Comments Add Comment

कृष्ण थापा

List Grid
दीपक मनाङेले सम्पत्ति विवरण नबुझाएकोप्रति एमाले सांसदले मागे जवाफ

२९ भदौ, पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सम्पत्ति विवरण नबुझाएको विषयमा नेकपा एमालेका सांसद कृष्ण थापाले प्रदेशसभामा जवाफ मागेका छन् । मन्त्री मनाङेले आफ्नो लगानी युवाहरुलाई गरेको र त्यो आउन बाँकी रहेको बताएको भन्दै सांसद थापाले त्यसको वास्तविकता सभामार्फत जानकारी दिन माग गरेका हुन् । मन्त्री मनाङेले ‘मेरो […]

गण्डकीका निष्कासित सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

१३ साउन, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माले थापालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ‘निवेदक थापालाई सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८, ३२ […]

जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

३१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदबाट पदमुक्त नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सुनाएको हो । थापालाई उनको दल राष्ट्रिय जनमोर्चाले […]

जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त !

२८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी दिइन् । विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर प्रदेशसभा […]

कृष्ण थापाको मुद्दा चुडाल र प्रधानको इजलासमा

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ । मंगलबार न्यायाधीश चुडालको एकल इजलासले सांसद थापालाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सो मुद्दामा राष्ट्रिय जनमोर्चाले बुधबार पुनरावलोकन […]

सांसद कृष्ण थापालाई थमौती गर्ने आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको ‘भ्याकेट’

२६ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन (भ्याकेट) दिएको छ । सर्वोच्चको आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले पुनरावलोकन निवेदन दिएको दलकी नेता पियारी थापाले जानकारी दिइन् । राष्ट्रिय जनमोर्चाको उक्त पुनरावलोकन निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ । […]

सर्वोच्चले गरिदियो कृष्ण थापाको प्रदेशसभा सदस्य पद थमौती

२३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न गण्डकी प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाका नाममा अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रिय जनमोर्चाले थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयलाई […]

कृष्ण थापाको रिट न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा

२३ जेठ, काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दायर गरेको मुद्दा न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ । आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै थापाले सर्वोच्चमा रिट दायर गरेका थिए । आजको लागि तोकिएको पेसी चुडालको इजलासमा राखिएको सर्वाेच्चले जनाएको छ । थापाले रिट […]

सांसदबाट पदमुक्त थापाको रिटमाथि आज सुनुवाइ हुँदै

२३ जेठ, काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनले आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । उक्त रिटको पेसी आजलाई तोकिएको छ । थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी […]

सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

२१ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् । उक्त रिट […]

‘सांसद पद गएर के भो, आत्मसम्मान गुमाएको छैन’

२० जेठ, पोखरा । गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको दिन २२ माघ २०७४ मा आकर्षणको केन्द्र बनेका थिए, राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा । पहिलो पटक रोस्टममा बोल्न उभिएका थापाले बागलुङे लवजमा संघीयतालाई ‘हीराको सिक्रीले बाँधिएको भालु’ संज्ञा दिएपछि अरु पार्टीका सांसद मुखामुख गरेका थिए । संघीयताको विरोध गर्दागर्दै प्रदेशसभा सांसद भएका थापाले त्यही […]

गण्डकीमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

२० जेठ, पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो । सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त […]

राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

२९ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी हुन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा समर्थन […]

कारबाही भोग्छु, कांग्रेसलाई साथ दिन सक्दिनँ : थापा

२८ वैशाख, पोखरा । २०५१ सालदेखि संसदीय राजनीतिमा आएको राष्ट्रिय जनमोर्चालाई पार्टीगत नीति र अनुशासनप्रति निकै कट्टर मानिन्छ । तर पार्टीको इतिहासमै पहिलो पटक पार्टी नीति क्रस हुने अवस्था आएको छ । गण्डकी प्रदेशमा सरकार गठनको खेल चलिरहँदा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले पार्टी केन्द्रको निर्णय विपरीत उभिएका छन् । जनमोर्चाले नेपाली कांग्रेसको नेतृत्वमा […]