+

शेयर बजार र कर

९ च्याप्टर
Chapter - 1

शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?

२०८० चैत  १८ गते १३:४० २०८० चैत १८ गते १३:४०

कोरोना महामारीका कारण लकडाउन सुरु भएपछि नेपालको शेयर बजारमा कारोबार बढेको देखिन्छ । विशेषगरी कारोबार प्रणाली अनलाइन हुनु र कारोबार प्रक्रियामा आएको सहजताका कारण अधिकांश नयाँ लगानीकर्ताका रूपमा युवा उमेरका लगानीकर्ताहरू बजारमा ठूलो मात्रामा प्रवेश गरेको देखिन्छ ।

लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने प्रतिफलमा बुझाउनुपर्ने पूँजीगत लाभ करको बारेमा समेत बुझ्नुपर्छ । यस्ता विषयमा जानकार नभई वा बेवास्ता गरी लगानी गर्दा घाटा पनि हुनसक्छ ।

कारोबारमा लाग्ने शुल्कहरू : 

ब्रोकर कमिसन : धितोपत्र कारोबार गर्दा ब्रोकरलाई कमिसन तिर्नुपर्छ । ब्रोकर कमिसन कारोबार रकमका आधारमा विभिन्न स्ल्याबमा लाग्ने गर्दछ । ब्रोकर कमिसनबाटै नेप्से कमिसन तथा सीडीएससीको राफसाफ कमिसन समेत भागबन्डा हुने गर्दछ ।शेयर कारोबार गर्दा लाग्ने कमिसन निम्नानुसार छ :

शेयरको लागि ब्रोकरेज कमिसन प्रत्येक खरिद वा बिक्रीमा अधिकतम ०.४० देखि ०.२७ सम्म रहेको छ । कारोबार रकम बढेसँगै ब्रोकर कमिसन घट्छ । ब्रोकर कमिसन प्रतिशतको रूपमा गणना गरी कुल कारोबार रकमबाट हटाइन्छ ।

तलको तालिकाले सरकारी बोन्ड कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन दर देखाउँछ :

म्युचुअल फन्डको लागि ब्रोकर कमिसनको संरचना तल देखाइएको :

डीपी शुल्क : प्रत्येक लगानीकर्ताले दिनभरि गरेको कारोबारमा खरिदतर्फ प्रति कम्पनी रु.२५ तथा बिक्रीतर्फ प्रति कम्पनी रु.२५ नामसारी शुल्क बुझाउनुपर्दछ । यो लागत कारोबार बिलमा समावेश भएको हुन्छ । यसको अर्थ दिनभरिमा एउटै कम्पनीको एक पटक वा १०० पटक बिक्री गरे पनि नामसारी शुल्क रु.२५ लाग्दछ । यसैगरी लगानकर्ताले एउटा कम्पनी १ पटक वा १०० पटक गरेर खरिद गर्दा पनि प्रति कम्पनी नामसारी शुल्क रु.२५ लाग्दछ ।

सेबोन शुल्क : सेबोन शुल्क नेपाल धितोपत्र बोर्डलाई तिर्नुपर्ने शुल्क हो । सेबोन नेपालको धितोपत्र बजारको नियामक निकाय हो । सेबोन शुल्क धितोपत्र कारोबारमा लगाइन्छ । सरकारी बन्डहरूमा ०.००५% तथा इक्विटी शेयर, म्युचुअल फन्डका इकाई र अन्य धितोपत्र कारोबार गर्दा करोबार रकमको ०.०१५% सेबोन कमिसन लगानीकर्ताले तिर्नुपर्छ ।

पूँजीगत लाभ : पूँजीगत लाभ भनेको तपाईंले खरिद गर्नुभएको धितोपत्र बेच्दा खरिद गरेको भन्दा माथिको मूल्यमा बिक्री गर्नुभएको छ भने प्राप्त गर्नुभएको थप आम्दानी हो । पूँजीगत लाभ विशेषगरी मूल्यवान् वस्तु खरिद–बिक्री गर्दा, जग्गा खरिद–बिक्री गर्दा, शेयर तथा विभिन्न धितोपत्र खरिद–बिक्री गर्दा प्राप्त हुने गर्दछ ।

संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर तिर्नुपर्ने नियम छ । नेपालमा घरजग्गा तथा धितोपत्रको कारोबारमा पूँजीगत लाभ भएको खण्डमा अनिवार्य रूपमा पूँजीगत लाभकर तिर्नुपर्दछ ।

शेयर बजारको लागि करको बारेमा केही विशेष नियमहरू छन् । तपाईंले शेयर बेचेर नाफा आर्जन गर्नुहुन्छ भने लाभ कर तिर्र्नुपर्दछ । करको दर भने तपाईंले बिक्री गर्नुभएको शेयर कति समय राखेर बिक्री गर्नुभयो भन्ने कुराले फरक पार्दछ । तपाईंले एक वर्षभन्दा कम अर्थात् ३६५ दिनभन्दा कम अवधि होल्ड गरेर नाफा गरी शेयर बिक्री गर्नुभएको छ भने ७.५% को दरमा पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । तर तपाईं दीर्घकालीन लगानीकर्ता हो र ३६५ दिनभन्दा बढी अवधि शेयर होल्ड गरेर बिक्री गर्नुभएको छ भने करको दर ५% पर्न जान्छ ।

नियमित कारोबार नगर्ने वा १ वर्ष भन्दा बढी अवधिसम्म शेयर वा सम्पत्ति होल्ड गरेर बिक्री गर्ने व्यक्तिगत लगानीकर्ताहरूका लागि यस्तो कर उनीहरूले आफूसँग भएको सम्पत्ति बेचेर कमाउने नाफाको ५% मात्रै हो । तर यदि उनीहरूले आफूसँग भएको शेयर वा घरजग्गा जस्ता सम्पत्ति एक वर्षभन्दा कम समयको लागि होल्ड गरेर बेच्छन् भने, उनीहरूले आफ्नो नाफामा ७.५% को दरमा पूँजीगत लाभकर तिर्नुपर्छ ।

लगानीकर्ता कुनै कम्पनी वा संस्था भएको खण्डमा भने उनीहरूले घरजग्गा वा शेयर बिक्रीबाट प्राप्त भएको नाफामा १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । यस्तो कर संस्थागत लगानीकर्ताहरूको लागि एड्भान्स कर भएको हुँदा उनीहरूले वर्षको अन्त्यमा अन्य नियमित व्यवसायबाट प्राप्त गरेको आम्दानी तथा खर्च समायोजन गरी वर्षको अन्तिममा तिर्नुपर्ने आयकरमा जोड्न वा घटाउन सक्छन् ।

लाभमा कर : पूँजीगत लाभ भनेको लगानीकर्ताले आफूले खरिद गरेको भन्दा बढी मूल्यमा शेयर बेचेर कमाउने नाफा हो ।शेयरमा गरेको लगानीले नाफामा पुगेपछि मात्रै पूँजीगत लाभ कर लाग्ने गर्छ । खरिद मूल्यभन्दा बिक्री मूल्य धेरै भएको खण्डमा पूँजीगत लाभ मानिन्छ । पूँजीगत लाभ तल दिइएको विधिद्वारा गणना गरिन्छ :

बिक्री रकमखरिद रकम = पूँजीगत लाभ रकम

हकप्रद शेयर र बोनसमा कर : तपाईंले कम्पनीबाट नगद लाभांश वा बोनस मार्फत थप शेयरहरू प्राप्त गर्नुहुन्छ, यसरी प्राप्त लाभांशबापत समेत कर तिर्नुपर्दछ । यस्तो कर लगानीकर्ताले वा लगानीकर्ताको तर्फबाट कम्पनी स्वयंले तिर्नुपर्दछ । लाभांश वा बोनस बापतको कर ५ प्रतिशत रहेको छ । यस्तो कर अन्तिम करसरह हुन्छ । तसर्थ कम्पनीले नगद लाभांश वितरण गरेर आएको आयमा पुनः आयकर तिर्नुपर्दैन । तर कम्पनीले बोनस शेयर वितरण गरेको खण्डमा यस्तो शेयरको लागत कम्पनीको चुक्ता मूल्य प्रतिशेयर सरह रहने गर्दछ र यसरी प्राप्त भएको शेयरलाई बिक्री गरेको खण्डमा खातामा आएको दिनबाट यसको गणना हुने गर्दछ । यसरी प्राप्त भएको शेयर बिक्रीबाट पूँजीगत लाभ भएको खण्डमा यदि खातामा आएको ३६५ दिनभन्दा बढी भएको खण्डमा व्यक्तिगत लगानीकर्तालाई ५% प्रतिशत र ३६५ दिनभन्दा कम भएको खण्डमा ७.५% पूँजीगत लाभकर लाग्ने गर्दछ । तर संस्थागत लगानीकर्तालाई भने माथिको जस्तै १० प्रतिशत पूँजीगत लाभकर लाग्ने गर्दछ ।

यसका साथै हकप्रदको हकमा समेत पूँजीगत लाभकरको गणना विधि बोनस शेयरको जस्तै गरेर गणना हुने गर्दछ ।

मर्जर र कर : मर्जर वा एक्विजिसनको अवस्थामा लेनदेनको विवरण, संलग्न कम्पनीहरू र प्रचलित कर कानूनहरूको आधारमा कर प्रभावहरू फरक हुन सक्छन् । सामान्यतया जब एक कम्पनीको शेयर अर्को कम्पनीको शेयरमा मर्ज हुन्छ तत्काल कर दायित्व सिर्जना नहुन सक्छ । यद्यपि प्राप्त भएका नयाँ शेयरहरूमा भविष्यको पूँजीगत लाभ गणना फरक लागतको आधारमा हुनसक्छ ।

तपाईं शेयर कारोबारमा सामेल हुन चाहनुहुन्छ भने ब्रोकर, डीपी र सेबोनको शुल्कहरू प्रत्येक कारोबारमा लाग्छ भन्ने जानेर आउनुपर्छ । साथै, तपाईंले कमाउनुभएको वा प्राप्त गरेको प्रतिफलमा पूँजीगत लाभकर लाग्छ ।

त्यसैगरी ठूला ट्रेडहरूको ब्रोकर कमिसन कम हुनसक्छ र तपाईंले आफ्नो लगानी कति समयसम्म राख्नुहुन्छ र तपाईं कस्तो प्रकारको लगानीकर्ता हुनुहुन्छ भन्ने आधारमा करहरू फरक–फरक हुन सक्छन् । आफ्नो नाफा पत्ता लगाउन तपाईंसँग कति स्टक छ प्रत्येक कित्ताको लागत कति छ र शुल्कहरू बारे जान्न वा हिसाब राख्न आवश्यक छ ।

 

धेरै पढिएका

शेयर बजार र कर

शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?

लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने...

शेयर बजार र कर

कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?

लेनदेनको प्रकार र होल्डिङ अवधिका आधारमा शेयर बजारमा करका दर फरक हुने गर्छ ।

शेयर बजार र कर

क्यापिटल गेन ट्याक्स भनेको के हो ?

संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर...

शेयर बजार र कर

शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?

शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर...

शेयर बजार र कर

शेयर कारोबारमा ‘क्यापिटल लस’ भयो भने कर तिर्नुपर्छ ?

शेयर कारोबार गर्ने क्रममा पूँजीगत लाभकर प्रति कारोबार गणना हुने गर्दछ । यस्तोमा लगानीकर्ताहरूले प्रति कारोबार पूँजीगत लाभ गरेको खण्डमा...

शेयर बजार र कर

शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?

शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर...

0 %

पढिसक्नुभयो !