
News Summary
Generated by OK AI. Editorially reviewed.- इटहरीमा जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते चार जनालाई मोरङको विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
- झडपमा घाइतेमध्ये तीन जनालाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, जहाँ दुई जनाको मृत्यु भएको छ।
- विराट शिक्षण अस्पतालमा १७ वर्षीय आशिष चौधरी, १९ वर्षीय सान्तनु ढकाल, १६ वर्षीय अनमोल पन्त र १६ वर्षीय सम्झना विकको उपचार भइरहेको छ।
२३ भदाै, विराटनगर । इटहरीमा जेनजी युवाहरूले प्रदर्शनका क्रममा घाइते भएका चार जनालाई मोरङको विराट शिक्षण अस्तालमा भर्ना गरिएको छ ।
इटहरीमा जेनजीको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।
झडपमा घाइते मध्ये चार जनालाई विराट मेडिकल कलेजमा भर्ना गरिएको हो । तीन जनालाई बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ ।
विराट शिक्षण अस्पतालमा १७ वर्षीय आशिष चौधरी १९ वर्षीय सान्तनु ढकाल, १६ वर्षीय अनमोल पन्त र १६ वर्षीय सम्झना विकको उपचार भइरहेको मेडिकल कलेज प्रशासनले जनाएकाे छ । घाइते मध्ये ढकालको टाउकोमा गम्भीर चोट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4