Comments Add Comment

ओली समूह

List Grid
ओलीले बोलाए एमाले संसदीय दलको बैठक

४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए । ‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले अनलाइनखबरसँग भने […]

अदालतले तोकेको समयभित्रै संसद् बोलाउने ओली समूहको निर्णय

१२ फागुन, काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । ‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै […]

संसद पुनर्स्थापनाको फैसला स्वीकार गर्छौं : आनन्द पोखरेल

११ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता आनन्द पोखरेलले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर जाने बताएका छन् । बागमती प्रदेश अध्यक्ष पोखरेलले शक्ति पृथकीकरणलाई आत्मसाथ गरेर जाने पार्टी भएकाले अदालतको फैसला स्वीकार गर्ने बताए । ‘स्वभाविक रुपमा हामी अदालतको फैसला स्वीकार गर्छौं । हामीले नै बनाएको संविधान र त्यसबाट बनेको सर्वोच्च अदालतको निर्णय स्वाभाविक […]

ओली समूहले विराटनगरमा शनिबार सभा गर्दै

६ फागुन, विराटनगर । नेकपा ओली समूहले विराटनगरमा शनिबार प्रदेश १ स्तरीय आमसभा गर्ने भएको छ । ओली समूहले सरकारको समर्थन र निर्वाचनको पक्षमा महोल बनाउन विभिन्न जिल्लामा आमसभा गर्दै आइरहेको छ । सोही क्रममा आोली समूहले विराटनगर– २ स्थित विराट नर्सिङहोमदेखि करिब एकसय मिटर पूर्वतर्फ रहेको खाली जग्गामा आमसभा गर्ने तयारी गरेको हो । […]

नेकपा ओली समूहको चितवन अध्यक्षमा पार्वती रावल

५ फागुन, चितवन । नेकपा ओली समूहको चितवन जिल्ला अध्यक्षमा पार्वती रावल चयन भएकी छन् । ओली पक्षको जिल्ला कमिटी बैठकले रावललाई अध्यक्षको जिम्मेवारी दिएको हो । बैठकले नेता प्रकाश खनाल शैलेशलाई सचिवकाे जिम्मेवारी दिएको छ । रावल तत्कालीन एमालेकाे जिल्ला सचिव एवम् राष्ट्रिय सभा सांसद हुन् । सचिव बनेका खनाल रामबहादुर थापा बादल समूहका […]

प्रदेश १ मा सत्तापक्षको रणनीति : कांग्रेसले साथ नदिए बैठक चल्न नदिने !

३० माघ, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले प्रदेश १ को हिउँदे अधिवेशनको आगामी बैठक पनि अवरोध रणनिती बनाएको छ । अविश्वासको प्रस्ताव दर्ता भएपछि अल्पमतमा परेका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले आफ्नो पक्षमा बहुमत आउने ज्ञारेन्टी नभएसम्म बैठक अवरुद्ध गर्ने रणनीति बनाएका हुन् । ओली समूहका कारण सातौ हिउँदे अधिवेशनको माघ ७ […]

ओली समूहमा खटपट, बादल समूहद्वारा युवा भेला बहिष्कार

२६ माघ, काठमाडौं । निर्वाचन आयोगमा वैधानिकता विवाद चलिरहेकै बेला छुट्टै संगठन संरचना तयार गरिरहेको नेकपा ओली समूहमा खटपट शुरु भएको छ । नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेला रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका छन् । नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ […]

ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटायो

२५ माघ, काठमाडौं । नेकपा ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएको छ । ललितपुरको च्यासलमा जारी बैठकले दीपशिखालाई संंयोजकबाट हटाएको हो । प्रचण्ड–माधव समूहमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । बैठक अहिले पनि जारी छ । तर, नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने सहमति जुट्न सकेको […]

प्रदेश १ सभाको बैठक आज, ओली समूह रोक्ने पक्षमा

२५ माघ, विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा कुनै […]

तस्वीरमा ओली समूहको शक्ति प्रदर्शन

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माघ ९ गते प्रचण्ड माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेकै दिन प्रधानमन्त्रीसमेत रहेका ओलीले पनि माघ २३ गते आफूहरुले आमसभा देखाउने घोषणा गरेका थिए । शुक्रबार ओली समूहले नारायणहिटी दरबार संग्रहालयको अगाडि आमसभाको आयोजना गरेको थियो । आमसभामा […]

मांसाहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानामा लगेर थुन्छु : गृहमन्त्री थापा

२३ माघ, काठमाडौं । नेपालक कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् । नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’ नेकपा अध्यक्ष […]

काठमाडौंमा ओली समूहको शक्ति प्रदर्शन

२३ माघ, काठमाडौं । नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो । अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

