Comments Add Comment

गशिप

List Grid
हलमा दुरी बनाएका पल र गरिमाको स्टेजमा धमाका

केही समयदेखि नेपाली सांगीतिक बजार तथा मिडियामा नायक पल शाह र मोडल गरिमा शर्माको प्रेम चर्चा चलिरहेको छ । उसो त, पल र गरिमा दुबैले आफूहरु प्रेममा नरहेको बताउँदै आएका छन् । तर, शनिबार आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा पल र गरिमाले मिडियाको अगाडि भने दुरी बनाउने कोशिश गरे । मिडियामा प्रेमको चर्चा चलेपछि यी […]

सारुक र नम्रताः एकसाथ आए, हात समाउँदै फर्किए

नायिका नम्रता श्रेष्ठ सार्वजनिक कार्यक्रममा निकै कम उपस्थित हुन्छिन् । यसैले, पनि नम्रताको व्यक्तिगत जीवन मिडियाबाट टाढै छ । नम्रता पनि आफ्नो व्यक्तिगत जीवनलाई सकेसम्म मिडियाबाट टाढा नै राख्ने कोशिश गर्छिन् । तर, शनिबार ‘नेफ्टा फिल्म अवार्ड’मा सहभागी हुन पुगेकी नम्रताको व्यक्तिगत जीवन मिडियाबाट लुकेन । निकै नै आकर्षक पहिरनमा नायिका नम्रता श्रेष्ठ नायक सारुक […]

म्यूजिक भिडियोमा मलिकाको पारिश्रमिक एक लाखमाथि

‘यात्रा’बाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी नायिका हुन्, मलिका महत्त । यो चलचित्र बक्स अफिसमा असफल हुँदा मलिकालाई पनि खासै फाइदा भएन । उनको अभिनयको भने प्रशंसा नै भएको थियो । यसपछि, मलिकाले चलचित्र ‘पानी फोटो’मा काम गरिन् । यो चलचित्र पोष्ट प्रोडक्शनमा छ । लकडाउनपछि मलिकाले अभिनय गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत चर्चामा रह्यो […]

प्रियंकाको पहिरनको चर्चा

नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको क्रममा छ । यो चलचित्र बाहेक उनलाई लकडाउनपछि कुनै पनि चलचित्रको अफर गएको छैन । तर, पनि प्रियंका मिडियाको लाइमलाइटमा भने सधै रहिरहन्छिन् । उनै, नायिका आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा छन् । माल्दिभ्समा पुगेकी नायिका कार्की फेरि चर्चामा छिन् […]

नीतालाई भेट्न आगरा पुगे हरिहर

नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारीको प्रेम चर्चा नेपाली मिडियाका लागि अब कुनै नौलो रहेन । उनीहरुले, सामाजिक संजालबाट नै प्रेम स्विकार गरिसकेका छन् । हरिहर र नीताको प्रेम सुरु भएको एक बर्ष बढी भयो । उनीहरुले बिहे गर्न लागेको चर्चा पनि चलिरहेको छ । हरिहर र नीताले एक अर्कासँग पर्याप्त समय […]

प्रिज्मासँगको प्रेम स्विकार्न सागरलाई सकस

हाँस्य कलाकार सागर लम्साल ‘बले’ म्यूजिक भिडियोमा पनि चलेका मोडल हुन् । लकडाउनपछि म्यूजिक भिडियोमा उनको व्यस्तता बढेको छ । म्यूजिक भिडियोका महंगा मोडल समेत रहेका सागर पछिल्लो केही महिनादेखि मोडल प्रिज्मा खतिवडाको प्रेममा छन् । म्यूजिक भिडियो छायांकनका क्रममा नै सागर र प्रिज्माको भेट भएको थियो । यसपछि नजिक भएका उनीहरु प्रेम यात्रामा रमाइरहेका […]

राजेशको ‘जवानीलाई सलाम’

केही बर्ष अगाडि नायक राजेश हमालको एउटा बिषय निकै चर्चामा थियो । त्यो के भने, हमालले ‘भात’ खादैनन् । नायक हमाल आफैले आफूले ‘भात’ नखाने बताएका थिए । छायांकन सेटमा पनि हमाल खाना भन्दा पनि फलफूल बढी खाने गर्दथ्य । उनै, राजेश हमाल आफूलाई फिट देखाउनका लागि दैनिक व्यायम गर्ने गर्छन् । यसैले पनि ५० […]

आँचललाई मिलनकै फिल्म कुर्नुपर्ने हो ?

