+
+
Shares

अस्मिता र महेशले टुंग्याए अमेरिका टूर, १५ सहरमा दिए प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महेश काफ्ले र अस्मिता अधिकारीको 'सोलफुल युएसए म्यूजिकल यात्रा' १५ अमेरिकी सहरमा सम्पन्न भएको छ।
  • यो सांगीतिक टूर दुई महिना भन्दा बढी समय भर्जिनिया, टेक्सास, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको थियो।
  • भर्जिनियाको एसबर्नमा दसैँ तिहार फेस्टिभल र टेक्सासको ड्यालसमा मःम फेस्टिभलमा १५ हजार भन्दा बढी दर्शक सहभागी भएका थिए।

काठमाडौं । चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल युएसए म्यूजिकल यात्रा’ सम्पन्न भएको छ ।

यो जोडीले १५ अमेरिकी सहरमा प्रस्तुति दिए ।

‘थ्रीई इन्टरटेन्मेन्ट’ले गायन जोडीलाई फिचर्ड गर्दै आयोजना गरेको उक्त सांगीतिक टूर २ महिना भन्दा बढी समय त्यहाँको भर्जिनिया, टेक्सास, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको थियो ।

भर्जिनियाको एसबर्नमा आयोजित दसैँ तिहार फेस्टिभल र टेक्सासको ड्यालसमा आयोजित मःम फेस्टिभलमा गरिएका प्रस्तुतिलाई हेर्न १५ हजार भन्दा धेरै संख्यामा दर्शकको उपस्थिती रहेको आयोजक संस्थाका सुरेश सापकोटाले जनाए ।

टूर सफलतापूर्वक सम्पन्न भएको र दर्शकले महेश र अस्मिताको जोडीलाई निकै रुचाएको आयोजकले बताए ।

परदेशमा रहेका नेपालीसँग तीज, दशैंतिहारजस्ता महत्वपूर्ण चाड मनाउँदै प्रस्तुति दिन रमाइलो भएको अस्मिता र महेशले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?