Comments Add Comment

क्रिष्टियानो रोनाल्डो

List Grid
इटलीमा रोनाल्डोको कमाई अरुको भन्दा तीन गुणा बढी

काठमाडौं । पोर्चुगिज फर्वाड क्रिष्टियानो रोनाल्डो इटालियन सिरी एमा सर्वाधिक कमाई गर्ने फुटबलर बनेका छन् । युभेन्टसकै म्याथिज डी लिग्ट र रोमेलु लुकाकु शीर्ष तीनमा परेका छन् । रोनाल्डोले सिरी एका अन्य खेलाडीले भन्दा झण्डै तीन गुणा बढी कमाउनेछन् । ग्याजेटा डेलो स्पोट्र्समा प्रकाशित तथ्यांकअनुसार रोनाल्डोले बाषिर्क ३१ मिलियन युरो कमाउने गरेका छन् । दोस्रो […]

यूरोपियन अवार्डमा किन आएनन् रोनाल्डो ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले बिहिबार राति भएको च्याम्पियन्स लिग गालामा भाग लिएनन् । उनको अनुपस्थितिबाट यूनियन अफ यूरोपियन फुटबल एसोसिएसन्स (यूईएफए), समर्थकहरु, रियल म्याडि्रडमा हुँदाका उनका साथीहरु सबैले खल्लो महसुस गरे । जबकि मोनाकोमा आयोजित इभेन्टमा उनले आफ्नो स्थान पहिल्यै बुक गरेका थिए । रोनाल्डोका फोटोग्राफर, जसले उनको जीवनका सबै महत्वपूर्ण पलहरुमा साथ दिँदै आएका […]

कस्तो रहला रोनाल्डोबिनाको रियल मड्रिड ?

१७ साउन, काठमाडौं । गत मे महिनामा रियल मड्रिडले लगातार तीन सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेर आधुनिक फुटबलमा नयाँ कीर्तिमान बनायो । उसले पछिल्ला पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि उचालेर विश्व क्लब फुटबलमा आफ्नो दबदबा देखाएको थियो । कीर्तिमानी जितपछि रियल मड्रिडमा रहँदा आफूलाई गर्व लागेको बताएका प्रशिक्षक जिदेदिने जिदानले पदबाट जब […]

मेरो छोरालाई म उत्कृष्ट फुटबलर होइन भनियोः रोनाल्डो

चार पटकका बेलोन डि’ओर विजेता क्रिष्टियानो रोनाल्डो आफ्ना आलोचकहरुबाट आफ्ना छोरालाई बचाउने प्रयास गरिरहेका छन् । साथै उनी छोराले पारिवारिक परम्परालाई निरन्तरता दिओस भन्ने उनी चाहन्छन् । यसको अर्थ उनी छोरालाई आफूजस्तै फुटबल फरवार्ड बनाउन चाहन्छन् । रोनाल्डोले भनेका छन् कि उनका छोराले फुटबल समर्थकहरुबाट सधैं आफ्ना पिताको बारेमा प्रशंसा सुन्न पाउँदैनन् । उनलाई सुनाउने […]

मेस्सी र रोनाल्डो मध्ये को उत्कृष्ट ? यस्तो छ ला लिगाको रेकर्ड

यो फुटबलको कहिल्यै नसकिने विवाद हो कि क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीमध्ये को उत्कृष्ट हुन् ? आ-आफ्ना मनपर्ने स्टारको पक्षमा खुलेरै वादविवादमा उत्रन्छन् समर्थकहरु । तर, स्पेनिस लिगमा गरेको गोलको आधारमा पनि उनीहरुमध्ये को उत्कृष्ट भनेर खुट्याउन कठिन देखिएको छ । क्रिष्टियानो रोनाल्डो इंग्लिस महारथी म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आएपछि सन् २००९/१० को सिजनयता बार्सिलोनाका […]

यो बर्ष ‘उत्कृष्ट’ रहृयोः रोनाल्डो

करिअरको चालीसौं हृयाट्रिकसहित रियल मड्रिडलाई दोस्रो पटक क्लब विश्वकपको उपाधि दिलाएका क्रिष्टियानो रोनाल्डोले भनेका छन् कि उनका लागि यो बर्ष ‘उत्कृष्ट’ रहृयो । ३१ बर्षीय रोनाल्डोले यो बर्ष क्लब विश्वकपको उपाधिसहित युरोपियन च्याम्पियन्स लिग र युरो २०१६ को उपाधि पनि जिते । रोनाल्डोले यसै साता चौथो पटक विश्वको उत्कृष्ट फुटबलरको रुपमा बेलोन डि’ओरको उपाधि पनि […]

रोनाल्डोलाई कहाँ त्यसै ‘पेनाल्डो’ भनिएको हो र !