लकडाउन सकिएलगतै कलाकारहरु चलचित्रको काममा फर्किन थालेका छन् । नायिकाहरु सुहाना थापा, जसिता गुरुङ, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा सिवाकोटी लगायतले चलचित्रको छायांकन सकिसकेका छन् । स्वस्तिमा खड्का, पूजा शर्मा लगायतका नायिकाहरु नयाँ चलचित्रको छायांकनको तयारीमा छन् । नायिका केकी अधिकारीले ‘बोक्सीको घर’को काम सुरु गरिसकेकी छिन् । तर, केही नायिकाहरुको हातमा भने नयाँ चलचित्र नै […]

फिल्ममा हरिहरको हल्ला मात्र

चलचित्र ‘शुभ लभ’मा काम गर्दै यूवा ज्योतिष हरिहर अधिकारीले रंगिन पर्दाको करिअर सुरुवात गरे । यो चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लियो । चलचित्र नचलेपछि हरिहरको उदाउन लागेको करिअरमा ठेस लाग्यो । तर, पनि हरिहरलाई चलचित्रको नशाले भने छोडेको थिएन । उनै, हरिहरको गतबर्ष चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकमा काम गर्ने चर्चा चल्यो । हरिहर नेपालको कविर […]

२ बर्षदेखि प्रेममा इन्दिरा

गायिका इन्दिरा जोशीले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताएकी थिइन् । केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताएपनि उनी २ बर्षदेखि प्रेममा रहेको खुलेको छ । इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छिन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार […]

मलिका र जाहान्वीको मित्रता

काठमाण्डौमा आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’को नोमिनेशन कार्यक्रममा नायिकाद्धय मलिका महत्त र जाहान्वी बस्नेत एकसाथ पुगे । मलिका र जाहान्वीको मित्रता चलचित्र ‘यात्रा’बाट सुरु भएको हो । यो चलचित्रमा एकसाथ काम गरेपछि सुरु भएको दुइको बोन्डिङ अहिले पनि उस्तै छ । जाहान्वीले भनिन्–‘हाम्रो मित्रता यात्रामा काम गर्दादेखि नै सुरु भएको हो । फोनमा बारम्बार […]

‘राजकुमारी’ महशुश गर्दै साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनका व्यस्त छन् । चलचित्रको छायांकन सुरु भएसँगै उनले दैनिक तस्वीर सार्वजनिक गरिरहेकी छिन् । यो चलचित्रका लागि उनी उत्साहित रहेको वुझ्न सकिन्छ । लगातार चलचित्र असफल, नायक भूवन केसीसँगको विवाद, प्रेममा ब्रेकअपका कारण पनि उनलाई तनाव भएको थियो । तर, लकडाउनपछि चलचित्रको छायांकनमा फर्किन पाउँदा उनी […]

नम्रताको मुस्कान

नायिका नम्रता श्रेष्ठ आफ्नो सामाजिक संजालमा मुस्कानको कुरा सधै गर्छिन् । मुस्कान नै मानिसको आत्माको शक्ति भएको उनको तर्क छ । यसैले पनि होला, उनी आफ्ना फ्यानलाई पनि सधै मुस्कुराउनका लागि आग्रह गर्छिन् । नम्रता चलचित्र रिलिजको बेलामा भन्दा अन्य समय आफूलाई आफ्नै दुनियाँमा व्यस्त बनाउँछिन् । चलचित्र रिलिजको समयमा दौडधुपमा रमाउने यी सुन्दरी अन्य […]

हिट भन्दै केक काटिएको ‘सुनकेशरी’ ‘डिजास्टर’ भएको ऋचाको स्विकार

नेपाली चलचित्रका निर्माता तथा कलाकारको स्वभाव पनि अचम्मकै मान्नुपर्छ । चलचित्र हलमा चलिरहेको समयमा दर्शक नआएपनि उनीहरु असफल मान्न तयार हुँदैनन् । बरु, चलचित्र हिट भएको हल्ला फैलाउन केक काट्छन्, मिडियामा बारम्बार अन्तरवार्ता दिन्छन् । यो सूचीमा नायिका केकी अधिकारीदेखि ऋचा शर्मासम्म पर्छन् । असफल भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई हिट सावित गर्दै विदेशमा बेच्नका लागि […]

