Comments Add Comment

कोभिड

List Grid
कोभिडविरुद्धको ‘सिनोभ्याक’ खोपलाई नेपालमा अनुमति

२१ जेठ, काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई अनुमति दिएको हो । गत मंगलबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले अनुमति प्रदान गरेको खोप १८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई लगाउन सकिने […]

सुदूरपश्चिममा एक सातामा ९८ संक्रमितको ज्यान गयो

२८ वैशाख, डोटी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणका कारण १७ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायल डोटीका अनुसार कैलालीका आठ, कञ्चनपुरका पाँच, बाजुराका तीन, डोटी र बैतडीका एक/एक जनाले ज्यान गुमाएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गएको एक सातामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या […]

बाजुरामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

२६ वैशाख, धनगढी । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो । बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए । उनको […]

घरमै पुगेर कोभिड जाँच्दै बाजुराका स्वास्थ्यकर्मी

२३ वैशाख, बाजुरा । कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढेसँगै गएपछि बाजुराका स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँच गर्न थालेका छन् । बाजुरामा कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै जाँदा उपचार तथा परामर्श घरमै पुगेर गर्न थालिएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु […]

कोरोनाका कारण पूर्वी तराईका आदिवासीको सिरुवा पर्व प्रभावित

२ वैशाख, झापा। झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका आदिवासी समुदायको मुख्य पर्व सिरुवा यस वर्ष कोभिड–१९ का कारण प्रभावित बनेको छ । नयाँ वर्षको शुरुआतसँगै पानी, हिलो र रंग खेलेर परम्परागतरुपमा उल्लासपूर्वक सिरुवा मनाउने प्रचलन छ । मौलिक संस्कृतिको जगेर्ना गर्दै मनाइने सिरुवा यस वर्ष कोभिड महामारीको दोस्रो लहरका कारण प्रभावित बनेको हो […]

कोभिड व्यवस्थापनमा अब्बल गंगालाल अस्पताल

१७ पुस, काठमाडौं । कोभिड महामारीमा मुटुरोगीको ज्यान बचाउने अग्रपंक्तिका अस्पतालमध्ये पहिलो नम्बरमा आउँछ– शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र । महामारीकालमा यो अस्पतालले अति नाजुक अवस्थाका थुप्रै मुटुरोगीलाई आकस्मिक शल्यक्रिया गरेर असामयिक मृत्युबाट जोगायो । गंगालाल अस्पतालले कोभिड महामारीबीच २८४ जनाको साँघुरिएको मुटुको नशा खोल्यो (प्राइमरी एञ्जिओप्लास्टी) भने ८६३ जनाको एञ्जियोग्राम गर्यो । त्यसैगरी […]

कोभिड–१९ बिरुद्धको खोपबारे के भन्छन् शीर्ष वैज्ञानिक ?

ह्युमन इम्यूनोडेफिशियेन्सी भाइरस (एचआइभी)माथि शोध गर्ने अमेरिकाका एक ख्यातीप्राप्त वैज्ञानिकका अनुसार उनलाई लाग्दैन कि कोरोना भाइरसको खोप चाँडै आउनेवाला छ । विलियम हेसलटाइन जसले क्यान्सर, एचआइभी समेत केही अन्य परियोजनामा काम गरेर चर्चा पाएका थिए । उनलाई सोधिएको थियो, ‘कोभिड–१९को खोप कति चाडै विकसित हुने संभावना छ ?’ यसको जवाफमा उनले समाचार एजेन्सी रोयटर्ससँग भने, […]