Comments Add Comment

अक्षय कुमार

List Grid
यसरी फोहोरी बन्दैछ सलमान र अक्षयको भिडन्तको खेल

यो बर्षको इदमा नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को साथमा अर्का नायक अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम’ रिलिज हुँदैछ । तर, यी दुई चलचित्रलाई लिएर अहिलेदेखि नै बलिउड चलचित्रका वितरकहरुविच फोहोरी खेल सुरु भएको छ । यो खेलको केही झलक, चलचित्र ‘बाघी ३’मा पनि देखिएको छ । विशेषगरि, दिल्ली र उत्तर प्रदेशका हल संचालकहरुले यो […]

सर्ला त अक्षयको ‘सुर्यवंशी’ ?

अक्षय कुमार स्टारर ‘सुर्यवंशी’ यस वर्षको प्रतिक्षित चलचित्र हो । मार्च २४ मा रिलिज हुने यस चलचित्रलाई दर्शक तथा चलचित्रकर्मीले पनि प्रतिक्षा गरिरहेका छन् । तर, विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको त्रासका कारण चलचित्रको रिलिज मिति सर्ने हो कि भन्ने धेरैले अड्कल काटिरहेका छन् । भारतमा पनि कोरोनाको संक्रमण देखिएकाले यस चलचित्रको रिलिज रोकिने हो कि […]

मार्च महिनामा के बलिउडले ५ सय करोड कमाउला ?

नायक अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र मार्चको २७ तारिखबाट रिलिज हुँदैछ । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा अक्षयको साथमा नायिका कट्रिना कैफको मुख्य भूमिका छ । यो चलचित्रले बक्स अफिसमा ३ सय करोड कमाउने अपेक्षा बलिउड पण्डितहरुको छ । यस्तै, मार्च महिनामा नै चलचित्र ‘बाघी […]

अक्षयसँग साराको जोडी पक्का

नायक अक्षय कुमार र नायिका साराअली खानको सहकार्य पक्का भएको छ । आनन्द एल राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘अत्रङ्गी रे’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा धनुषको पनि मुख्य भूमिका रहनेछ । अक्षय र साराले एउटै चलचित्रमा काम गर्ने भएपछि यतिबेला सामाजिक संजालमा यो बिषय गर्मिलो बनेको छ । अक्षय र साराका […]

अक्षयले लिए १२० करोड पारिश्रमिक ?

नायक अक्षय कुमारको करिअर यतिबेला बलेको छ । उनले जे छोएपनि हिट हुने अवस्था छ । यसैले पनि अक्षयको हातमा चलचित्रको कुनै अभाव छैन । एक बर्षमा उनका ४ वटा चलचित्र रिलिज भैरहेका छन् । उनै, नायक अक्षय कुमारले अभिनय गरेको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा २ सय करोड कमाई गरेको छ । यसैले पनि […]

एक बर्षमा अक्षयको फिल्मले कमायो सात सय करोड

बलिउड नायक अक्षय कुमारका चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गरिरहेका छन् । अहिले अक्षय कुमारको दिन बलेको छ । उनी अभिनित ४ वटा चलचित्र एउटै बर्षमा रिलिज हुन्छन् । तर, सबै चलचित्रले हिटको व्यापार पनि गर्छन् । सन् २०१९ मा अक्षयले एउटा नयाँ रेकर्ड कायम गरेका छन् । एक बर्षमा सर्वाधिक कमाई गर्ने चलचित्रको नायक […]

अक्षय र करिनाको ‘गुड न्यूज’को सुखद कमाई

शुक्रबारदेखि विश्व बजारमा रिलिज भएको बलिउड चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । चलचित्रको वर्ड अफ माउथ सुखद छ । साथमा, समिक्षकले पनि यो चलचित्रलाई उत्कृष्ट भनेका छन् । यसको प्रत्यक्ष फाइदा चलचित्रको बक्स अफिसमा परेको छ । यो चलचित्रले शुक्रबार १७.५६ करोडको कमाई गरेको थियो । शनिबार भने चलचित्रको व्यापार २१.७८ […]

जामियाको भिडियोमा लाइक गर्दा अक्षयको आलोचना, भने–‘गल्तीले भयो’

