Comments Add Comment

अस्मिता अधिकारी

List Grid
सुरिलो स्वर, सुन्दर मुहार

गायिका अस्मिता अधिकारीको स्वरका जति प्रशंसकहरु छन्, उनको सुन्दरताको प्रशंसकहरु पनि उत्तिकै भेटिन्छन् । यी सुन्दरी पछिल्लो समयकी चलेकी गायिका हुन् । अस्मिताको उदय ‘नेपाल आइडल’ सिजन दुईबाट भएको हो । ‘नेपाल आइडल सिजन दुई’की थर्ड रनरअप अस्मिताले दर्जनौं हिट गीत सांगीतिक बजारमा दिईसकेकी छिन् । उनले ‘तिम्रो मायाले बाँधेर राख’, ‘आँखामा बसाउँ मलाई’, ‘लज्जावती […]

विकासको निर्देशनमा सुधिर र अनिषाको ‘केही कमी’

गायिका अस्मिता अधिकारीको स्वर, सागर खरेलको शब्द तथा कृष्ण पाण्डेको संगीतमा तयार भएको ‘केही कमी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमीको अभाव महशुश गरिरहेकी एक यूवतीको भावनालाई समेटर यो गीत तयार भएको छ । गीतको भिडियोलाई निर्देशक विकास सुवेदीले अडियो अनुसार नै उतारेका छन् । रंग पत्रकारितामा सक्रिय विकासको यो डेब्यू […]

राम्रो गीतले सधै न्याय पाउनुपर्छ भन्ने लाग्छः अस्मिता अधिकारी

गायिका अस्मिता अधिकारी पछिल्लो समय चर्चामा छिन् । उनको स्वरमा समावेश गीतहरुले बजारमा राम्रो चर्चा पाइरहेका छन् । उनको स्वरमा रिलिज भएको ‘टाढा भएपनि’ बोलको गीतले दर्शक तथा श्रोताको मन जितिरहेको छ । अस्मिता गीतले दर्शकको मन जितेकोमा फुरुङ्ग छिन् । एउटा गायिकालाई राम्रो गीत गाउने लोभ कत्तीको हुन्छ, अस्मिता भन्छिन्–‘लोभ नै भन्ने त हुँदैन […]

अहिले करिअरमा नै फोकस छुः अस्मिता अधिकारी

‘नेपाल आइडल’बाट चर्चामा आएकी गायिका अस्मिता अधिकारीका पछिल्लो समय सुपरहिट गीत दर्जन बढी छन् । ‘तिम्रो मायाले बाँधेर राख’, ‘साली मनपर्यो’, ‘आँखामा बसाउँ मलाई’, ‘लज्जावती झार’, ‘माया गरौंला’ जस्ता हिट गीतकी गायिका अस्मितासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यहाँ प्रस्तुत गरिएको छः बिहान कति बजे उठ्नुहुन्छ ? ढिलो उठेँ भने ६ बजे, नत्र ५ बजे निन्द्रा […]

स्मृती र भिमको ‘माझी दाइले’

गायिका अस्मिता अधिकारी र गायक भिम श्रेष्ठको स्वरमा ‘माझी दाई’ सार्वजनिक भएको छ । गीतमा फराज अर्पणको शब्द तथा संगीत छ । फराज अर्पणकै निर्देशनमा बनेको यो गीतको म्यूजिक भिडियोमा फराज र सतिज श्रेष्ठको सम्पादन, अंकिल कटुवाल र फराजको छायांकन छ । भिडियोमा स्मृती श्रेष्ठ र भिम श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।

मिलन र अमुदाको ‘देउन दिलमा दरबन्दी’

गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको स्वरमा ‘देउन दिलमा दरबन्दी’ बोलको गीत सार्वजनिक गरिएको छ । देवल भण्डारीको शब्द रहेको गीतमा दिपश शर्माको संगीत छ । भिडियोमा युवा यूवतीको प्रेमलाई प्रस्तुत गरिएको छ । भिडियोमा मिलन मिश्र र अमुदा बिष्टको अभिनय छ । केशव राज भट्टको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको […]

अस्मिता अधिकारी र किरण निरौलाको ‘मायालाई सल्युट’

नेपाल आइडलकी थर्ड रनर अप अस्मिता अधिकारी ‘भा छ तिम्रो माया यो दिलैमा सुट…. तिम्रो मायालाई सल्युट’ बोलको गीत लिएर आएकी छन् । यो गीतमा अधिकारीलाई उदयपुरका नवगायक किरण निरौलाले साथ दिएका छन् । मायामा परेपछि आउने मनोभावलाई केन्द्रमा राखेर दिनेश सुवेदीले लेखेको गीत उनीहरुले गाएका हुन् । गीतलाई विन्दवासिनी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको […]