+

शेयर बजार र कर

९ च्याप्टर
Chapter - 8

शेयर कारोबारमा ‘क्यापिटल लस’ भयो भने कर तिर्नुपर्छ ?

२०८० चैत  १८ गते २०:११ २०८० चैत १८ गते २०:११

शेयर कारोबार गर्ने क्रममा पूँजीगत लाभकर प्रति कारोबार गणना हुने गर्दछ । यस्तोमा लगानीकर्ताहरूले प्रति कारोबार पूँजीगत लाभ गरेको खण्डमा अल्पकालीन र दीर्घकालीन अवधिको आधारमा ७.५% र ५%  पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । यस्तोमा लगानीकर्ताहरूले एउटै कम्पनीको शेयर विभिन्न फरक–फरक समयमा खरिद गरेर कुनै शेयर नाफामा र कुनै शेयर घाटामा बेचेको हुन सक्दछ । यस्तोमा लगानीकर्ताले समग्र कारोबारमा घाटा व्यहोरेको भए पनि उसले नाफा आर्जन गरेको कारोबार बापत पूँजीगत लाभकर तिर्नुपर्दछ ।

वर्तमान कर प्रणाली अनुसार कुनै पनि लगानीकर्ताले एक आय वर्षभरको कारोबारबाट समग्रमा पूँजीगत घाटा व्यहोरेको भएपनि उसले नाफागरेको कारोबारबाट पहिल्यै कर तिरिसकेको हुनसक्छ । यसअर्थमा नेपालको अहिलेको कर प्रणाली अनुसार लगानीकर्ताले क्यापिटल लस भएको खण्डमा समेत कर तिरिरहेको हुनसक्छ ।

यसलाई समायोजन गर्ने उपाय नभएको होइन । अझै पनि व्यक्तिगत लगानीकर्ताको हकमा हालको पूँजीगत लाभकर अन्तिम हो वा होइन भन्ने कुरा कर प्रणालीबाट निक्र्योल नभइसकेका कारण लगानीकर्ताहरू यसलाई समायोजन गर्नेतर्फ गइरहेको देखिंदैन ।

यसलाई समायोजन गर्नको लागि लगानीकर्ता आफूले एक आय वर्षभरि गरेको शेयर कारोबार तथा अन्य कारोबारमा प्रमाणित हुने आम्दानी तथा खर्चको विवरणहरू राखी व्यक्तिगत आय विवरण तयार गर्न सक्छन् । यसलाई अडिट गराई वर्षभरिमा ४० लाखभन्दा कमको कारोबार तथा आय भएको खण्डमा सम्बन्धित राजस्व कार्यालयमै आय विवरण अडिट गरेको वित्तीय विवरण तथा तिर्नु बुझाउनुपर्ने देखिएको कर दाखिला गरी क्यापिटल लसलाई समेत समायोजन गर्न सक्छन् । ४० लाखभन्दा बढी आय भएको खण्डमा भने साना तथा मझौला कर कार्यालयमा गएर D-04 फारम भरेर आफ्नो कर समायोजन गर्न सक्छन् ।

हाल संस्थागत लगानीकर्ताहरूले यसलाई यसरी नै प्रयोग गरिराखेको अवस्था छ । तर आर्थिक वर्ष २०८०/८१ को आयकर व्यवस्थाले ५० लाखमाथिको आम्दानी गरेको देखिने व्यक्तिले ४० प्रतिशतसम्म आयकर तिर्नुपर्ने व्यवस्था घोषणा गरेका कारण तथा विभिन्न व्यक्तिगत खर्चलाई राजस्व कार्यालयले प्रमाणित नगरिदिने गरेका कारण व्यक्तिगत लगानीकर्ता उत्साही देखिंदैनन् ।हाललाई व्यक्तिगत लगानीकर्ताले व्यहोरेको क्यापिटल लसलाई समायोजन गर्न पाएको देखिंदैन ।

धेरै पढिएका

शेयर बजार र कर

शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?

लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने...

शेयर बजार र कर

कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?

लेनदेनको प्रकार र होल्डिङ अवधिका आधारमा शेयर बजारमा करका दर फरक हुने गर्छ ।

शेयर बजार र कर

शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?

शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर...

शेयर बजार र कर

शेयर कारोबारमा ‘क्यापिटल लस’ भयो भने कर तिर्नुपर्छ ?

शेयर कारोबार गर्ने क्रममा पूँजीगत लाभकर प्रति कारोबार गणना हुने गर्दछ । यस्तोमा लगानीकर्ताहरूले प्रति कारोबार पूँजीगत लाभ गरेको खण्डमा...

शेयर बजार र कर

क्यापिटल गेन ट्याक्स भनेको के हो ?

संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर...

शेयर बजार र कर

शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?

शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर...

0 %

पढिसक्नुभयो !