सुर्खेतमा बन्दको विरोधमा ओली समूहको र्‍याली

२२ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको विरोध गर्दै ओली समूहका कार्यकर्ताहरुले सुर्खेतमा मोटरसाइल र्‍याली निकाले छन् । प्रदेश राजधानी वीरेन्द्रनगर बजारमा उनीहरूले बिहीबार आमहड्तालविरुद्ध विरोध र्‍याली निकालेका हुन् । प्रचण्ड–माधव समूहले बन्दहड्ताल गरेर जनतालाई दुःख दिएकाले बन्दको विरोधमा र्‍याली निकालिएको ओली समूह निकट अनेरास्ववियूका केन्द्रीय सदस्य पदम खड्काले बताए । ‘आमहड्ताल गरेर […]

ओली समूहको आमसभाका लागि सडकका डिभाइडर झिकिए

२२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले शुक्रबार आमसभा आयोजना गरेको नारायणहिटी दरबार संग्रहालय अगाडिको सडकका डिभाइडर हटाइएको छ । दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । यहाँबाट हटाइएको डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । शुक्रबार गर्ने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ […]

ओली पक्षको आमसभाका कारण २३ गते दरबारमार्गका पसल बन्द हुने

२१ माघ, काठमाडौं । सरकारी पार्टीको आमसभाका कारण शुक्रबार काठमाडौंको दरबारमार्गका पसलहरु बन्द हुने भएका छन् । नेकपा ओली समूहले शुक्रबार नारायणहिटी संग्रहालयको मुख्य गेटमै मञ्च बनाएर आमसभा गर्न लागेपछि व्यापारीहरुले सो दिन व्यवसाय बन्द गर्ने भएका हुन् । यसअघि कुनै पनि राजनीतिक कार्यक्रम र हडतालको सामना गर्नु नपरेका दरबारमार्गका व्यवसायीहरु राजनीतिक सभा हुन लागेकोमा […]

ओली समूहको जनसभाका कारण शुक्रबार सवारी लाइसेन्सको परीक्षा स्थगन

२० माघ, काठमाडौं । माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि दरबारमार्गमा आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको हो । सो दिनमा थुप्रै ट्राफिक प्रहरी जामको व्यवस्थापन गर्न […]

दल दर्ता प्रक्रिया अगाडि बढाउन ओली समूहको आग्रह

१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेताहरूले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्वय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित […]

नेकपाको कथित निर्णय निर्वाचन आयोगले खारेज गर्‍यो : विष्णु पौडेल

१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपाबारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयको स्वागत गरेका छन् । ओली समूहनिकट प्रेस संगठन नेपालले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बैठकका नाममा गरिएका कथित निर्णयलाई खारेज गरेको बताएका हुन । ‘निर्वाचन आयोगको पछिल्लो निर्णयको विषयमा यहाँहरूले रंङ्गीबिरङ्गी प्रतिक्रियाहरू […]

ओली समूहका १०५६ केन्द्रीय सदस्य कानूनतः खारेज

१२ माघ, काठमाडौं । संसद् विघटन गर्ने निर्णयपछि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ६ मा केन्द्रीय कमिटीको संख्या विस्तार गरेर ११९९ पुर्‍याए । त्यसको भोलिपल्ट आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखेर विधान संशोधन गर्दै ओलीले विस्तार गरेको केन्द्रीय कमिटी संख्या अनुमोदन गरियो र निर्वाचन आयोगमा पत्राचार गरियो । पुस २२ मा मातहतको कमिटीलाई पठाइएको […]

नेकपा ओली समूहसँग निहुँ नखोज्नुस् : महेश बस्नेत

८ माघ, सप्तरी । नेकपा ओली समूहका नेता महेश बस्नेतले केही दिनभित्रै मधेशवादी दलमा ठूलो पहिरो जाने बताएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको नेकपामा प्रवेशको लहर चल्ने दाबी गरे । सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजित पार्टी निकट युवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले मधेशवादी दलमा ठूलो पहिरो जाने बताए । […]

ओली समूह निकटको प्रेस संगठनबाट दाहाल हटाइए, बस्नेत बने संयोजक

८ माघ, काठमाडौं । नेकपा ओली समूहको प्रेस संगठन नेपालले गणेश बस्नेतलाई संयोजक चयन गरेको छ । नेकपा प्रचण्ड–माधव समूहमा रहेका संयोजक महेश्वर दाहाललाई हटाएर बस्नेत संयोजक बनेका हुन् । राष्ट्रियसभा गृहमा दोस्रो राष्ट्रिय भेला गरी ओली समूह निकट प्रेस संगठनले दाहाललाई हटाएका हुन् । बस्नेतलाई अन्य पदाधिकारी चयन गर्ने अधिकार पनि दिइएको छ । […]