
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिका पुगेका छन् र मेरिल्याण्डको बाल्टिमोरबाट सुरु हुने 'सोलफुल युएसए यात्रा'मा सहभागी हुँदैछन्।
- अगस्ट महिनामा बोस्टन, ब्रान्फोर्ड, फिलाडेल्फिया, ह्यारिसबर्ग, न्यूयोर्क सिटी लगायत विभिन्न शहरमा उनीहरूले सांगीतिक प्रस्तुति दिनेछन्।
- 'ओनेस्ट रियल इस्टेट'ले प्रस्तुत गरेको यो टूर 'थ्री ई इन्टरटेन्मेन्ट'ले व्यवस्थापन गरेको छ र यसले नेपाली कलाकारहरूको अमेरिकी टूर सफल बनाएको छ।
काठमाडौं । आइतबार मेरिल्याण्ड राज्यको बाल्टिमोरबाट सुरु हुने साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’को लागि गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिका पुगेका छन् ।
यो टूर अगस्ट १५ मा बोस्टन, १६ मा ब्रान्फोर्ड, अगस्ट २४ मा फिलाडेल्फिया, अगस्ट २९ मा ह्यारिसबर्ग, ३० मा न्यूयोर्क सिटीमा हुनेछ ।
५ मा सार्लेट, ७ मा मुल्वौकी, १३ मा नेब्रास्का, २० मा सेन्ट लुइस, २७ मा डालस, २८ मा ओकेसीसहित २० मा उनीहरूले सांगीतिक प्रस्तुति दिनेछन् ।
अमेरिकामा रहेका नेपालीमाझी प्रस्तुति दिने अवसर पाउँदा हर्षित रहेको गायक काफ्लेले बताए ।
महेश र अस्मिताको ‘लज्जावती झार’, ‘नाच फिरिरी’ र ‘लाइटरले बिँडी सल्केको’जस्ता गीत हिट छन् ।
’ओनेस्ट रियल इस्टेट’द्वारा प्रस्तुत र ’थ्री ई इन्टरटेन्मेन्ट’ले टूर व्यवस्थापन गरेका हुन् ।
थ्रीई इन्टरटेन्मेन्टले यसअघि आनीछोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, कालीप्रसाद बाँस्कोटा , इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्त जस्ता कलाकारको टूर सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया 4