+

शेयर बजार र कर

९ च्याप्टर
Chapter - 6

टीडीएस रिफन्ड कसरी पाउने ? कसरी चेक गर्ने ?

२०८० चैत  १८ गते १८:४० २०८० चैत १८ गते १८:४०

व्यक्तिगत लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरूले आफूले बुझाएको टीडीएस रिफन्ड पाउने विधिमा केही भिन्नता रहेको हुन्छ ।

व्यक्तिगत लगानीकर्ताहरूले जसले वर्षको अन्तिममा आय विवरण पेश गरेर राजस्व कार्यालयमा तिर्नुपर्ने विवरण, आय विवरण तथा प्रमाणित वित्तीय विवरण बुझाउनुहुन्छ उहाँहरूले यस्तो स्रोतमा कट्टी गरेको करलाई आयकर बापत तिर्नुपर्ने करमा समायोजन गर्न सक्नुहुन्छ । यदि यस्तो कर वर्षको अन्तिममा गरिएको हरहिसाब बापतको करभन्दा बढी भएमा समायोजन गरेर कम गर्न सकिन्छ भने कम भएको खण्डमा यसरी तिरिएको करलाई एड्भान्स कर मानेर अर्को आयवर्षको लागि फरवार्ड गर्न पाउने व्यवस्था रहेको छ । यसरी आय विवरण बनाई अडिट गरेर आय विवरण भर्ने तथा कर दाखिला गर्ने व्यक्तिगत लगानीकर्ताको संख्या नभएको सरह देखिन्छ । तसर्थ यसरी तिरिएको टीडीएस बापतको रकम फिर्ता हुने गरेको देखिंदैन ।

तर संस्थागत लगानीकर्ताहरूले भने अनिवार्य रूपमा आफ्नो आय विवरण राजस्व कार्यालय तथा कम्पनी रजिष्टर्डको कार्यालयमा बुझाउनुपर्ने भएको हुँदा उनीहरूले आफ्नो कम्पनीको आम्दानी तथा खर्चलाई समावेश गरी आय विवरण बुझाउँछन् । यसरी बुझाउँदा पहिल्यै तिरिसकिएको टीडीएस बापतको करलाई समेत वर्षको अन्तिममा कम्पनीले गरेको आम्दानी बापतको करमा समायोजन गरेर कर रकमलाई कम गर्न सकिन्छ । साथै यसरी तिरिएको कर बुझाउनुपर्ने करको रकमभन्दा बढी भएको खण्डमा यसलाई आउने सालको आर्थिक वर्षमा फरवार्ड गरेर समायोजन गर्न पाउने व्यवस्था रहेको हुँदा प्रत्यक्ष नगदको स्वरुपमा फिर्ता लिने भन्दा पनि आयकरको रकममा समायोजन गर्ने प्रचलन रहेको हुन्छ ।

किनभने, यसरी स्रोतमा गरिने कर कट्टीलाई अन्तिम कर नमानी एड्भान्स कर मानिएको हुन्छ । तसर्थ यसलाई वर्षको अन्तिममा समायोजन गर्न पाउने सुविधा रहेको हुन्छ ।

धेरै पढिएका

शेयर बजार र कर

शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?

लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने...

शेयर बजार र कर

कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?

लेनदेनको प्रकार र होल्डिङ अवधिका आधारमा शेयर बजारमा करका दर फरक हुने गर्छ ।

शेयर बजार र कर

क्यापिटल गेन ट्याक्स भनेको के हो ?

संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर...

शेयर बजार र कर

टीडीएस रिफन्ड कसरी पाउने ? कसरी चेक गर्ने ?

व्यक्तिगत लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरूले आफूले बुझाएको टीडीएस रिफन्ड पाउने विधिमा केही भिन्नता रहेको हुन्छ ।

शेयर बजार र कर

शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?

शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर...

शेयर बजार र कर

शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?

शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर...

0 %

पढिसक्नुभयो !