Comments Add Comment

इटहरी

List Grid
पूर्वमा विराटनगरपछि इटहरी र धरानमा संक्रमण तीव्र

१८ भदौ, विराटनगर । प्रदेश १ मा विराटनगर महानगरपालिका पछि इटहरी र धरान उपमहानगरपालिकामा कोरोना संक्रमणदर उच्च छ । यो प्रदेशमा बढी जनघनत्व भएको सहर विराटनगर, इटहरी र धरान हुन् । पछिल्लो समय तीनवटै सहर कोरोनाको चपेटामा छन् । विराटनगरपछि बढी प्रभावित धरानमा १९७ र इटहरीमा २१५ जना कोरोना संक्रमित छन् । १११० संक्रमित रहेको […]

करणी मुद्धामा चलखेलको आरोप लागेका इटहरीका डीएसपीसँग स्पटीकरण

४ भदौ, विराटनगर । जवरजस्ती करणी आरोपको जाहेरी दर्तामा आर्थिक चलखेल गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले इलाका प्रहरी कार्यालय इटहरीका इञ्चार्जसहित तीनजनालाई स्पष्टीकरण सोधेको छ । पहुँचवाला ब्यक्ति जोडिएको करणी मुद्दाको जाहेरी दर्ता गर्न आनाकानी गरेको गुनासो आएपछि इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारी, मुद्दा शाखाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला […]

घुससहित समातिए इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत

२ साउन, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग […]

सामान्य विवादमा बाटो छेकेर साथीको हत्या

२० जेठ, विराटनगर । सुनसरीको इटहरीमा सामान्य विवादमा एक युवकको हत्या भएको छ । इटहरी उपमहानगरपालिका– २० तरहराका २८ वर्षका रादन राईको हत्यामा संलग्नको आरोपमा उनका तीनजना साथी पक्राउ परेका छन् । सामान्य विवादमा मध्यराति बाटो छेकेर राईको हत्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका– ५ […]

‘नगरपालिकाबाट कुट्दै निकालेर बजार घुमाइयो’

०५७ साल चैततिरको कुरो हो । म काठमाडौंबाट प्रकाशित हुने भूगोल साप्ताहिकमा इटहरीबाट रिपोटिङ गर्थें । मैले त्यसबेला इटहरीमा रहेका तस्कर र कर छल्नेहरुको समाचार लेखेको थिएँ । जसको उद्योगधन्दा, व्यापार, कलकारखाना केही थिएन, तर रातारात करोडपति हुनेहरुको मैले लिस्ट प्रकाशित गरिदिएको थिएँ । उनीहरुले रातारात कहाँबाट करोडपतिको हैसियत बनाए भन्ने विषयमा मैले खोजमूलक समाचार […]

इटहरीको मेयर भवन : रातो छानाको कालो कथा !

२७ जेठ, इटहरी । उपमहानगरपालिकाको पुरानो बिल्डङको छेवैमा रातो छानो भएको एक तल्ले छाप्रोे छ । त्यही छाप्रोभित्र छन् मेयर द्वारिकलाल चौधरी उपमेयर लक्ष्मी गौतमका कार्यकक्षहरु । पोखरीभित्रै पिल्लर गाडेर बनाइएको अर्कोे भवनमा चाहिँ प्रमुख प्रशासकीय अधिकृत केशव विमलीको कार्यकक्ष छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्ष (मेयर भवन) निर्माणमा आर्थिक अनियमितता भएको पाइएको […]

मेयर भन्छन् : करोडले पुग्दैन, इटहरीलाई अर्बौं चाहिन्छ

१० वैशाख, इटहरी । पूर्वी नेपालको उदीयमान सहर इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी ०४९ सालमा हाँसपोसा गाविसका अध्यक्ष थिए । दोस्रोपटक ०५४ सालमा फेरि उनी गाविस अध्यक्षमा निर्वाचित भए । १० वर्ष जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गरेका चौधरीले त्यसपछिको डेढ दशक नेकपा एमाले सुनसरी जिल्ला कमिटीको शीर्ष नेतृत्वमा रहेर बिताए । पहिले गाविस अध्यक्ष र अहिले […]

इटहरीले कति मान्छे थाम्न सक्ला ?

