
१४ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक ऐन कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।
पुस्तकालयहरु एनजीओ सरह दर्ता गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको भन्दै उनले आवश्यक ऐन कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
काठमाडौंमा सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको प्रथम बागमती प्रदेश सम्मेलन उदघाटन कार्यक्रममा मन्त्री गिरीले पुस्तकालय सम्बन्धी ऐन कानुन निर्माणका लागि आवश्यक सुझाव आए आफूले कानुन बनाउन पहल गर्ने बताए ।
पुस्तकालयको आवश्यकता र औचित्य बढ्ने गरी यसलाई व्यवस्थित गर्नुपर्ने उनले बताए ।
पुराना संस्कृतिका पुस्तकहरुलाई पुस्तकालयमा राखेर जानकारी प्राप्त गर्ने ठाउँ बनाउनुपर्ने र पुस्तकालयभित्रै बिभिन्न मुद्दाहरुमा बहस पनि गर्ने वातावरण बनाउनुपर्ने मन्त्री गिरीको धारणा छ ।
प्रतिक्रिया 4