Comments Add Comment

उद्योगी-व्यवसायी

List Grid
उद्योगलाई पर्याप्त बिजुली दिने प्राधिकरणको तयारी

१७ असोज, काठमाडौं । माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी व्यवसायीलाई नेपाल विद्युत प्राधिकरणले मागेजति विद्युत उपलब्ध गराउने भएको छ । प्राधिकरणको प्रणालीमा झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध छ । तोकिएको लक्ष्यअनुसार काम भएको खण्डमा चालु आर्थिक वर्षमा नै थप एक हजार ३०० मेगावाट बढी बिजुली उपलब्ध हुन्छ […]

को-को उद्योगी व्यवसायीले पाए विभूषण र पदक ?

३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न उद्योगी-व्यवसायीसहित बैंकरहरु विभूषित हुने भएका छन् । सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको हो । सुकीर्तिमय राष्ट्रदीपबाट डा. उपेन्द्र  महतो, सुरेन्द्रवीर मालाकार, उद्यमी देवीप्रकाश भट्टचन,  ध्रुवकुमार श्रेष्ठ, कैलाश सिरोहिया र रामेश्वर थापा विभूषित हुनेछन् । सुप्रबल जनसेवाश्री पदकबाट नेपाल उद्योग वाणिज्य महासंघका […]

वीरगञ्जको निजी क्षेत्रको प्रतिक्रिया : बजेटमा फेरि उपेक्षामा पर्‍यौं

१५ जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले बजेटमा वीरगञ्जलाई उपेक्षा गरिएको बताएका छन् । प्रत्येक वर्ष वीरगञ्जमा बजेट पूर्व समीक्षा गोष्ठी गरी सरकारले सुझाव लिए पनि बजेटमा ती कार्यक्रम समावेश नगरिएको उद्योगी व्यवसायीहरु बताउँछन् । बारा, पर्सा क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गर्न, सिमरा विमानस्थलको विस्तार, आईसीपी आईसीडीको विस्तार, नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको प्रबन्ध […]

उद्योगी-व्यवसायी चन्दादाता मात्र होइनन् : उद्योगपति चौधरी

१ पुस, काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले उद्योगी-व्यवसायीलाई केवल चन्दादाताको रुपमा मात्र नहेर्न आग्रह गरेका छन् । आर्थिक पत्रकार समाज नेपाल -सेजन)ले बुधबार आयोजना गरेको सेजन अर्थनीति बहस कार्यक्रममा भाग लिँदै उद्योगी चौधरीले नेपालमा उद्योगी-व्यवसायीको क्षमतालाई उचित मूल्यांकन नगरी केवल चन्दादाताको रुपमा हेर्ने मानसिकता रहेको उल्लेख गरे । आज निजी क्षेत्रका उद्योग-व्यवसाय सरकारी […]

कोटेश्वरका व्यापारी सडकमा, सहज रुपमा व्यवसाय चलाउन दिन माग

३० भदौ, काठमाडौं । निषेधाज्ञाको विरोधमा कोटेश्वरका व्यापारीहरुले प्रदर्शन गरेका छन् । लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै कोटेश्वर व्यवसायी संघले मंगलबार विहान प्रदर्शन गरेको हो । अब निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने संघको माग छ । करिब ४ महिना लकडाउन र त्यसपछिको निषेज्ञाधाका कारण व्यवसायीहरु निकै […]

गोल्यान घराना अब नाति पुस्ताको काँधमा

३० भदौ, काठमाडौं । केही साताअघि जापानी प्रधानमन्त्री सिञ्जो आबेले स्वास्थ्यका कारण पदबाट राजीनामा दिए । त्यो समाचारले नेपालको सामाजिक सञ्जालमा राम्रै स्थान पायो । नेतृत्व हस्तान्तरणको यो काइदा नेपाली राजनीतिमा कहिले ? सामाजिक सञ्जालमा यस्तै प्रश्न उठेका थिए । नेतृत्व हस्तान्तरणको आवश्यकता राजनीतिमा मात्र होइन, नेपाली उद्योग–व्यवसायमा पनि उत्तिकै छ । पुरानो शैली परिवर्तन […]

काठमाडौंमा सबै पसल खुल्ला, सीडीओको आदेश रद्दीको टोकरीमा !