१० वैशाख, इटहरी । प्रदेश १ को केन्द्रभागमा अवस्थित उदीयमान इटहरी शहर बसाइँसराइको चापका कारण बेलुन जसरी फुलिरहेको छ । यही गतिमा जनसंख्या वृद्धि हुँदै गयो भने इटहरीले कति मान्छे थेग्न सक्ला ? यसको हिसाव-किताब अहिलेसम्म कसैले गरेको छैन । जनसंख्या वृद्धिले भविश्यमा पार्ने प्रभावबारे अगि्रम विश्लेषण नभए पनि घरधुरीको नयाँ विवरणचाहिँ इटहरी उपमहानगरपालिकाले संकलन […]

इटहरीले कति मान्छे थाम्न सक्ला ?

१० वैशाख, इटहरी । प्रदेश १ को केन्द्रभागमा अवस्थित उदीयमान इटहरी शहर बसाइँसराइको चापका कारण बेलुन जसरी फुलिरहेको छ । यही गतिमा जनसंख्या वृद्धि हुँदै गयो भने इटहरीले कति मान्छे थेग्न सक्ला ? यसको हिसाव-किताब अहिलेसम्म कसैले गरेको छैन । जनसंख्या वृद्धिले भविश्यमा पार्ने प्रभावबारे अगि्रम विश्लेषण नभए पनि घरधुरीको नयाँ विवरणचाहिँ इटहरी उपमहानगरपालिकाले संकलन […]

‘करोडले पुग्दैन, इटहरीलाई अर्बौं चाहिन्छ’

१० वैशाख, इटहरी । पूर्वी नेपालको उदीयमान सहर इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी ०४९ सालमा हाँसपोसा गाविसका अध्यक्ष थिए । दोस्रोपटक ०५४ सालमा फेरि उनी गाविस अध्यक्षमा निर्वाचित भए । १० वर्ष जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गरेका चौधरीले त्यसपछिको डेढ दशक नेकपा एमाले सुनसरी जिल्ला कमिटीको शीर्ष नेतृत्वमा रहेर बिताए । पहिले गाविस अध्यक्ष र अहिले […]

हत्याराले मोबाइल नबोक्दा प्रहरीलाई सकस !

११ भदौ, इटहरी । कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठिरहेका वेला प्रदेश १ को इटहरीमा पनि एउटा परिवार न्याय खोज्दै भौंतारिरहेको छ । गत साउन ९ गते कुटपिटपछि हत्या गरिएका ३२ वर्षीय कृष्ण ढकालको परिवार न्याय खोज्दै इलाका प्रहरी कार्यालय, इटहरीमा एक महिनादेखि धाइरहेको छ । तर, अहिलेसम्म प्रहरीले […]

इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा घर सञ्चालनमा

सुनसरीको इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने भएको छ । ९ जना चलचित्र व्यवसायीहरुको संयुक्त लगानीमा सिनेमा हल सञ्चालनमा आउन लागेको हो । चलचित्र व्यवसायीहरु छबिराज ओझा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा र चिरञ्जिवी बस्नेत गरी ९ जनाले एलाइट सिनेमा हल सञ्चालनमा ल्याएका हुन् । इटहरी […]

तरुण दलका क्षेत्रीय सभापति मन्दु लिम्बु पक्राउ

१८ जेठ, काठमाडौं । इलाका प्रहरी कार्यालय, इटहरीले तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको छ । घरायसी विवादमा भाउजुलाई धाकधम्की दिएको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो । डिएसपी शिवकुमार श्रेष्ठले परिवारबाटै आएको जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए । यसअघि तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई […]

इटहरी-धरान सडक ६ लेनको बन्दै, बीचमा ३ मिटरको बगैंचा

९ फागुन, इटहरी । विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको ६ लेनको सडकको केही खण्डमा काम रोकिए पनि इटहरी-धरान खण्डमा भने काम धमाधम भइरहेको छ । पूर्वको एक्लो महानगर विराटनगरदेखि दुई उपमहानगर इटहरी र धरान जोड्ने २ लेनको ४९ किलोमिटर सडकलाई ६ लेनको बनाउन २०७० साल असारदेखि नै काम सुरु गरिएको थियो । इटहरी- तरहरा सडक खण्ड […]

