Comments Add Comment

आर्थिक वृद्धिदर

List Grid
आगामी वर्ष ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर : विश्व बैंक

२६ जेठ, काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो । सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले सरकारले गरेको अनुमानभन्दा करीव आधा कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने बताएको […]

अर्थमन्त्रीको स्वीकारोक्ति : ४ प्रतिशतको आर्थिक वृद्धिदर भेट्टाउन पनि मुश्किल

१४ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन् । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताएका हुन् । नेपालको २०७६/७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको […]

सात वटै प्रदेशको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतभन्दा माथि

२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ मा देशभरका सात वटै प्रदेशको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतभन्दा माथि रहने भएको छ । मुलुकको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान केन्दि्रय तथ्यांक विभागले गरेको छ । आर्थिक वृद्धिदरलाई प्रदेशअनुसार विभाजन गरी विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष सबै प्रदेशले साढे तीन प्रतिशत […]

गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक, भूकम्पले भन्दा महामारीले बढी क्षति

२० फागुन, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक (ऋणात्मक) भएको छ । तथ्याङ्क विभागका अनुसार गत आवमा वार्षिक आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम भएको हो । विभागले आधार वर्ष २०१०/११ लाई मान्दै गरेको विश्लेषणअनुसार गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो । सो वर्ष प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर […]

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने संयुक्त राष्ट्रसंघको प्रक्षेपण

१३ माघ, काठमाडौं । ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको अनुमानसहित बजेट कार्यान्वयन भइरहेको चालु आर्थिक वर्षमा बहुपक्षीय दाता र सरकारको प्रक्षेपणबीच ठूलो अन्तर देखिएको छ । यस्तै अन्तरसहितको प्रक्षेपण संयुक्त राष्ट्रसंघले पनि गरेको छ । विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने अनुमान गरेको हो […]

विश्वबैंकले भन्यो : आर्थिक वृद्धिदर शून्यमा झर्छ, अनौपचारिक क्षेत्रमा चरम मन्दी

२२ असोज, काठमाडौं । विश्व बैंकले स् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने अनुमान गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बै‌ंकले नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले भने ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्व बैंङ्कले […]

तेस्रो त्रैमासमै आर्थिक वृद्धिदर निराशाजनक, २.२७ प्रतिशतको लक्ष्य टाढा 

१९ भदौ, काठमाडौं । कोरोना महामारीका कारण उत्पन्न संकटले सरकारलाई घोषित आर्थिक वृद्धिको छेउछाउ पुग्न पनि हम्मे पर्ने देखिएको छ । बजेटमार्फत सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा २.२७ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ । यस्तो अनुमान दोस्रो-तेस्रो त्रैमाससम्मको वृद्धिदरको सूचकमा आधारित भएर गरिएको थियो । तर, अन्तिम त्रैमासमा महामारीमा लकडाउन गरिएकाले विभिन्न आर्थिक […]

आर्थिक वृद्धिदर ‘पर्ख र हेर’कै अवस्थामा : अर्थमन्त्री

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आगामी आर्थिक वर्षका लागि बजेटमा राखेको आर्थिक वृद्धिदरको लक्ष्य ‘पर्ख र हेर’कै अवस्थामा रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव’को छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिदरको लक्ष्यमा थप बहसको आवश्यकता नरहेको उल्लेख गरे […]

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिए । यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको […]

आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुग्दैन : राष्ट्रिय योजना आयोग

काठमाडौं । रास्ट्रिय योजना आयोगले चालू आर्थिक वर्षमा सरकारले तोकेको आर्थिक वृद्धिदर पूरा नहुने स्पष्ट पारेको छ । बजेटको मध्यावधिक समिक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले ८.५ प्रतिशतको आर्थिक वृद्धिदर परिवर्तन नहुने बताएका थिए । तर बुधबार अर्थ समितिको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. पुस्पराज कंडेलले आर्थिक वृद्धिदर भेट्न नसकिने स्पष्ट पारे । कमजोर पुँजीगत खर्च […]

गत वर्षको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत

२८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा देशमा ७.०५ प्रतिशतको सुखद आर्थिक वृद्धिदर हासिल भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो पछिल्लो एक दशकमै दोस्रो उच्च आर्थिक वृद्धि हो । आव २०७३/७४ मा सबैभन्दा धेरै ७.७४ प्रतिशत आर्थिक वृद्धि भएको थियो भने आव २०७४/७५ को आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहेको थियो । […]

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सजिलै पूरा हुन्छ : गभर्नर नेपाल

३० साउन, बुटवल । गभर्नर डा. चिरञ्जिवी नेपालले सरकारको चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक बृद्धि दर हासि गर्ने लक्ष्य पूरा हुने बताएका छन् । नेपालमा दुई वर्षयता लगातार आर्थिक बृद्धि दर बढिरहेको बताउँदै डा. नेपालले यो वर्ष पनि लक्ष्य अनुसारको आर्थिक बृद्धि दरलाई कसैले रोक्न नसक्ने बताए । मुल्यवृद्धि पनि नियन्त्रणमा आएको उल्लेख गर्दै […]

विश्व बैंकले भन्यो-२३ वर्षपछि नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतमा

२८ वैशाख, काठमाडौं । २३ वर्षपछि नेपालको अार्थिक वृद्धिदर ७.५ प्रतिशतले वृद्धि भएको छ । विश्व बैंकले बिहीबार एक सूचना प्रकाशित नेपालको आर्थिक वृद्धिदर बजार मूल्यका आधारमा ७.५ प्रतिशत पुगेको जनाएको छ । उसले आर्थिक वृद्धिदर सकारात्मक देखिएपनि अझै जोखिमहरु कायम रहेको बताएको छ । विद्युत् उपलब्धता, पुनर्निर्माणले लिएको गति र उपयुक्ता मनसुनका कारण यो वर्षको […]