+
+
Shares

तेल उत्पादन बढाउने ‘ओपेक प्लस’को निर्णय

तेल उत्पादन गर्ने देशहरूको समूह ओपेक प्लसले ऊर्जा संकटलाई ध्यानमा राख्दै मे महिनाका लागि दैनिक २ लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते ७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेल उत्पादन गर्ने देशहरूको समूह ओपेक प्लसले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेको छ।
  • ओपेक प्लसका आठ देशहरूले ऊर्जा आपूर्तिको निर्बाध प्रवाह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षाको महत्त्व औंल्याएका छन्।
  • मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल आपूर्ति घटेपछि विश्वको अर्थतन्त्र प्रभावित भएको छ र ओपेक प्लसले मे ३ मा पुन: बैठक बस्ने तालिका बनाएको छ।

काठमाडौं । तेल उत्पादन गर्ने देशहरूको समूह ‘ओपेक प्लस’ले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वभर इन्धन आपूर्ति प्रभावित भइरहेका बेला ओपेक प्लसले तेल उत्पादन बढाउने निर्णय गरेका हुन् ।

यो निर्णय साउदी अरब, रुस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकस्तान, अल्जेरिया र ओमानका प्रतिनिधिहरू सहभागी भर्चुअल बैठकपछि सार्वजनिक गरिएको सिन्ह्वाले जनाएको छ ।

मध्यपूर्वमा जारी सैन्य द्वन्द्वका बीच ती आठ देशहरूले ऊर्जा आपूर्तिको निर्बाध प्रवाह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षाको महत्त्व औंल्याएका छन् ।

ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणप्रति पनि उनीहरूले चिन्ता व्यक्त गरेका छन्, जसले समग्र आपूर्ति उपलब्धतामा असर पारेको छ । उनीहरूले क्षतिग्रस्त ऊर्जा संरचनाहरूलाई पूर्ण क्षमतामा पुनर्स्थापना गर्न महँगो र धेरै समय लाग्ने समेत बताएका छन् ।

ओपेक प्लस देशहरू आगामी निर्णयका लागि मे ३ मा पुन: बैठक बस्ने तालिका रहेको छ ।

ओपेक १९६० मा स्थापना भएको तेल उत्पादक देशहरूको संगठन हो । यसका मुख्य सदस्यहरूमा साउदी अरब, इराक, इरान, कुवेत, भेनेजुएला जस्ता देश पर्छन् । यो समूहमा ओपेक बाहेकका केही ठूला तेल उत्पादक देशहरू जस्तै रुस, कजाकस्तान आदि पनि जोडिएपछि ‘ओपेक प्लस’ भन्न थालिएको हो । यी देशहरुले तेल उत्पादन नीति निर्धारण गर्ने, सदस्य देशहरूको हित संरक्षण गर्ने र विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा भूमिका खेल्छन् ।

फेब्रुअरी २८ देखि अमेरिका–इजरायलले इरानमाथि सुरु गरेको आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व तीव्र बनेको छ, जसका कारण कच्चा तेल तथा प्रशोधित पेट्रोलियम पदार्थको आपूर्ति उल्लेखनीय रूपमा घटेकाले विश्वको अर्थतन्त्र प्रभावित भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?