इटहरीमा जग्गा खोजीः खोलामा घर बनाउनेलाई ‘रातो’ स्टिकर

  १ फागुन, इटहरी । खोला मिचेर बनाएका संरचनामा इटहरी उपमहानगरपालिकाले रातो चिन्ह लाउन थालेको छ । इटहरीको खेती खोलामा अघिल्लो साता प्राविधिकहरु, उपमेयर र वडाध्यक्षसमेत लिएर पुगेका मेयर द्वारिकलाल चौधरीले खोलाको सीमा छुट्याएका हुन् । इटहरी ४ र ५ को सीमानामा भएर बग्ने खेती खोलाको जग्गा मेयरले खोजी गरेका हुन् । इटहरीको उत्तरमा रहेको […]

इटहरी बलात्कार प्रकरणमा सुनसरीका प्रहरी प्रमुख निलम्वित

२३ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् । इटहरीमा भएको बलात्कार काण्डलाई ढाकछोप गरेको आरोपमा एपसी माझीसँगै इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका छन् । इटहरीमा भएको बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका खेलेको आरोप लागेपछि मंगलबार उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको छ […]

एमालेको आन्तरिक तयारी : प्रदेश १ को राजधानी इटहरी आसपास

२२ माघ, विराटनगर । प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने विवाद भइरहेकै बेला यस प्रदेशको राजधानी बिराटनगरबाट अन्तयत्र सार्ने एमालेले आन्तरिक योजना बनाएको छ । प्रदेश सरकार गठन भइसकेपछि विराटनगरमा रहेको राजधानीलाई इटहरी आसपास सार्ने योजना रहेको एमाले स्रोतले बतायो । प्रदेश १ मा एमालेको एकल बहुमत भएकाले एमालेकै नेतृत्वमा सरकार बन्ने पक्कापक्की छ । […]

इटहरीमा कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ

२२ माघ, काठमाडाैं । सुनसरीको इटहरी उपमहानगरपालिका-१२, खनार चौकमा एक जना व्यक्ति कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी-१ नमुना बस्तीका ३२ वर्षीय रत्न तामाङ छन् । उनलार्इ शंकास्पद तवरले हिँड्दै गर्दा चेकजाँच गर्ने क्रममा एक थान पेस्ताेल र दुर्इ राउन्ड गाेलीसहित पक्राउ गरिएकाे प्रहरी चाैकी खनारले जनाएको छ । तामाङको साथबाट केही […]

‘बलात्कारी’लाई छुटाउन जनप्रतिनिधिकै रोहबरमा मिलापत्र

२१ माघ, इटहरी । इटहरीको बालिका बलात्कार प्रकरणमा ‘मिलापत्र’ गराएर विवादमा आएका इलाका प्रहरी कार्यालय, इटहरीका इन्स्पेक्टर चिरञ्जीवी दाहाल प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका छन् । प्रदेश एकका एआईजी पशुपति उपाध्यायका अनुसार इन्स्पेक्टर दाहाललाई आइतबार रानी तानिएको हो । अंग्रेजी नयाँ बर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी बालिका बलात्कृत भएकी थिइन् । तर, प्रहरीकै मिलेमतोमा […]

सीटी सफारी चलाउन नदिने सरकारको सर्कुलर !

८ पुस, इटहरी । भारतीय नाकाबन्दीको समयमा पेट्रोल र डिजेल अभाव भएका बेला भित्रिएका इलेक्ट्रोनिक रिक्सा राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले अभियान थालेपछि इटहरीका सफारी चालकहरु आन्दोलित भएका छन् । ‘सीटी सफारी’ भनिने इ–रिक्सालाई राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले बिहीबार इटहरीमा सर्वपक्षीय भेला गराएर यस्तो निर्णय सार्वजनिक गरेको हो । सरकारी अधिकारीहरुका अनुसार […]

प्रदेश नं. १ मा प्रादेशिक राजधानीका लागि रस्साकस्सी

२ पुस, बिराटनगर । प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै एक नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुमा प्रदर्शन हुन थालेको छ । पूर्वी पहाडी जिल्ला धनकुटा, सुनसरी र मोरङवासीले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा भने यस विषयमा मौन देखिएको […]