+

शेयर बजार र कर

९ च्याप्टर
Chapter - 7

शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?

२०८० चैत  १८ गते २०:०९ २०८० चैत १८ गते २०:०९

शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर तिर्छन् । तपाईंले शेयरमा लगानी गर्नुभएको छ र किनेको भन्दा बढी मूल्यमा बेच्नुभयो भने प्राप्त गरेको लाभमा कर तिर्नुपर्छ ।

तपाईं व्यक्तिगत लगानीकर्ता हुनुहुन्छ भने करको दर तपाईंको डिम्याट खातामा होल्डिङ भएको अवधिमा निर्भर हुन्छ । शेयरको बिक्रीबाट प्राप्त हुने पूँजीगत लाभमा व्यक्तिलाई दीर्घकालीन र अल्पकालीन गरी दुई भिन्न दरमा कर लगाइन्छ । दीर्घकालीन पूँजीगत लाभमा ५% कर लाग्छ ।

दीर्घकालीन भन्नाले लगानीकर्ताले ३६५ दिनभन्दा बढी शेयर होल्ड गरी राखेको हुनुपर्छ । त्यसैगरी छोटो अवधिको पूँजीगत लाभमा ७.५% कर तिर्नुपर्छ । छोटो अवधि वा अल्पकालीन भन्नाले लगानीकर्ताले ३६५ दिनभित्र आफ्नो स्टकहरू बिक्री गर्ने लगानी भन्ने बुझिन्छ ।

शेयरको बिक्रीबाट हुने पूँजीगत लाभमा लाग्ने करको दर संस्थागत लगानीकर्ताको हकमा १०% रहेको छ । संस्थागत लगानीकर्ताले यसरी भुक्तान गरेको पूँजीगत लाभकरलाई एड्भान्स करको रूपमा लिई वर्षको अन्तिममा समायोजन गर्न पाउँछन् ।

धेरै पढिएका

शेयर बजार र कर

शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?

लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने...

शेयर बजार र कर

कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?

लेनदेनको प्रकार र होल्डिङ अवधिका आधारमा शेयर बजारमा करका दर फरक हुने गर्छ ।

शेयर बजार र कर

शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?

शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर...

शेयर बजार र कर

क्यापिटल गेन ट्याक्स भनेको के हो ?

संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर...

शेयर बजार र कर

शेयर कारोबारमा ‘क्यापिटल लस’ भयो भने कर तिर्नुपर्छ ?

शेयर कारोबार गर्ने क्रममा पूँजीगत लाभकर प्रति कारोबार गणना हुने गर्दछ । यस्तोमा लगानीकर्ताहरूले प्रति कारोबार पूँजीगत लाभ गरेको खण्डमा...

शेयर बजार र कर

शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?

शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर...

0 %

पढिसक्नुभयो !