका लागि अन्तर्वार्ता दिन थालिन् । कसैले पनि उनी उक्त अन्तर्वार्तामा अनुत्तीर्ण होलिन् भन्ने सोचेका थिएनन् । […]

पाहुनाका अनौंठा आनीबानी : इजरायलीले होटलमा कोठा पाउँदैनन्, खर्चै गर्दैनन् एशियन

अर्काको देश घुम्न आएका पर्यटकहरु पनि अरुसँग रिसाउँछन् र ? भर्खरै–भर्खरै न्याथममा पथप्रदर्शकको तालिम सुरु गर्दा राजेन्द्र बहादुर राईलाई अचम्म लाग्ने गर्‍यो। आफ्नै देशमा आएर कसैले नराम्रो व्यवहार गर्‍यो भने सहेरै बस्नुपर्ने ? यो प्रश्न न्याथममा पढाउने गुरुहरुसँग सोध्नै पनि लागेका थिए । तर, फेरि सोधेनन् । यो पेशा यस्तै होला भन्ने सम्झिएर आफैंले आफ्नै […]

साइकल यात्रीलाई हेप्छ यो शहरले

कोटेश्वरबाट सहायक बाटो हुँदै स्वयंभुसम्म पुग्दा सडकमा देखिएका दृश्यहरुले एकपटक आफैंलाई लज्जित बनायो । मुलुककै राजधानी शहरमा बालबालिकाहरु सडकमा नै फुटबल र क्रिकेट खेलिरहेका छन् । फुर्सदिलाहरु सडकमा नै टुल राखेर घाम तापिरहेका छन् । मोटरसाइकल सिक्नेको पनि यही सडक उपयुक्त ठाउँ हो । यो सडकले मात्रै कतिको आवश्यकता पूरा गरेको छ ? आवास क्षेत्रमा […]

हिटरको हानि : सतर्कता अपनाउने कि ?

बिस्तारै जाडो बढ्न थालेको छ । जाडोले हामीलाई यति गाह्रो पार्छ कि यसबाट बच्न हामी विभिन्न तरिकाहरु अपनाउँछौं । जाडोको लागि भनेर अहिले बजारमा तातो लुगा र जुत्ताहरु उपलब्ध हुन थालिसकेको छ । जसको प्रयोगले थोरै भएपनि तातोको अनुभव हुन्छ । अहिले महिला र पुरुष दुवै बाहिरी कामकाजमा व्यस्त हुन्छन् । त्यसैले पहिला जस्तो घाम […]

‘अलकापुरी’ थियो २५ वर्ष अघिको काठमाडौं उपत्यका

तुलसीलाल सिंह उमेरले ६७ वर्षका भए । ललितपुको प्रयाग पोखरी नजिकै जन्मिएका उनी तिनै व्यक्ति हुन् जो हालको लगनखेलमा रहेको विशाल चौरमा भेँडा र भैंसी चराउन जान्थे । भेँडा चराउन जाँदा चौरमा भेँडा छाडेर कता कता हराएको घटना सिंहको स्मरणमा ताजै छ । लगनखेलमा त्यति ठूलो चौर त छैन । तर, त्यही चौरमा फुटबल खेलेको […]

साथीको विवाहमा जाँदै हुनुहुन्छ ?

मंसिर महिनाको सुरुवातसँगै विवाहको मौसम पनि सुरुवात हुन्छ । आउँदो मंसिरमा पनि कतिले लगनगाँठो कस्ने तयारी गर्नुभएको होला । विवाह भन्नासाथ ब्याण्ड बाजा, जुत्ता लुकाउने, मेहेन्दी जस्ता विभिन्न कुराहरु दिमागमा छाउन थाल्छ । अझ नव विवाहिताहरुको लागि त यो कुनै उत्सव नै हुन्छ । किनभने उनीहरु कसरी राम्रो देखिने, कसरी सबैको ध्यान आफूतिर आकर्षित गर्ने […]

काठमाडौंलाई किन ‘गार्डेन सिटी’ नबनाउने ?

मुलुकको राजधानी, काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र । कुनै कामकाज वा घुमफिरका लागि तपाईं जब काठमाडौं प्रवेश गर्नुहुनेछ, धुलो र धूँवाको कुइरिमण्डलले छोप्नेछ । पट्यारलाग्दो जाम, चर्को होहल्ला, अस्तव्यस्त शहर देखेर तपाईंलाई दिक्क लाग्नेछ । फराकिलो फाँट, सलल बग्ने कञ्चन खोलानाला, छर्लङ्ग देखिने हिम-चुचुरा । कुनैबेला काठमाडौं भूस्वर्ग जस्तै थियो । तर, जथाभावी घर-निर्माण एवं […]

बिनाकारण किनमेल गर्नु पनि एक प्रकारको बिरामी

मानिसलाई मनपर्ने कुराहरुमध्ये सपिङ गर्नु पनि एक हो । विशेष गरेर महिलाहरुलाई सपिङ गर्न अत्यन्त रमाइलो लाग्छ । उनीहरु सपिङ गरेर कहिल्यै थाक्दैनन् । तर, यदि तपाईं उत्साहित भएर केही नसोची सपिङ गर्ने र पछि पछुताउने बानी बढ्दै गएको छ भने यसलाई कम्पल्सिव बाइङ डिसअडर हुन सक्छ । यो के हो र यसको पहिचान कसरी […]

