समीर अली मुसलमान
नेपाल, विकेट किपर
नेपाल, विकेट किपर समीर अली नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सको आइकोनिक प्लेअरको रुपमा छनोट भएका खेलाडी हुन् ।
लुम्बिनीले ट्यालेन्ट हन्ट मार्फत समीरलाई एनपीएलका लागि छनोट गरेको हो ।
लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर एनपीएलको दोस्रो संस्करणका लागि आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् ।
आईकोनिकको रुपमा छनोट भएका विकेटकिपर ब्याटर समीर अली मिडर अर्डरमा ब्याटिङ गर्छन् । उनले लुम्बिनी प्रदेशबाट यू-१९ र यू-१६ प्रतियोगिता समेत खेलेका छन् ।
२०८२ जेठ १९ देखि ३१ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र बीरेन्द्रनगर क्रिकेट मैदानमा भएको यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा समीलरले लुम्बिनी प्रदेश यू-१६ टोलीको कप्तानी समेत गरेका थिए । त्यसअघि उनले प्रदेशस्तरीय यु–१६ क्रिकेट छनोट खेलमा रुपन्देही टीमको समेत कप्तानी गरेका थिए । उक्त छनोट खेलमा उनले एक शतक प्रहार गरेका थिए ।
Read Fullप्लेयर्स टु वाच

