भारतमा यतिबेला नागरिकता संसोधन कानुनको विरुद्धमा आन्दोलन चर्किएको छ । दिल्लीस्थित जामिया मिलिया स्लामियाका विद्यार्थीहरुले पनि आन्दोलनमा आफ्नो सहभागीता जनाइरहेका छन् । प्रहरीले जामियाका विद्यार्थीहरुको आन्दोलनमा गरेको दमनको भिडियो सामाजिक संजालमा भाइरल भैरहेका छन् । अब, यो आन्दोलनमा नायक अक्षय कुमारको नाम पनि जोडिएको छ । जामिया हिंसाको एक भिडियोमा लाइक गरेर बलिउड नायक अक्षय […]

१५ फिल्म असफल भएपछि क्यानडाको पासपोर्ट लिएँः अक्षय कुमार

बलिउड नायक अक्षय कुमारले जब–जब देशभक्तीको कुरा गर्छन्, तव उनलाई क्यानेडियन नागरिक भन्ने सुन्नुपर्छ । अक्षयसँग क्यानडाको पासपोर्ट छ । यसैले, पनि पछिल्लो समयमा उनको भारतमा चर्को आलोचना हुने गरेको छ । क्यानडाको नागरिक भएर भारतीय नागरिकलाई राष्ट्रियता सिकाएको भन्दै सामाजिक संजालमा उनको चर्को आलोचना हुन्छ । यो बिषयमा नायक अक्षय कुमारले मिडियासँग कुरा गर्दै […]

अक्षयको फिल्ममा ‘दुर्गावती’ बन्दै भूमी

नायक अक्षय कुमारको सह–निर्माणमा चलचित्र ‘दुर्गावती’ बन्ने भएको छ । यो चलचित्रको हालै मात्र घोषणा गरिएको छ । नायक अक्षय कुमार सामाजिक संजाल मार्फत चलचित्र निर्माण हुन लागेको जानकारीदिएका छन् । जसमा, भुषण कुमार र अक्षयको लगानी रहनेछ । चलचित्रको शिर्ष भूमिकामा नायिका भूमी पेन्डेकरले काम गर्ने पक्का भएको छ । यो एक थ्रीलर चलचित्र […]

के रोहित र अक्षयवीच सम्बन्ध बिग्रिएको हो ?

चलचित्र ‘सूर्यवंशी’का निर्देशक रोहित सेट्टी र नायक अक्षय कुमारविच बोलचाल नै बन्द भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, चलचित्रको छायांकनको क्रमदेखि नै अक्षय र रोहितविच सम्बन्ध विग्रिएको हो । उनीहरु, छायांकनको सेटमा समेत बोल्दैनथ्य । अक्षयलाई दृश्यको बिषयमा चलचित्रका सह–निर्देशकले जानकारी दिन्थे । निर्देशक र नायकविच असमझारी हुनुको मुख्यकारण […]

अक्षयले भने–‘मायाको अघि घृणाको केही चल्दैन’

अक्षय कुमार स्टारर चलचित्र ‘हाउसफुल ४’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । तर, समिक्षात्मक रुपमा भने चलचित्र निकै कमजोर बनेको प्रतिक्रिया आयो । समिक्षकदेखि दर्शकसम्मले चलचित्रको आलोचना गरिरहेका छन् । चलचित्रले १ सय करोडको व्यापार पार गर्दै गर्दा अक्षयले आफ्ना फ्यानहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्ना दर्शकलाई धन्यबाद भन्दै धेरै मायाको अगाडि घृणा […]

‘हाउसफुल ४’को फस्टलुकमा अक्षयको यस्तो अवतार

तिहारमा रिलिज हुन लागेको चलचित्र ‘हाउसफुल ४’को निर्माणपक्षले बल्ल प्रचार सुरु गरेको छ । यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रचार सुरुवात गरिएको हो । सार्वजनिक पोस्टरमा अक्षय कुमारलाई फिचरिङ गरिएको छ । चलचित्रको निर्माणपक्षले हरेक घन्टा एउटा पोष्टर सार्वजनिक गर्ने बताएको छ । यसअघिका तिन वटै सिरिज निकै नै सफल मानिएकाले पनि ‘हाउसफुल ४’ […]

‘मिसन मंगल’ बन्यो २ सय करोड कमाउने अक्षयको पहिलो फिल्म

बलिउड नायक अक्षय कुमारले अहिले जुन चलचित्रमा काम गरेपनि त्यो हिट भैरहेको छ । यसैले पनि होला, अक्षयले आउँदो बर्षका सबै मुख्य बिदाहरु बुक गरिसकेका छन् । तीन खानले बुक गर्दै आएका मुख्य बिदाहरु अब अक्षयको पोल्टामा गएको छ । अक्षय कुमार अहिले बलिउडका तीन खानलाई नै चुनौती दिइरहेका छन् । अक्षयले काम गरेका पछिल्ला […]

‘पृथ्वीराज चौहान’मा अक्षय र मानुषी

बलिउडका सफल नायक अक्षय कुमार आफ्नो नयाँ चलचित्रको तयारीमा लागेका छन् । उनले नयाँ चलचित्र ‘पृथ्वीराज चौहान’मा हिन्दुस्तानका सम्राट राजा पृथ्वीराज चौहानको भूमिका निर्वाह गर्दैछन् । ऐतिहासिक कथामा निर्माण हुन लागेकाले पनि मिहिनेत धेरै गर्नुपरेको अक्षयले बताउँदै आएका छन् । यो चलचित्रमा अक्षयको जोडीको रुपमा सन् २०१७ की विश्व सुन्दरी मानुषी छिल्लर देखिदैछिन् । मानुषीको […]

आमिरसँग अक्षयको भिडन्त

बलिउड नायक आमिर खान गतबर्षको असफल चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’का कारण गम्भिर छन् । तिहारमा रिलिज भएको चलचित्र नचल्दा आमिरले लामै समय ब्रेक लिएर नयाँ चलचित्र घोषणा गरे । उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो । यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर पनि […]

साउन ३० मा ३ हिन्दी र २ नेपाली फिल्म

असार महिनामा हरेक हप्ता मुश्किलले एउटा नेपाली चलचित्र रिलिज हुदैछन् । बर्षाको मौसम भएकाले पनि चलचित्र रिलिज गर्न निर्माताहरु खासै सोच राख्दैनन् । यसैले पनि यसको दबाब साउनपछि कात्तिकसम्म पर्छन् । एउटा कुरा के पक्का छ भने, यो बर्ष गतबर्षको तुलानामा ४० प्रतिशत कम नेपाली चलचित्र रिलिज हुँदैछन् । तर, यो बर्ष आउने ठुला बलिउड […]

अजयसँग तुलना गर्दा यसो भन्छन् अक्षय

बलिउड नायक अक्षय कुमार चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छन् । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षयको जोडीको रुपमा नायिका कट्रिना कैफ छिन् । अक्षयले यो चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दैछन् । अहिले अक्षयको तुलना अर्का बलिउड नायक अजय देवगणसँग भइरहेको छ । रोहितको निर्देशनमा बनेको चलचित्र ‘सिंघम’मा अजय देवगण प्रहरी बनेका थिए । […]

शिल्पादेखि प्रियंकासम्म, जो अक्षयको प्रेममा डुबे

बलिउड नायक अक्षय कुमारलाई खेलाडी नायकको रुपमा चिनिन्छ । उनलाई यो उपनाम उनले खेलेको चलचित्रका कारण दिइएको हो । तर, प्रेम जीवनमा पनि अक्षय कुनै ‘खेलाडी’ भन्दा कम छैनन् । अक्षयले धेरै जना युवतीको भावनासँग खेलेका छन् । अक्षय कुमारको प्रेम जीवन कुनै चलचित्रको पर्दा भन्दा कम छैन । बलिउड प्रवेश अगाडि नै अक्षय कुमार […]

अक्षयले स्विकारे–‘हो मसँग क्यानडाको नागरिकता छ’

नायक अक्षय कुमारको नागरिकताको बिषयलाई लिएर अहिले भारतमा ठूलै चर्चा भैरहेको छ । ट्विटरमा अक्षयको नागरिकतालाई लिएर चर्चा ठूलो छ । भारतमा जारी लोकसभा चुनावमा केही दिन अगाडि बलिउडका अधिकांश सेलिब्रिटीले भोट दिदै गर्दा अक्षयले भने दिएनन् । अक्षयले भोट नदिएपछि एक पत्रकारले उनलाई भोट नदिनुको कारणबारे प्रश्न सोधेका थिए । जसमा अक्षयले कुनै जवाफ […]

‘भोट किन गर्नुभएन’ ? भन्ने प्रश्नमा अक्षयको यस्तो रियाक्सन

नायक अक्षय कुमार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा अन्र्तवार्ता अहिले हिट छ । अक्षय कुमारले काम गरेका बलिउड चलचित्र हेर्दा पनि उनको देशभक्ती भावना देखिन्छ । अक्षय कुमार राष्ट्रियता बोकेका चलचित्रमा मात्र काम गरिरहेका छन् । तर, कतिपयले उनको यो खालको राष्ट्रियतालाई नौटंकी भन्ने गरेका छन् । अहिले भारतमा लोकसभाको चुनाव चलिरहेको छ । […]