Comments Add Comment

गौतम बुद्ध

List Grid
भारतको स्पस्टीकरण : बुद्ध नेपालमा जन्मिएकोमा शंका छैन

२५ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याएको छ । जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’ जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय […]

बुद्धबारे भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गरेका हुन् । ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश […]

भारतीय विदेशमन्त्री भन्छन्– बुद्ध महान भारतीय हुन्

२५ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका हुन् । ‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा […]

‘गौतम बुद्धको जीवनी र उपदेश’ नेपालीमा

काठमाडौं । भारतीय लेखक आनन्द श्रीकृष्णले सिद्धार्थ गौतमको जीवन र बुद्ध दर्शनमाथि लेखेको पुस्तक ‘गौतम बुद्ध : जीवनी, उपदेश र सिद्धान्त’को नेपाली अनुवाद बजारमा आएको छ । युद्धले कुनै समस्याको समाधान नहुने बरु क्षमा र करुणाबाट नै सबै मानवीय समस्या समाधान हुने कुरालाई पुस्तकमा जोड दिइएको पुस्तकमा बुद्धका मुख्य उपदेश र सिद्धान्तलाई सरलीकृत व्याख्या गरिएको छ […]

अमेरिकी पूर्व राष्ट्रपति क्लिनटनलाई बुद्ध जन्मभूमीबारे जानकारी गराइयो

वाशिंगटन डिसी । अमेरिकी पूर्व  राष्ट्रपति विल क्लिन्टनलार्इ कतिपय सञ्चार माध्यमले गौतम बुद्धको बारेमा गलत प्रचार गरिरहेको जनाकारी गराइएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको एक भब्य कार्यक्रममा नेपाली मूलका युवा तथा सामाजिक सेवामा क्रियाशील रहेका प्रकाश थापाले पूर्व राष्ट्रपति क्लिन्टनलाई बुद्धको जन्म नेपालमा भएको भएपनि केही सञ्चार माध्यममले भारतमा बुद्धको जन्मभएको गलत प्रचार गरेको जानकारी […]

बौद्ध सम्मेलनमा चीनबाट २६ जना र भारतबाट ५ जना आउने

४ जेठ, काठमाडौं । सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २३ मुलुकको सहभागीता रहने भएको छ । गौतम बुद्धको २५६०औ जन्मोत्सवको अवसर पारेर सम्मेलन आयोजन गर्न लागिएको हो । सम्मेलनमा भाग लिन श्रीलंका र थाइल्यान्डका पर्यटनमन्त्री आउने निश्चित भएको छ । भारतबाट पाँच जनाको सरकारी डेलिगेटस् आउने भारतीय राजदूतावासबाट जानकारी आएको पर्यटनमन्त्री आदनन्दप्रसाद पोखरेलले […]

बैकुण्ठसहितका ओलम्पियनले लुम्बिनीको शान्ति दीप सगरमाथामा लैजाँदै

२ जेठ, भैरहवा । विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थलमा रहेको विश्व शान्ति  दीपको ज्योती सगरमाथा आधार शिविरसम्म लगिने भएको छ । लुम्बिनी र सगरमाथालाई एक साथ विश्व मञ्चमा प्रचार गर्ने लक्ष्य सहित शान्ति दीपको ज्योती आईतबार सगरमाथा आधार शिविरमा पुर्‍याइएको हो । लुम्बिनीमा ओलम्पियनहरु बैकुन्ठ मानन्धर, कृष्ण बस्नेत, खड्ग रानाभाट, अन्तर्राष्ट्रिय खेलाडी शाहबानु खानलाई […]

लुम्बिनीमा आकर्षक गुम्बा बनाउन विदेशीको प्रतिस्पर्धा (तस्वीरसहित)

२८ वैशाख, भैरहवा । शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी परिसरमा विभिन्न देशले आकर्षक बुद्ध गुम्बाहरु बनाएका छन् । यी गुम्बाहरु पर्यटकका लागि आकर्षण बन्ने गरेका छन् । लुम्बिनीमा धेरैजसो मुलुकले गुम्बा बनाइसकेका छन् भने कतिपयले बनाइरहेको देखिन्छ । लुम्बिनी पुग्दा यस्तो महशुस हुन्छ, सबैभन्दा आकर्षक गुम्बा बनाउन विदेशी मुलुकबीच प्रतिस्पर्धा भइरहेको छ । […]

बौद्ध सम्मेलनमा मोदी, सि जिनपिङ र वानलाई निम्तो

९ वैशाख, काठमाडौं । नेपालले गौतम बुद्धको २५६० औं जन्म जयन्तीको अवसरमा दुई छिमेकी मुलुकका राष्ट्र र सरकार प्रमुखलाई निम्तो पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङलाई सम्मेलनका लागि आमन्त्रण गरिएको हो । राष्ट्र संघका महासचिवलाई पनि नेपाल सरकारले निम्तो पठाएको छ । वौद्ध सम्मेलन अन्तरगत जेठको ६ र […]