Comments Add Comment

अमेजन

List Grid
अमेजनको नाफा २ सय प्रतिशतले बढ्यो, ३ महिनामा कमायो ८ अर्ब डलर

२० वैशाख, काठमाडौँ । अमेरिकी इ-कमर्श कम्पनी अमेजनको मुनाफामा ऐतिहासिक वृद्धि भएको छ । महामारीका कारण अनलाइन किनमेल फस्टाउनुका साथै क्लाउड र विज्ञापन व्यवसाय समेत चम्किँदा अमेजनको खूद आयमा २ सय २४ प्रतिशतले वृद्धि भएको हो । बिहिबार सार्वजनिक रिपोर्ट अनुसार जनवरी देखि मार्च सम्मको त्रैमासिक अवधिमा अमेजनले वालस्ट्रिटको प्रक्षेपणलाई गलत साबित गर्दै ८ अर्ब […]

फोर्ब्सको अर्वपति सूचीमा २७५५ जना, अमेजन सीईओ बेजोस चौथो पटक शीर्ष स्थानमा

फोर्ब्सले सार्वजनिक गर्ने विश्वका अर्वपतिहरुको वार्षिक सूचीमा दुई हजार ७५५ जना अर्बपतिहरु अटाएका छन् । मंगलबार सार्वजनिक भएको सूचीमा अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस लगातार चौथो वर्ष पनि पहिलो स्थानमा रहेका छन् । कोरोना भाइरस महामारीले विश्वको अर्थतन्त्र तथा जनजीवनलाई तहस नहस बनाएको वर्ष सन् २०२० मा विश्वमा अर्बपतिहरुको संख्या भने बढेको फोर्ब्सको […]

एलन मस्क पुनः बने विश्वकै धनी मान्छे

टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् । अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै […]

यस्ता छन् अमेजनका नयाँ सीईओ

अमेजन कम्पनीका सीईओ जेफ बेजोसले आगामी जुलाई महिनादेखि लागू हुने गरी कम्पनीको सीईओबाट राजीनामाको घोषणा गरिसकेका छन् । बेजोसको राजिनामासँगै अमेजन कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद एन्डी जेस्सीले सम्हाल्ने पक्का भएको छ । लामो समयदेखि बेजोसका सहकर्मी रहेका जेस्सी अमेजन कम्पनीको सुरुवात देखिकै कर्मचारी हुन् । जेस्सीले सन् १९९७ मा मार्केटिक व्यवस्थापकको पदमा भर्ना भएर […]

अमेजनका सीईओबाट हटे बेजोस

२१ माघ, काठमाडौं । जे बेजोस अमेरिकी ई–कमर्स कम्पनी अमेजनको सीईओबाट हटेका छन् । बेजोसले आफू अब कम्पनीको कार्यकारी अध्यक्ष बन्ने बताएका छन् । यससँगै आफूले अन्य व्यवसायमा ध्यान दिन थप समय पाउने बताएका छन् । अब अमेजनको सीईओ कम्पनीको क्लाउड कम्युटिङ बिजनेस हेरिरहेका एन्डी जेसी बन्नेछन् । यद्यपि यो परिवर्तन सन् २०२१ को उत्तरार्धमा […]

अमेजन, एप्पल, फेसबुक र गुगलका सीईओसँग ईयूले सोधपुछ गर्दै, फेब्रुअरी १ मा सुनुवाई

युरोपेली युनियनका सांसदहरुले आगामी फेब्रुअरी १ मा इयूको मूख्यालयमा ब्रसेल्समा हुने सुनुवाईका लागि दिग्गज प्रविधि कम्पनीका सीईओहरुलाई आमन्त्रण गरेका छन् । अमेरिकी प्रविधि कम्पनीहरुको दबदबालाई तोड्ने प्रयासस्वरुप हुन लागेको सुनुवाईका लागि अमेजन, एप्पल, फेसबुक तथा गुगलको मातृ कम्पनी अल्फाबेटलगायतका कम्पनीका सीईओहरु बोलाइएका छन् । प्रविधि कम्पनीहरुलाई स्वस्थ प्रतिस्पर्धाका लागि बाध्य पार्ने तथा अनलाइनमा फैलिने फेक […]

अमेजनले पहिलोपटक किन्यो आफ्नै हवाई जहाज

काठमाडौं । ई–कमर्श कम्पनी अमेजनले सामान ढुवानीका लागि पहिलो पटक एकसाथ ११ वटा जहाज खरीद गरेको छ । बढ्दो हवाई कार्गोको सञ्जाललाई विस्तार गर्नका लागि अमेजनले आफ्नै कार्गो जहाज किनेको हो । अमेजनले खरीद गरेका ११ वटा बोइङ ७६७–३०० जहाजले अमेजनको बढ्दो ग्राहक आधारलाई सघाउ पूराउने अपेक्षा गरिएको छ । अमेजनले सन् २०१६ देखि नै […]

महामारीमा सर्वाधिक कमाउने अर्बपतिहरुः अमेजनदेखि टेस्लाका मालिकसम्म

विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अधिकांश उद्योग व्यवसायहरु कतिपय ठप्प छन् भने कहीँ घाटामा चलिरहेका छन् । करोडौँ मानिसहरुका लागि महामारीले संकट सिर्जना गरेको छ, रोजगारी तथा व्यवसाय गुमेको छ । महामारीबाटै १६ लाख भन्दा धेरैको मृत्यु भैसकेको छ भने कैयन् मुलुकहरु आर्थिक संकटमा धकेलिएका छन् । तर दुनियाँका केही अर्बपति यस्ता छन्, जसलाई […]