१३ मंसिर, काठमाडौं । ‘पेनाल्डो’, अर्जेन्टाइन सुपरस्टार लिओनल मेस्सीका डाइहार्ट फ्यानहरुले चीरप्रतिद्वन्द्वी पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोबिरुद्ध प्रयोग गर्ने शब्द हो । उनीहरुको धारणा छ कि यदि रियल मड्रिडले पाउने पेनाल्टीमा उनले अवसर नपाउने हो भने रोनाल्डोको नाममा यति धेरै गोल हुने थिएन । र, रोनाल्डोले आगामी साता नाउ क्याम्पमा हुने एल क्लासिकोमा बार्सिलोनाबिरुद्ध पेनाल्टीमा गोल […]

रोनाल्डोले दुई गोल गरे, तर रियल मड्रिड भाग्यले जित्यो

१२ मंसिर, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोल गरे तर, रियल मड्रिड भाग्यवश मात्र स्पोटिङ गिजोनलाई हराउन सफल भएको छ । यो जितसँगै रियल मड्रिड स्पेनिस ला लिगामा ६ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा युरोपियन च्याम्पियन रियल मड्रिडले स्पोटिङ गिजोनलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रियलले […]

रियल मड्रिडले रोनाल्डोसँगको सम्झौता २०२१ सम्म लम्ब्याउने

पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले स्पेनिस महारथी क्लव रियल मड्रिडसँगको सम्झौता नवीकरण गर्ने भएका छन् । अर्को साता हस्ताक्षर हुने भनिएको नयाँ सम्झौता अनुसार जुन २०२१ सम्म रोनाल्डो रियलमै रहनेछन् । जतिबेला उनी ३६ बर्षको हुनेछन् । नयाँ सम्झौताको लागि अन्य सबै विवरण तयार भइसकेपनि उनको सम्झौता अवधि भने अझै पुनर्विचार गर्न सकिने बताइएको छ । […]

रोनाल्डोको अनुपस्थितिमा नानी चम्किए, पोर्चुगलको शानदार जित

१७ भदौ, काठमाडौं । युरोपियन च्याम्पियन पोर्चुगलले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा गिब्राल्टरमाथि शानदार जित हात पारेको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले गिब्राल्टरमाथि ५-० गोलको पराकिलो जित हात पारेको हो । रोनाल्डो अनुपस्थित रहेको खेलमा पोर्चुगलका नानी चम्किएका थिए । २७ औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका उनले ५५ औं मिनेटमा व्यक्तिगत […]

युरोपियन सुपरकपसम्म आफु चोटमुक्त हुने रोनाल्डोको विश्वास

काठमाडौं । रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आगामी अगष्ट ९ मा हुने युरोपियन सुपर कपसम्ममा आफु चोटमुक्त हुने विश्वास व्यक्त गरेका छन् । च्याम्पियन्स लिग बिजेता रियल मड्रिडले अगष्ट ९ मा युरोपा लिग च्याम्पियन सेभियाबिरुद्ध नर्वेमा हुने युरोपियन सुपर कप अन्तर्गतको खेलमा रोनाल्डोबिना नै तयारी गरिरहेको छ । तर रोनाल्डो आफ्नो चोट तीव्र गतिमा […]

घुँडाको चोटका कारण रोनाल्डो दुई महिना मैदानबाहिर

काठमाडौं । युरो २०१६ को फाइनलमा फ्रान्सबिरुद्ध चोटग्रस्त बनेका रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो आगामी सेप्टेम्बरको दोस्रो सातासम्म मैदानबाहिर रहने भएका छन् । स्पेनिस समाचारपत्र मार्काका अनुसार रोनाल्डोले पारिवारिक छुटि्टको समयमा इविजामा एक बिशेषज्ञको क्लिनिकमा उपचार गराइरहेका छन् । चिकित्सकको निगरानीका बाबजुद रोनाल्डोले नयाँ सिजनमा मड्रिडका लागि सुरुवाती ३ खेल गुमाउने भएका छन् । […]

बालोन डि’ओरका लागि रोनाल्डो प्रमुख दाबेदारः नेयमार

२ साउन, काठमाडौं । बार्सिलोनाका फुटबलर नेयमारले फिफा बालोन डि’ओरका लागि आफ्नो क्लब टिममेट लिओनल मेस्सी भन्दा क्रिष्टियानो रोनाल्डो प्रमुख दाबेदार भएका बताएका छन् । रोनाल्डोले गत सिजन रियल मडि्रडलाई च्याम्पियन्स लिग जिगाए भने पोर्चुगलले हालै मात्र युरो कपको उपाधि जितेको छ । मेस्सीले बार्सिलोनाबाट ला लिगा जिते भने अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलमा पुर्‍याएपनि उपाधि […]

मेस्सीबिरुद्ध रोनाल्डोको अर्को ‘जित’, सर्वाधिक कमाईमा हृयाट्रिक

काठमाडौं । केहि दिनअघिमात्र करिअरकै सबैभन्दा ठूलो ट्रफी उचालेका पोर्चुगल तथा रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पुनः एकपटक आफ्ना चीर प्रतिद्धन्दी बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीलाई बार्षिक आम्दानीमा पछि पारेका छन् । रोनाल्डोले २०१५ को जुन देखि २०१६ को जुन सम्म तलव र प्रायोजनबाट ६६.८ मिलियन पाउण्ड आम्दानी गरेको अमेरिकी पत्रिका फोर्व्सको पछिल्लो तथ्याङ्कले जनाएको […]

युरो जित्न पोर्चुगिज खेलाडीहरुको प्रेरणा रोनाल्डोको भाषण !

