Comments Add Comment

एनजीओ

List Grid
वार्षिक ४० अर्ब बजेट खर्च गर्ने एनजीओ-आईएनजीओ महामारीमा कहाँ छन् ?

२९ वैशाख, काठमाडौं । अक्सिजन अभावमा अस्पतालहरूले गम्भीर प्रकृतिका बिरामी फिर्ता गर्न थालेका छन् । कोरोना महामारी शहरदेखि गाउँसम्म पुगेको छ । सरकार अत्तालिएको छ । देशभर बलियो सञ्जाल बनाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्था पनि महामारीमा चुपचापै बसेका देखिए । गैरसरकारी संस्थाको नियमन गर्ने निकाय समाज कल्याण परिषद्ले अघिल्लो साता राहत र प्रतिकार्यमा जुट्न आह्वान गर्दै […]

एनजीओले अनुमतिविना स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न नपाउने

५ असार, काठमाडौं । सरकारले विनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ । अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउन लागिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए । सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम संचालन गर्न सक्ने […]

नेपालका एनजीओसँग सम्बन्ध बढाउँदै चीन

१२ जेठ, काठमाडौं । चीनले नेपालका गैरसरकारी संस्थासँग पनि सम्बन्ध विस्तार गर्ने नीति अघि सारेको छ । नेपालका गैरसरकारी संस्थामार्फत विविध विषयमा अध्ययन अनुसन्धान गर्ने इच्छा चीनले देखाएको हो । नेपालका गैरसरकारी संस्थासँगको सम्बन्ध विस्तारबारे छलफल गर्न चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वउपमन्त्री लिउ होङ्काई नेतृत्वमा चिनियाँ विज्ञको ६ सदस्यीय टोली काठमाडौं आएको छ । टोलीले बिहीबार […]

सरकारी कर्मचारीलाई एनजीओको दलाल बनाउने कसरत

२४ असार, काठमाडौं । पछिल्लो समय राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, दूतावास तथा स्वार्थ समूहहरुले विदेश भ्रमण र छात्रवृत्तिको लोभ देखाएर निजामति कर्मचारीमा प्रभाव बढाएका छन् । राजनीतिक अस्थिरताको मौका छोपेर कर्मचारीबाट अनधिकृत काम गराउन स्वार्थ समूहले करिब एक वर्षदेखि यस्तो अभ्यास बढाएका छन् । उनीहरुको चाहनाअनुसार काम नहुने संकेत देखिएमा त्यस्ता स्वार्थ समूहले कर्मचारीलाई […]

नयाँ शक्तिकी दूर्गाले भनिन्- एनजीओले दुरुपयोग गरे

१६ असार, काठमाडौं । नयाँ शक्ति नेपालकी सह-संयोजक दूर्गा सोबले कतिपय गैरसरकारी संस्थाले समुदायका नाममा सहयोगको दुरुपयोग गरिरहेको बताएकी छिन् । त्यस्ता गैरसरकारी संस्थालाई कारवाही गरिनुपर्ने आफूले पहिल्यैदेखि आवाज उठाउँदै आएको उनले बताइन् । ‘केही त्यस्ता एनजीओ/आइएनजीओहरु छन्, जसले समुदायका नाममा स्रोत ल्याएर मिसयुज गरेका छन्,’ नयाँ शक्तिको गैरसरकारी संघसंस्था संयोजन विभागकी संयोजकसमेत रहेकी सोबले […]

नक्कली डाक्टरपछि अब एनजीओ सञ्चालकको पालो !

१५ असार, काठमाडौं । नक्कली डाक्टरमाथि कारवाही थालेको सरकारले अब एनजीओ र आइएनजीओमाथि समेत कारवाही थाल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैरसरकारी संस्थाहरुले गलत काम गरिरहेको तथ्य पुष्टि भएको भन्दै उनीहरुमाथि छानविन गरी कारवाही गर्न स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारलाई लिखित निर्देशन दिएको छ । स्थानीय विकास मन्त्रालयले एनजीओ/आइएनजीओमाथि कारवाहीका लागि बुधबार […]