News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका सांसद युवराज दुलालले मेलम्ची र इन्द्रावती बाढी प्रभावित क्षेत्रका संरक्षण काम वर्षायाम अघि गर्नुपर्ने माग राखेका छन्।
- दुलालले प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–२ का समस्याको प्रगतीबारे प्रश्न गरेका छन्।
- उनले मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामुदायिक उत्थान कार्यक्रमको गठन आदेश नआएको र मध्यपहाडी लोकमार्गको सडकखण्ड जीर्ण अवस्थामा रहेको उल्लेख गरेका छन्।
२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले मेलम्ची र इन्द्रावती बाढी प्रभावित क्षेत्रका बस्तीबारे सरकारले काम कहाँ पुर्यायो ? भन्दै प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा उनले वर्षायाम अघि नै त्यो क्षेत्रको संरक्षण गर्नुपर्ने काम आफूले यसअघि सरकारसमक्ष राखेको स्मरण गराए ।
तत्काल गर्नुपर्ने काम माग्दै प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा आफूले आफ्नो निर्वाचन क्षेत्र (सिन्धुपाल्चोक–२) का समस्या राखेको र त्यसको प्रगती कहाँ पुग्यो ? भन्दै प्रश्न गरेका हुन् ।
‘केही हप्ताअघि सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल गर्न सकिने केही कार्यसहित एउटा बैठक राख्नुभएको थियो । त्यो बैठकमा मैले मेरो निर्वाचन क्षेत्रसँग सम्बन्धित केही विषय राखेको थिएँ,’ दुलालले भने, ‘जसमध्ये अत्यन्त्र जरुरी मेलम्ची, इन्द्रावती बाढी प्रभावित क्षेत्रका विभिन्न बस्तीहरू उच्च जोखिममा छन्, र वर्षायाम अघि नै तीनको संरक्षण गर्नुपर्ने कार्य सरकारसँग राखेको थियो । त्यो काम कहाँ पुग्यो ?’
त्यस्तै, मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामुदायिक उत्थान कार्यक्रमबारे पनि उनले प्रश्न गरे ।
‘मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामुदायिक उत्थान कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएको छ । तर गठन आदेश नभएका कारण कार्यान्वयन हुन सकेको छैन । खानेपानी मन्त्रालयमा त्यो गठन आदेश कहिलेसम्म रोकिएर बस्ने हो ?,’ उनको प्रश्न थियो ।
मध्यपहाडी लोकमार्गको बन्देउ बाहुनेपाटी सडकखण्ड एक दशकदेखि जीर्ण अवस्थामा भएकोप्रति पनि उनले ध्यानाकर्षण गराए ।
‘मध्यपहाडी लोकमार्गको बन्देउ बाहुनेपाटी सडकखण्ड एक दशकदेखि जीर्ण अवस्थामा छ । त्यो ठेक्का यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने र त्यसमा तदरुकता देखाइयोस् भन्ने कुरा राखेको थिएँ । यी तीनवटै काममा म सरकारको जवाफ चाहन्छु,’ दुलालले भनेका छन् ।
प्रतिक्रिया 4