Comments Add Comment

उम्मेदवारी दर्ता

List Grid
सभामुखमा कृष्णबहादुर महराको उम्मेदवारी दर्ता

२५ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए । माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी […]

राष्ट्रियसभामा प्रदेश १ बाट मन्त्रीदेखि उद्योगीसम्म उम्मेदवार

१० माघ, विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा ८ पदका १२ जनाको उम्मेदवारी परेको छ । चार राजनीतिक दलका १२ जनाले बुधबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनको तर्फबाट ७ जना, कांग्रेसबाट ४ जना र राप्रपाबाट १ जनाको उम्मेदवारी […]

कमल थापाले साइत हेराएर उम्मेदवारी दर्ता गरे

१६ कात्तिक, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्न गृह जिल्ला पुगेका थापाले बिहीबार १२ः४० बजेको साइतमा मगवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेससँग गठबन्ध गरिएपनि आफ्नो साइत १२ः४० मा परेकोले आफूले पहिले नै उम्मेदवारी दर्ता गर्नु परेको अध्यक्ष थापाले बताए । […]

शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता सुरु

५ कात्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आइतबार विहान १० बजेदेखि नै शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सुरु भएको छ । पहिलो चरणमा चुनाव हुने हिमाली र उच्च पहाडी ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्णरूपमा सुरु भएको निर्वाचन आयोगले जनाएको छ । […]

पहिलो चरणको उम्मेदवारी दर्ता आज

५ कात्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ […]

दोस्रो चरणको स्थानीय चुनावको उम्मेदवारी दर्ता सुरु

निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । सम्बन्धीत स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउन सकिने छ । १, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते चुनाव हुनेछ । १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोस्रो चरणमा असार १४ गते […]

दूधे बालकसहित दुई दिन हिँडेर उम्मेदवारी दर्ता, गाउँ विकास गर्ने छ ठूलो सपना

२० वैशाख, काठमाडौं । काखैको पाँचमहिने दूधे बालकलाई साथै लिएर मनाङको विकट बस्ती फू गाउँकी सोनाम सिची लामा सदरमुकाम चामे आइपुगेकी छन् । उनी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवारी दिने गरी फूदेखि दुई दिन लगाएर सदरमुकाम चामे आइपुगेकी हुन् । नार फू गाउँपालिकाकी लामाले विकट बस्तीमा विकासे योजना पुर्याउने लक्ष्यका […]