अमेजन मालिक बेजोस बने २ खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति

काठमाडौं । अमेरिकी कम्पनी अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोसको सम्पत्ति २ खर्ब डलर नाघेको छ । यो सँगै उनले २ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्तिको रुपमा इतिहास रच्न सफल भएका छन् । फोर्ब्स तथा ब्लुम्बर्ग बिलियनिर इन्डेक्सका अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति बेजोसको सम्पत्तिमा एकैदिन ४ अर्ब ९० करोड डलरमा वृद्धि भएसँगै […]

अमेजन मालिक बेजोसको सम्पत्ति एक दिनमै १३ अर्ब डलरले बढ्यो

विश्वको सबैभन्दा ठूलो इ-कमर्श कम्पनी अमेजनका सीईओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति पनि हुन् । उनै बेजोसको सम्पत्ति हालै एक दिनमै १३ अर्ब डलरले बढेको छ । ब्लुम्बर्ग बिलियोनियर इन्डेक्सका अनुसार सोमबार अमेजन कम्पनीको शेयर मूल्यमा ८ प्रतिशतले बढोत्तरी भएसँगै बेजोसको सम्पत्तिमा भारी वृद्धि भई एक खर्ब ८९ अर्ब ३० करोड डलर पुगेको छ […]

भारतमा रक्सी व्यापार गर्दै अमेजन कम्पनी

विश्वकै सबैभन्दा ठूलो इ-कमर्स कम्पनी अमेजनले भारतको पश्चिम बंगालमा रक्सीको अनलाइन कारोबार गर्ने भएको छ।रोयटर्सका अनुसार पश्चिम बंगालमा रक्सी डेलिभरी गर्नका लागि अमेजनले स्वीकृति पाएको हो । योसँगै अर्बौ‌ं डलरको भारतीय मदिरा व्यापारको क्षेत्रमा अमेजनको प्रवेश हुने भएको छ। गत शुक्रबार पश्चिम बंगाल राज्य पेय पदार्थ निगमले एक सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार […]

अमेरिकामा प्रहरीलाई अनुहार पत्ता लगाउने प्रविधि प्रयोगमा रोक

२९ जेठ, काठमाडौं । अमेरिकी प्रविधि कम्पनी अमेजनले प्रहरीलाई आफ्नो अनुहार पत्ता लगाउने प्रविधिको प्रयोगमा एक वर्षको लागि प्रतिबन्ध लगाएको छ । अमेरिकामा नागरिक अधिकारकर्मीहरुले यो प्रविधि केही मात्रामा पक्षपात हुने गरेको आवाज उठाएपछि कम्पनीले यस्तो निर्णय गरेको हो । यसअघि आईबीएमले पनि ठूलो समूहमा अनुहार पहिचानको लागि प्रयोग गरिने सफ्टवेयरको प्रयोगमा रोक लगाउन सक्ने […]

अमेजनको एकाधिकारप्रति टेस्लाका सीईओ असन्तुष्ट, भन्छन् – ब्रेकअप गर्ने बेला आयो

अमेरिकी कम्पनी टेस्ला तथा स्पेस एक्सका प्रमुख एलोन मस्कले हालै माइक्रो ब्लगिङ साइट ट्विटरबाट बिदा लिने घोषणा गरेर चर्चा कमाएका थिए । त्यो चर्चा सेलाउन नपाउँदै मस्कले फेरि अर्को तहल्का मच्चाएका छन् । उनले विश्वको सबैभन्दा ठूलो इ कमर्स कम्पनी अमेजनसँग ब्रेकअप गर्ने बेला आएको बताएका छन् । लेखक एलेक्स बेरेन्सनको ट्विटमाथि प्रतिक्रिया दिँदै उनले […]

एप्पलपछि अमेजन बन्यो ट्रिलियन डलर कम्पनी

इ कमर्श कम्पनी अमेजन १० खर्ब डलर बजार मूल्य भएको विश्वको दोश्रो कम्पनी बन्न सफल भएको छ । १० खर्ब अर्थात् १ ट्रिलियन डलरको कोशेढुंगा पार गर्ने विश्वको पहिलो कम्पनीको रुपमा रहेको एप्पललाई पछ्याउँदै अमेजनले इतिहास रचेको हो । पछिल्लो समय तिव्र गतिमा शेयर मूल्यमा बढोत्तरी भैरहेको अमेजनको प्रति शेयर मूल्य २ हजार ५० डलर […]

विश्वकै धनी जेफ बेजोसः ग्यारेजदेखि ग्याजेटसम्म !

अमेजन डटकमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसको नाम नसुन्ने मानिस कमै होलान् । उनी अहिले विश्वकै सबैभन्दा धनी मानिस हुन् । बिल गेट्सलाई जेफले दोस्रो बरियतामा झारिदिएका छन् । विश्वभरका धनाढ्यको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागेजिनका अनुसार उनको कुल सम्पत्ति ११२ बिलियन डलर अर्थात १२५ खर्ब नेपाली रुपैयाँ भन्दा धेरै छ । अनलाइनबाट […]