एलिजाको सुन्दरता

पहिलो चलचित्र ‘अनुराग’मा काम गरेपनि मोडल तथा नायिका एलिजा गौतमको चर्चा भएको थिएन । उनी, दर्शकको नजरमा पनि परेकी थिइनन् । संचारकर्मी ऋषि धमलाकी धर्मपत्नीको रुपमा नै उनलाई धेरै दर्शकले चिन्थे । तर, लकडाउपछि म्यूजिक भिडियोमा सफलता हात पार्दै गएपछि एलिजाको चर्चा हुन थालेको छ । उनी, चाडै नै निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्रमा काम […]

श्रृष्टीको सुन्दरता

गतबर्षदेखि नेपाली चलचित्रका कलाकारहरुले धमाधम बिहे गरिरहेका छन् । नायिकाहरु ऋचा शर्मा, प्रियंका कार्की, आँचल शर्मा हुँदै स्वेता खड्काले बिहे गरे । यसरी बिहेमा पुग्ने अधिकांश कलाकारलाई ‘आफ्नो बिहे कहिले’ भन्ने प्रश्नको सामना गर्नुपर्छ । नायिका श्रृष्टी श्रेष्ठ केही बर्षदेखि नायक सौगात मल्लको प्रेममा छिन् । सौगात र श्रृष्टी केही बर्षदेखि लिभिङ टूगेदरमा पनि रहँदै […]

दुलही केकी

नायिका केकी अधिकारी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन् । चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेका छन् । साथमा, चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो । निर्माणपक्षले लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको जनाएको छ । बाँकी दृश्यको […]

आफ्नो कामबारे चिन्ता नगर्न आँचलको सुझाव

नायिका आँचल शर्माको बिहेपछि पनि म्यूजिक भिडियोको रफ्तार कम भएको छैन । उनले, म्यूजिक भिडियोमा सफलता पाइरहेकी छिन् भने चलचित्रको अफर पनि उनलाई आइरहेको छ । आँचल श्रीमान् उदिप श्रेष्ठसँग मिलेर चलचित्र बनाउने तयारी पनि गरिरहेकी छिन् । साथै, आँचलले मिलन चाम्सको निर्देशनमा बन्ने एक चलचित्रमा पनि काम गर्नेछिन् । आफूले गरिरहेको काम सुखद तरिकाले […]

आफूलाई फुलसँग तुलना गर्दै अदिती

नायिका अदिती वुढाथोकी दुबई पुगेकी छिन् । दुबइमा पुगेर तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् । उनले, आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको उल्लेख गरेकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १० लाख भन्दी बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता […]

सत्यतामा खुशी खोज्दै सुशील

नायक सुशिल श्रेष्ठले अभिनय गरेका २ वटा चलचित्र गतबर्ष रिलिज भएका थिए । जसमध्ये, व्यापारिक रुपमा सफल नभएपनि ‘लभ डायरीज’ चर्चामा रह्यो । यसपछि, सुशिलले नयाँ चलचित्र साइन गरेका छैनन् । सुशिलले चलचित्र क्षेत्रमा सफलता खोजेको केही समय भयो । ‘लभ डायरीज’को अफर आउनु अगाडि सुशिलले चलचित्र क्षेत्र नै छाड्ने सोच पनि बनाएका थिए । […]

आर्यनको शरीर बन्यो, तर करिअर ?

नायक आर्यन अधिकारीले चलचित्र ‘के त तिम्रो होइन र’मा काम गरेपछि लगालग ५ वटा चलचित्र साइन गरे । उनले, साइन गरेका चलचित्रमा केही त अहिलेसम्म रिलिज पनि भएका छैनन् । पहिलो चलचित्रले औषत सफलता पाएपछि आर्यन हौसिए । आर्यनको शरीरको पनि खुबै चर्चा पायो । चलचित्रमा उनको काम भन्दा उनको सुगठिलो शरीरले बढी चर्चा पायो […]