काठमाडौं । करिअरकै सबैभन्दा ‘ठूलो’ खेलको बीचैमा चोटका कारण मैदान छोड्नु पर्दा सुपरस्टारहरु कति विक्षिप्त होलान्, त्यो हिजो सम्पन्न युरोकपको फाइनलमा फ्रान्सबिरुद्ध २५औं मिनेटमै बायाँ घुँडाको चोटका कारण मैदान छाड्न बाध्य भएका क्रिष्टियानो रोनाल्डोलाई हेरे पुग्थ्यो । मैदान छाड्दै गर्दा उनी निक्कै निराश र भावुक बनेका थिए र त्यो दृश्यले उनकै टिममेटको मनोविज्ञानमा नकारात्मक असर […]

क्वारेज्माको नयाँ हेयर स्टाइलः रोनाल्डोले हाँसो थाम्न सकेनन्, सान्तोषलाई भने मन पर्‍यो

२६ असार, काठमाडौं । क्रिष्टियानो रोनाल्डो यो देखेर आफ्नो हाँसो थाम्नै सकेनन् । तर, पोर्चुगिज म्यानेजर फर्नाण्डो सान्तोषले भने रिकार्डो क्वारेज्माको नयाँ हेयर स्टाइलको भने खुलेरै प्रशंसा गरेका छन् । फ्रान्सबिरुद्ध आइतबार हुने फाइनल खेलअघि शनिबारको प्रशिक्षण सत्रमा क्वारेज्मा यस्तो नयाँ हेयर स्टाइलमा प्रकट भए । र उनको ‘युनिक’ हेयरस्टाइल सार्वजनिक भयो । उनले पोर्चुगलको […]

मेस्सी रोएको देख्दा राम्रो लाग्दैन, आशा छ उनी राष्ट्रिय टिममा फर्कनेछन्ः रोनाल्डो

२१ असार, काठमाडौं । रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीको सन्यासबारे बोलेका छन् । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार व्यहोरेपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे, जुन खेलमा मेस्सीले नै पेनाल्टी मिस गरेका थिए । मेस्सीको यो निर्णयलाई अर्जेन्टिनी फुटबल समर्थकहरुले अझैसम्म स्वीकार गर्न सकिरहेका छैनन् । युरोकपमा वेल्ससँग […]

रोनाल्डो भर्सेस बेलः रियल मड्रिड ‘युद्ध’

काठमाडौं । युरोकप २०१६ मा वेल्स र पोर्चुगल बाहेक शायद अरु कुनै त्यस्तो टिम छैन, जसको परिचय सिंगो एउटा खेलाडीसँग जोडिएको हुन्छ । र, बुधबार दुबै टिम फाइनलमा स्थान बनाउन लियोनमा भिड्दैछन् । ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डो, रियल मड्रिडमा टिममेट हुन् र, महंगे मूल्यमा स्पेनिस जाइन्टमा आवद्ध भएपछि पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एक […]

म्याच प्रिभ्यूः रोनाल्डोलाई रोक्न सक्ला क्रोएसियाले ?

काठमाडौं । क्रोएशिया र पोर्चुगलबीचको खेल फ्रान्स युरोको सबैभन्दा आकर्षक म्याचमध्ये एक हुनसक्छ । समान स्तरका दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । समूह एफको उपबिजेता बनेको भए पोर्चुगलले नकआउटको पहिलो खेलमा इंग्ल्याण्डको सामना गर्ने थियो । तर, अष्ट्रिया आइसल्याण्डसँग अप्रत्यासित रुपमा पराजित भएपछि पोर्चुगल समूहमा तेस्रो हुँदै नकआउट चरणमा पुगेको हो । […]

पेनाल्टीमा चुकेपछि रोनाल्डो सुत्न सकेनन्

काठमाडौं । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले भनेका छन् कि पेनाल्टी मिस गरेपछि उनका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सुत्न सकेका छैनन् । रियल मड्रिडका ३१ वर्षे स्टार रोनाल्डोले अष्ट्रियाविरुद्ध पेनाल्टी मिस गरेका थिए, जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । अब युरो कपको नकआउट चरणमा पुग्न पोर्चुगललाई हंगेरीविरुद्ध जित हात पार्नै पर्ने दबाव छ । बुधबारको […]

यी रोनाल्डोकी नयाँ गर्लफ्रेन्ड रे !

फ्रान्समा जारी यूरो कपमा रोनाल्डोको ‘फ्लप सो’ चलिरहँदा उनकी ‘नयाँ गर्लफ्रेन्ड’का सेक्सी फोटोहरु इन्टरनेटमा हिट भइरहेका छन् । यी हुन् इटालीकी २९ वषिर्या एलिसा डे पानिसिस । ३१ वषिर्य रोनाल्डो गत महिना छुट्टीमा रहँदा उनीसँग भेट भएको थियो । भेट के भएको थियो, उनीहरु कथित गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड बनिहाले । एलिसा एउटा टेलिभिजनमा रियालिटी शो चलाउँछन् । […]