यौन धन्दा : मोबाइलबाटै मोलमोलाई

साँझपख तपाईं काठमाडौंकाु मुटु रत्नपार्क वरपर पुग्नु भयो भने वातावरण बेग्लै देख्न सक्नु हुनेछ । कुनै बेला साँझ छिप्पिएपछि सडक वरपर देह व्यापारका लागि मोल-मोलाइ भैरहेको दृष्य खुलेआमा देखिन्थे । पछिल्लो अवधिमा भने त्यस्ता दृष्यहरु देखिन केही कम भएको छ । के त्यसो भए शहरमा देह व्यापारको धन्दा निर्मूल भएको हो र ? किन हुन्थ्यो, […]

सर्वेन्द्र खनालको जीवनशैली : दूध-भातमा हुरुक्कै, गानाबजानामा खप्पिस

प्रहरी अहिले हिरो हुन थालेका छन्, सिनेमाको पर्दामा । थुप्रै सिनेमा छन्, जसमा वर्दीधारी हिरोले भ्रष्ट नेता, ठग ठेकेदार, सिल्ली साहु-माहजन र कामचोर कर्मचारी लाई तह लगाउँछन् । असत्य र अन्यायको जगमा चकचकी मच्याउँने गुण्डालाई रामधुलाई हान्छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि बेलाबखत यस्तै ‘हिरोइज्म’ देखाउने गरेका छन् । कहिले ‘म्याच फिक्सिङ’ को काण्डमा […]

रोलमोडल भक्तपुर : शिक्षा, स्वास्थ्य र संस्कृतिबाट अरुले के सिक्ने ?

निजीकरणको नाममा शिक्षा र स्वास्थ्यको सबै तालाचाबी निजी क्षेत्रलाई दिएको भए सायद यतिबेला भक्तपुर नगरपालिका पनि अरु धेरै स्थानीय तह जस्तै सरकारसँग कर्मचारीलाई खुवाउने तलबको लागि हारगुहार गरिरहेको हुन्थ्यो होला । तर, भक्तपुरले त्यो चाहेन । बरु मनाङमा जन्मिएर इन्जिनियरिङ पढ्न चाहनेहरुको होस् या कर्णालीबाट कम्प्युटर इन्जिनियरिङको सपना पूरा गर्न चाहनेको लागि होस् । सबैलाई […]

रेष्टुरेन्टको ठगी धन्दा : किन भिराइन्छ ग्राहकलाई भ्याट र सेवा शुल्क ?

तपाईंले सर्वजनिक यातायातमा यात्रा गर्दा निर्धारित भाडा बाहेक सह–चालकले आफुखुसी ‘सर्भिस शुल्क’ असुल्छ ? ‘भ्याट’ वापतको रकम माग्छ ? तपाईंले कुनै पसलेकहाँ गएर सरसमान खरिद गरेपछि के उनले तपाईंलाई ‘सेवा सुल्क’ भन्दै अतिरिक्त पैसा माग्छ ? कुनै किसानबाट सागसब्जी किनिरहँदा उनले तपाईंबाट आफ्नो उत्पादन बाहेकको पैसा असुल्छ ? पक्कै पनि तपाईं यसरी ठगिनुभएको छैन । […]

‘बगैंचे शहर’ बैङ्लोरबाट काठमाडौंले के सिक्ने ?

काठमाडौंमा अन्धधुन्द रुख-बिरुवा काटिदैछ । कतै बाटो विस्तारको लागि त, कतै शहरी विकासका लागि । एकातिर काठमाडौं विश्वकै प्रदूषित शहरको रुपमा बदनाम हुँदैछ भने अर्कोतिर विकासे योजनाले काठमाडौंलाई रुखो र उजाड बनाउँदै गएको छ । जबकि विकास निर्माणका लागि रुख-बिरुवा काट्नैपर्छ, मास्नैपर्छ भन्ने छैन । यस्ता थुप्रै उदाहरण छन्, जहाँ रुख बिरुवा विनास नगरी रहरलाग्दा […]

‘ग्यास च्याम्बर’ बन्दैछ काठमाडौं शहर ?

काठमाडौं आसपासको कुनै डाँडामा उक्लिएर हेर्नुहोस्, शहरको हालत देखेर तपाईंको मन उकुसमुकुस हुनेछ । घरै-घरको थुप्रोमाथि मडारिएको धूँवा र धुलोको तह देखेपछि तपाईंको मुखबाट विस्मयको आवाज फुत्कनेछ, ‘हैट, धुँलो र धुवाँभित्र गुम्सिएर बसिएको रहेछ ।’ कचौरा जस्तो काठमाडौं उपत्यकामा ३३ लाखभन्दा बढी मान्छे कोचिएका छन् । त्यसमाथि गाडी, कल-कारखाना, इर्ंटाभट्टी आदिले यो उपत्यकालाई साँघुरो मात्र […]

अन्तरिक्ष यात्री : कसरी बस्छन्, के खान्छन् ?

आफ्नो मिल्ने साथीहरुसँग एकहप्ताभन्दा धेरै कुनै शिविरमा बस्ने गरी जानुपर्दा तपाईं के–के लिएर जानुहुन्छ ? यात्रा अवधि भरको लागि खाने खाना, बस्नको लागि आवश्यक सामग्री, लगाउने कपडा र यस्तै अरु । त्यही शिविर जस्तै हो अन्तरिक्षमा जाने मानिसको यात्रा पनि । सबै झिटिगुण्टाहरु बोकेर गएका मानिसहरुले आफू त्यहाँ बस्ने समयसम्मको लागि खाना पनि सबै लैजानु […]