News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारलाई समयको सदुपयोग गरी स्टन्ट गरेर समय बर्बाद नगराउन सुझाएका छन्।
- उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु । सरकार एक्सनमा जाओस् । तर, सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस् ।’
- उनले उत्पीडित वर्गलाई अधिकार दिने संविधानको कार्यान्वयले समाजमा समानता ल्याउने बताए।
२० चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारलाई प्राप्त समयको सदुपयोग गर्न सुझाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु । सरकार एक्सनमा जाओस् । तर, सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस् ।’
राज्यको समय ट्रायल गरेर, स्टन्ट गरेर बर्बाद गरियो भने नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था नरहने उनले बताए ।
विगतमा राज्यदारा नै विभेदमा पारिएका वर्ग र समुदाय खासगरी दलित समुदायसँग सरकारले माफी मागेको विषयलाई उनले सकारात्मक भने ।
उत्पिडमा परेका वर्गलाई अधिकार दिने गरी संविधान बनेको र उक्त संविधानको असली कार्यान्वयले समाजमा समानता ल्याउने पनि उनले बताए ।
सभामुखमा निर्वाचित डोलप्रसाद अर्याललाई शुभकामना दिँदै उनले तटस्थताको अपेक्षा गरिएको बताए ।
‘यो बहुमतको पेलान गर्ने थलो नहोस्’ उनले भने ।
जेनजी आन्दोलन व्यवस्थाको विरुद्ध नभएर अवस्था परिवर्तनका लागि भएको भनेर उनले त्यसअनुसारको व्यवहार हुनुपर्ने बताए ।
प्रतिक्रिया 4