+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बुद्ध निर्वाण घोषणा सम्झनामा श्रीखण्ड तरुमूल महाविहारले शोभायात्रा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते ११:५१

२९ माघ, काठमाडौं । गौतम बुद्धले आफूले निर्वाण प्राप्त गर्नुभन्दा ३ महिना अघि नै माघपूर्णिमा (सिल्लापुन्हि) का दिन आफ्नो निर्वाण मिति घोषणा गरेको सम्झनामा श्रीखण्ड तरुमूल महाविहारले शोभायात्रा गर्ने भएको छ ।

यो दिनलाई बौद्धमार्गीले आयुसंस्कार परित्यागको दिन मानेर उत्सवको रुपमा मनाउँदै आएका छन् ।

श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः वसन्तपुरले माघपूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष भगवान बुद्धको आयु संस्कार परित्याग दिवस मनाउँदै आएको हो ।

उक्त महाविहारले २०८१ माघ ३० गते उक्त अवसरमा बृहत् शोभायात्राको तयार गरेको कार्यक्रमका संयोजक इन्जिनियर दिल्लीरत्न शाक्यले जानकारी दिए ।

शोभायात्रा काठमाडौंको वसन्तपुर, काष्ठमण्डप, चिकंमुगल, जैसीदेवल, ज्याबहाल, लगन, व्रम्हटोल, ह्यूमत पुगेर फेरि कोहिति, भीमसेनस्थान, मरुटोल, प्याफल, यत्खा, नरदेवी, त्यंगल, बाङ्गेमुढा, न्हाय्कंतला, असन, केलटोल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुरमा पुगेर सामपन गर्ने कार्यक्रम रहेको रहेको उनले बताए ।

अघिल्लो वर्ष पनि आयुसंस्कार परित्याग दिवसका दिन बुद्धको मूर्ति विशेष रुपले सजाएर वसन्तपुरबाट विभिन्न सांस्कृतिक वाजागाजासहित शोभायात्रा गरी नगर परिक्रमा गराइएको थियो । गौतम बुद्धले २९ वर्षको उमेरमा गृहत्याग गरेका थिए । ३५ वर्षको उमेरमा बैशाख पूर्णिमाको रातमा सम्बोधि लाभ (बोधिज्ञान) पाएको र बैशाख पूर्णिमाको दिन नै महानिर्वाण प्राप्त गरेको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?