२८ भदौ, काठमाडौं । भनिन्छ– समाजमा जुन कानून लागू हुँदैन, त्यस्तो कानून बनाउनु नै बेकार छ । जुन आदेशको पालना हुँदैन, त्यस्तो आदेश दिने शासकहरु नै मूर्ख हुन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले पसल व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा तोकेका शर्तहरु यस्तै अव्यवहारिक ठहरिएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले कुन बार कुन पसल खोल्ने […]

बैंक किस्ता र कर तिर्न ताकेता गरेको विरोधमा सुर्खेतका व्यवसायी आन्दोलित

२८ असार, सुर्खेत । सरकारले कर तिर्न र बैंकहरुले ऋणको किस्ता तिर्न ताकेता गरेको विरोधमा सुर्खेतका उद्योगी व्यवसायीहरुले चरणबद्धरुपमा आन्दोलन घोषणा गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले अगुवाइमा व्यवसायीहरुले आन्दोलन घोषणा गरेका हुन् । संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति नै गठन गरेको छ । संघर्ष समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर आइतबार […]

व्यापारमा दम छैन, अब कृषिमा होमिने हो : दीपक मल्होत्रा

११ असार, काठमाडौं । फागुन अन्तिम साताको कुरा हो । कोरोना भाइरस (कोभिड–१९) को विश्वभर फैलिँदै गरेको महामारीसँगै नेपालमा पनि यसको त्रास बढिरहेको थियो । यद्यपि, त्यसबेला नेपालमा भेटिएका एक जना संक्रमित निको भइसकेका थिए भने थप संक्रमितहरू देखिएका थिएनन् । नेपाल ग्रिन जोनमै भए पनि जनमानसमा डर बढ्दै गयो । कोरोनाविरुद्धको सतर्कताका सामग्रीहरूको खोजी […]

कोभिड– १९ र श्रमिक चुनौती

विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ को असर विश्वका २१५ देशहरुमा फैलिइरहेको परिप्रेक्षमा नेपालमा पनि सयौं मानिसहरु आक्रान्त हुनेहरुको संख्या बढ्दो छ । गत चैत महिनाको एघार गतेदेखि बन्दाबन्दीको अवस्थामा रहेकाले देशका उद्योग प्रतिष्ठानहरु पनि बन्द अवस्थामा रहन बाध्य छन् । आर्थिकरुपले चलायमान हुनुपर्ने उद्योग प्रतिष्ठानहरु बन्द हुनु र सोमा संलग्न श्रमिकहरु अनुत्पादक रुपमा बस्नुपर्दा देशको समष्टिगत […]

प्रदेश ५ का व्यवसायीको चेतावनी- कर दाखिलाको निर्णय फिर्ता नभए चरणवद्ध आन्दोलन

२१ जेठ, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ समितिले जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता लिन माग गरेको छ । जेठ १५ गते सर्वोच्च अदालतले लकडाउन अवधिलाई शून्य समय मान्ने फैसला गरेको सन्दर्भमा सरकारले त्यसलाई समेत बेवास्ता गर्दै जेठ २५ सम्म मूल्य अभिवृद्धि कर, अन्त शुल्क र अग्रिम […]

निजी क्षेत्रले भन्यो : लगानी सम्मेलनभर नकारात्मक नबोलौं, नलेखौं

१३ चैत, काठमाडौं । आगामी शुक्रबार शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनलाई सकरात्मक रुपमा लिनु पर्ने उद्योगी-व्यवसायीहरुले बताएका छन् । सम्मेलनका विषयमा जानकारी दिन बुधबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलनका विषयमा सकारात्मक बन्न आग्रह गरे । अध्यक्ष शर्माले सम्मेलन अवधिभर नकरात्मक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह […]