Comments Add Comment

अलपत्र

List Grid
विदेशमा अलपत्रलाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सिप सिकाइने

१५ जेठ, काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ । त्यसरी ल्याइएकाहरूलाई सिप सिकाउने घोषणा पनि सरकारले गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्कन चाहेकाहरूलाई ल्याउन बजेट छुट्याइएको बताए । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशका धेरै […]

भारतीय अवरोधपछि रक्सौलमा २२२ नेपाली अलपत्र

९ जेठ, काठमाडाैं । रक्सौलमा अलपत्र दुई सय २२ नेपालीको उद्धार भारतीय सुरक्षाकर्मीको अवरोधका कारण प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले बुधबार त्यहाँ अलपत्र नेपालीको उद्धार गर्ने तयारी गरेको थियो । तर, माथिबाट आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएपछि रक्सौलस्थित हजारीमल क्वारेन्टाइनमै बस्न उनीहरू बाध्य बनेका छन् । ‘वीरगञ्जमा रहेका भारतीय […]

नेपाल प्रवेश पाउनुपर्ने भन्दै बेलहिया नाकामा नाराबाजी

८ जेठ, बुटवल । भारतको नौतनवा क्वारेन्टाइनमा २१ दिन बसेका गरेका नेपालीहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा प्रदर्शन गरेका छन् । बिहीबार राति साढे आठ बजेतिर करिब सय जना नेपालीहरूले स्वदेश जान पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् । नेपालको क्वारेन्टाइनमा बसेका करिब चार सय भारतीयलाई उनीहरूको मुलुक फर्किन दिएको आफूले देखेको भन्दै […]

विदेशमा अलपत्रको उद्धार गर्ने तयारी गर्दैछौं : मन्त्री मानन्धर

८ जेठ, काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धार गर्दा खाडी मुलुकमा रहेकाहरू पहिलो प्राथमिकतामा पर्ने सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताएका छन् । त्यसरी उद्धार गरिएकाहरूलाई राख्न होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउने तयारी भइरहेकाे उनले जानकारी दिए । बिहीबार सहरी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले घर फिर्ती चाहेका नेपालीको उद्धारका लागि तिनको वर्गीकरण […]

कैलालीमा भारतीय भूमिबाट साढे ८ सय नेपालीको उद्धार

७ जेठ, कैलाली । लामो समय सीमा क्षेत्रको भारतीय  भूमिमा रोकिएका नेपालीलाई बुधबार स्वास्थ्य परीक्षण नगरी स्वदेश फर्किन दिइएको छ । बुधबारमात्रै भारतका विभिन्न क्षेत्रबाट आएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको हो । उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाइए पनि उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन  । उनीहरुको सम्बन्धित स्थानीय तहले नै स्वास्थ्य परीक्षण गर्न […]

ठोरीको सीमा आइपुगेकाहरूलाई भारततर्फ फर्काइयो

५ जेठ, काठमाडौ । पर्साको ठोरी नाकामा आइपुगेका २४ जना नेपालीलाई भारततर्फ नै फिर्ता पठाइएको छ । मुम्बईबाट मजदुरी गर्ने उनीहरु पाँच दिन लगाएर आइतबार ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका थिए । तर उनीहरुलाई भारततर्फ नै फिर्ता पठाइएको छ माथिल्लो तहबाट निर्देशन नआएकाले उनीहरुको उद्धार गर्न नसकिएको ठोरी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बोर्डर […]

भारतबाट मजदुरी गरी फर्किएका २४ जना ठोरी नाकामा अलपत्र

४ जेठ, काठमाडौं । भारतको मुम्बईबाट मजदुरी गरी फर्किएका २४ जना नेपालीहरु ठोरी नाकामा अलपत्र परेका छन् । ठोरी गाउँपालिका-२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक दीपक दाहालका अनुसार २४ जना नेपाली आइतबार बिहान ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका हुन् । जस मध्ये चितवनको माडी नगरपालिकाका २१ जना, मकवानपुरको […]

सरकारको नीति– सकेसम्म जहाँको त्यहीँ राख्ने, अलपत्रलाई गन्तव्यमा पुर्‍याउने

८ वैशाख, काठमाडौं । आइतबार राति उर्जामन्त्री वर्षमान पुन आफैं भक्तपुर पुगेर अलपत्र मजदूरलाई गाडीमा हाली रोल्पा पठाए । उता थानकोटमा चाहिँ आइतबार बेलुका जिल्ला जान खोज्नेहरुलाई त्रिभुवन पार्कमा रोकियो । यी दुई घटनाका कारण सरकारको नीति के हो भन्ने प्रश्न उठेको छ । भक्तपुरका विभिन्न ईंटाभट्टा बन्द भएर अलपत्र परेका करीव ५ सय मजदूरको […]

मनोहरा खोलाको पुलमुनि ८ युवाको बास

२२ चैत, काठमाडौं । ‘हेल्लो दाइ, अझैसम्म गाडी आइपुगेन । खानेकुरा पनि सकियो, धेरै समस्या भइसक्यो ।’ शनिबार दिउँसो काडमाडौंको जडिबुटीस्थित मनोहरा खोलाको किनारबाट पूर्णबहादुर फोनमा कुरा गर्दै थिए । ‘घर उदयपुरको बेलका वडा नम्बर ६ हो, यहाँ बसेको ४ दिन भइसक्यो ।’ पूर्णबहादुर काठमाडौंमा सिमेन्टको काम गर्छन् । ज्यालादारी मजदूरी गर्न उदयपुरबाट काठमाडौं आइपुगेका […]

मलेसियामा अलपत्र ४१ नेपालीको उद्दार

५ मे, मलेसिया । नेपाली दुताबास मलेसियाले मृत्यु दण्डको अभियोगबाट सफाई पाएका बारा जिल्लाको कलैयाका ललित चौधरीलाई नेपाल फर्काउन सफल भएको छ । निरन्तरको प्रयासपछि चौधरीलाई नेपाल फर्काउन सफल भएको दुतावास श्रोतले जानकारी दिएको छ । चौधरी सहित अन्य ४१ जना नेपालीहरुलाई समेत बुधवार र बिहीबार उद्दार गरी नेपाल पठाइएको छ । बिभिन्न अभियोगमा जेल […]

कतारमा अलपत्र १ सय ८५ नेपाली कामदारलाई खाद्यान्न सहयोग

दोहा । विगत तीन महिना देखि तलव नपाएर कतारमा अलपत्र परेका झण्डै १ सय ८५ नेपाली कामदारहरुलाई एभरेष्ट युथ एसोसियसन कतारका युवाहरुले खाद्यान्न सहयोग गरका छन् । तीन महिनासम्म तलव नपाएपछि इलयुसिड कम्पनीमा कार्यरत कामदारहरुले काम गर्न छाडेका छन् । अप्रिलबाट काम गर्न छाडेर नेपाल र्फकने पर्खाइमा रहेका कामदारहरुलाई खानका लागी समस्या परेको खबर पाएपछि  […]

युएईमा अलपत्र परेकी नेपाली चेलीलाई झापाली समाजको सहयोग

अबुधाबी । रोजगारीको क्रममा समस्यामा परी नेपाली दूतावास अबुधाबीको शरणमा पुगेकी झापाली चेली सीता गिरीलाई झापाली समाज यूएईले फिर्ती टिकट बराबरको रकम प्रदान गरेको छ । करिब एक महिनादेखि दूतावासको सेल्टरमा बस्दै आएकी गिरीलाई झापाली समाजको मूल कोषबाट १ हजार २ सय दिराम्स प्रदान गरिएको समाजका कोषाध्यक्ष दुर्गेस सापकोटाले बताए । झापाली समाज यूएई र […]