
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ युट्युबमा सार्वजनिक भयो।
- गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर र संगीत छ।
- फिल्मले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयता विषयमा कथा प्रस्तुत गर्दछ।
काठमाडौं । फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ युट्युबमा सार्वजनिक भएको छ । मारुनी भाकामा आधारित गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर छ ।
यो गीत गायिका अधिकारीको पहिलो मारुनी गीत हो । गीतको संगीत र शब्द सिवाकोटीले नै सिर्जना गरेका हुन् । भोजपुरमा छायाङ्कन गरिएको गीतको भिडियोमा कलाकार प्रकाश सपुत, परीक्षा लिम्बु, सुन्दर धिताल र सब्बु गुरुङले नृत्य गरेका छन् ।
नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । यो फिल्मलाई इलामको बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय थलोमा छायाङ्कन गरिएको छ ।
निर्देशक अर्जुन सुवेदीका अनुसार यो फिल्मले दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ । समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावको कथा पेश गर्नेछ भने दुई प्रमुख पात्रबीचको प्रेम कथा यसको मुख्य आकर्षणको रुपमा छ ।
फिल्ममा विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडाको पनि अभिनय छ । प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो फिल्मको लगानीकर्तामा रेजिना बिष्ट र संसार चौलागाईँ छन् ।
प्रतिक्रिया 4