+
+
Shares

बजेटको प्राथमिकता : मध्यम वर्गको विस्तार गर्ने सरकारको घोषणा  

नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई उत्पादन र रोजगारीसँग आबद्ध गर्न उपयुक्त वित्तीय साधन परिचालन गर्ने पनि उल्लेख गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १९:३०

३१ वैशाख, काठमाडौं । सरकारले मध्यम वर्गको विस्तार गर्ने घोषणा गरेको छ । संसद्‌मा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताहरू पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  आर्थिक गतिशीलता र सामाजिक सुरक्षाको प्रत्याभूत गर्ने गरी मध्यम वर्गको विस्तार गर्ने उल्लेख गरे ।

गुणस्तरीय शिक्षास्वास्थ्यपोषण र सीपमा समान पहुँच सुनिश्चित गर्दै सक्षम मानव पूँजी विकास गर्नेछौं । राज्यको संरक्षण आवश्यक पर्ने व्यक्तिका लागि सामाजिक सुरक्षाको भरपर्दो आधार निर्माण गर्नेछौं । आर्थिक गतिशीलता र सामाजिक सुरक्षा प्रत्याभूत गरी मध्यम वर्गको विस्तार गर्नेछौं’, उनले भने ।

कृषि एवं लघुसाना तथा मझौला उद्योगको प्रवर्द्धन तथा प्रायोगिक र रोजगारमूलक शिक्षा उपलब्ध गराई सीपयुक्त जनशक्तिको विकास गर्ने उनले घोषणा गरेका छन् । 

नवप्रवर्तनउद्यमशीलता र स्टार्टअप संस्कृतिलाई उत्पादन र रोजगारीसँग आबद्ध गर्न उपयुक्त वित्तीय साधन परिचालन गर्ने पनि उल्लेख गरेका छन् ।

शिक्षा प्रणालीलाई उत्पादनउद्यमशीलतानवप्रवर्तन र श्रम बजारसँग आबद्ध गर्नेछौं । प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको लगानी बढाई रोजगारकेन्द्रित शिक्षामा जोड दिनेछौं’, अर्थमन्त्री वाग्लेले भने, ‘स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुन:संरचना मार्फत स्वास्थ्य सेवामा नागरिकको पहुँच र वित्तीय सुरक्षा सुदृढ गर्नेछौं ।’
सबै नेपालीको जीवनस्तर उकास्ने वास्तविक सामाजिक गतिशीलता का लागि कदम चाल्ने अर्थमन्त्री वाग्लेले बताए ।  ‘समावेशीकरणलाई प्रतिनिधित्वमा मात्र सीमित नराखी आर्थिक अवसर र सम्मानजनक सहभागितासँग आबद्ध गर्नेछौं’
, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?