Comments Add Comment

कोरोना बीमा

List Grid
कोरोना बीमामा नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार

२९ भदौ, काठमाडौं । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ र, नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमकाे २५ प्रतिशत मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ प्रतिशतसम्म दिइनेछ । समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । […]

कोरोना बीमा मापदण्ड संशोधनः निजी ल्याबको परीक्षण मान्य हुने

२८ भदौ, काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीका लागि अब निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने भएको छ । यस अघि सरकारी अस्पतालहरुको मात्रै परीक्षण रिपोर्ट मान्य हुने व्यवस्था रहेकोमा बीमा समितिले मापदण्ड संशोधन गरेर निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने व्यवस्था गरेको हो । यस अघि मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय माताहतका […]

कोरोना बीमा भुक्तानीको विवादास्पद निर्णय सच्याउने संकेत

२१ भदौ, काठमाडौं । निजी प्रयोगशालामा नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण गराउनेलाई बीमा भुक्तानी नदिने निर्णयबाट बीमा समिति पछि हट्ने संकेत देखिएको छ । नक्कली रिपोर्ट ल्याएर बीमा दावी भुक्तानी हुने गरेको गुनासो आएको भन्दै बीमा समितिले निजी परीक्षण गराउने कसैलाई पनि भुक्तानी नदिने निर्णय गरेको थियो । तर, समितिले नक्कली रिर्पोट ल्याउने एक जना […]

कोरोना बिमाको ‘निजी ल्याब’ विवाद टुंग्याउन बन्यो छानबिन समिति

२१ भदौ, काठमाडौं । कोरोना बीमा दावी भुक्तानीमा देखिएको समस्या समाधानका लागि बीमा समितिले छानविन समिति गठन गरेको छ । बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्डमा निजी ल्याबमा गरिएको परीक्षणले दावी नपुग्ने व्यवस्था गरिएको थियो । यसमा अर्थमन्त्रलयको स्वीकृति थियो । स्वास्थ्य मन्त्रालयकै अनुमति पाएर परीक्षण गराउने निजी ल्याबको समेत रिपोर्ट मान्यता नहुने भएपछि […]

कोरोना बीमाको मापदण्ड सच्याउन शेखर गोल्छाको आग्रह

२१ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन आग्रह गरेका छन् । निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बीमा समितिले मापदण्ड बनाएपछि गोल्छाले त्यसलाई सच्याउन आग्रह गरेका हुन् । सरकारले नै अनुमति दिएर परीक्षण गर्दै आएका निजी प्रयोगशालाको रिपार्ट नै मान्य हुँदैन भन्नु गलत भएको […]

बक्सिङ संघमा एकै व्यक्तिको दुई तिरबाट कोरोना बीमा

१८ भदौ, काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा अहिले कोरोना संक्रमणको दर बढिरहेको छ । खेल क्षेत्रमा पनि यसको असर परेको छ । खेलाडीहरु प्रशिक्षक पदाधिकारीमा समेत कवरोना संक्रमण देखिन थालेको छ । केही संघ र निजी क्षेत्रबाट खेलाडीहरुको बीमा भएको छ । राष्ट्रिय खेलकुद परिषदले पनि खेलाडीहरुको कोरोना बीमा चासो देखाएको देखिँदैन । […]

कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो, साढे ५ करोड दावी भुक्तानी

१४ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को बीमा गराउनेको संख्या १० लाख नाघेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शुक्रबारसम्म यस्तो बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको हो । आइतबार यो संख्या झन धेरै बढ्ने अनुमान गरिएको छ । समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ […]

क्यानले गर्‍यो २३ खेलाडीसहित ५१ जनाको कोरोना बीमा

७ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुरुष खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले २३ पुरुष खेलाडी, कर्मचारी स्टाफ गरी कूल ५१ जनाको बीमा गरेको हो । क्यानले शनिवार एक विज्ञप्ती जारी गरी पुरुष खेलाडी र स्टाफ गरी ५१ जनाको कोरोना बीमा गरेको जनाए पनि त्यसबारे पूर्ण विवरण […]

बीमा समितिका अध्यक्ष भन्छन्– कोरोना संक्रमित देखेर भागेका होइनौं

२४ जेठ, काठमाडौं । हतारमा निर्णय गर्ने र फुर्सदमा पछि हट्ने सरकारी रोग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा पनि सरेको छ । वैशाख ७ मा कोरोना बीमा भनेर ल्याएको नयाँ कार्यक्रम बिहीबार एकाएक बन्द भयो । शुक्रबार फेरि वीमा कार्यक्रम खुल्ला गरियो । वीमा गर्नेहरुको तीव्र आकर्षण हुँदाहुँदै बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी नै […]

सरकारले सबै सरकारी कर्मचारीको कोरोना बीमा गरिदिने, निजी घर बनाउन सहुलियत कर्जा

१५ जेठ, काठमाडौं । सरकारले अस्थायी र करार लगायत सबै राष्ट्रसेवक कर्मचारीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/0७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँसम्मको कोरोना बीमा निःशुल्क गरिदिने जानकारी दिए । सामान्यतयाः युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, […]