+

शेयर बजार र कर

९ च्याप्टर
Chapter - 4

शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?

२०८० चैत  १८ गते १८:३५ २०८० चैत १८ गते १८:३५

शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर कट्टी हो । नगद, चेक वा क्रेडिट जुनसुकै माध्यमबाट भुक्तानी गरिए रकम प्राप्त गर्नेको स्थायी लेखा नम्बर (PAN) मा TDS दाखिला गरिन्छ ।

प्यानमा दर्ता भएको कुनै पनि व्यक्ति वा निकायलाई सेवा शुल्क भुक्तानी गर्दा (मिटिङ भत्ता, परामर्श सेवा, अन्य विभिन्न सेवा) स्रोतमै कर कट्टी गरिन्छ । यसरी प्यानमा दर्ता भएका संस्थाहरूसँग स्रोतमा कर कट्टी गर्ने दर १५% रहेको छ ।

यसैगरी भ्याटमा दर्ता इन्जिनियर, सीए, वकिल लगायतका सेवा प्रदायक व्यक्ति वा विभिन्न कम्पनीबाट स्रोतमा कर कट्टी गर्दा भ्याट बाहेक थप १.५% को दरमा कर कट्टी गरी निजको नाममा कर दाखिला गरी भुक्तानी गर्ने गरिन्छ ।

यसबाहेक पूँजीगत लाभकर पनि एक प्रकारको स्रोतमै गरिने कर कट्टी हो । यस्तो कर संस्थागत लगानीकर्ताहरूको लागि एड्भान्स कर हो जुन वर्षको अन्तिममा आयकर तिर्ने बखत मिलान गर्न सकिन्छ । तर व्यक्तिगत लगानीकर्ताका हकमा भने हाल अन्तिम कर सरह मानिने गरिएको छ । यद्यपि यसमा अझै पनि प्रष्टता आउन भने सकेको छैन ।

पूँजीगत लाभकर व्यक्तिगत लगानीकर्ता र संस्थागत लगानीकर्ताका लागि अलग–अलग दरमा कट्टा गरी संकलन गर्ने गरिएको छ । यसैगरी व्यक्तिगततर्फ पनि अल्पकालीन र दीर्घकालीन छुट्याएर अलग–अलग दरमा कर कट्टी गर्ने गरिएको छ ।

उदाहरणका लागि :

तपाईंले कुनै कम्पनीको शेयर प्रति कित्ता रु.२०० का दरले १०० कित्ता खरिद गर्नुभएको थियो र आजका मितिमा (खरिद भएको मितिले १ वर्ष भित्रमा) उक्त शेयरको मूल्य बढेर रु. ३०० पुगेको छ । बढेको मूल्यमा तपाईं शेयर बेच्नुहुन्छ भने तपाईंले ब्रोकर कमिसन रु. १२०, सेबन शुल्क रु. ४.५०, डीपी शुल्क रु. २५ र पूँजीगत लाभकर ७.५ प्रतिशतका दरले रु. ७३०.६९ तिर्नुपर्ने हुन्छ ।

तपाईंले सोही शेयर खरिद भएको मितिले एक वर्षपछि मूल्य बढेर रु.३०० पुग्दा बेच्नुभयो भने ब्रोकर कमिसन रु.१२०, सेबोन शुल्क रु.४.५०, डीपी शुल्क रु.२५ र पूँजीगत लाभकर ५ प्रतिशतका दरले रु.४८७.१३ तिर्नुपर्ने हुन्छ ।

धेरै पढिएका

शेयर बजार र कर

शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?

लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने...

शेयर बजार र कर

कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?

लेनदेनको प्रकार र होल्डिङ अवधिका आधारमा शेयर बजारमा करका दर फरक हुने गर्छ ।

शेयर बजार र कर

शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?

शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर...

शेयर बजार र कर

शेयर कारोबारमा ‘क्यापिटल लस’ भयो भने कर तिर्नुपर्छ ?

शेयर कारोबार गर्ने क्रममा पूँजीगत लाभकर प्रति कारोबार गणना हुने गर्दछ । यस्तोमा लगानीकर्ताहरूले प्रति कारोबार पूँजीगत लाभ गरेको खण्डमा...

शेयर बजार र कर

क्यापिटल गेन ट्याक्स भनेको के हो ?

संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर...

शेयर बजार र कर

शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?

शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर...

0 %

पढिसक्नुभयो !