+
+
WC Series
Nepal Women
115/5 (17.4)
VS
Thailand Women
0/0
Shares

सिन्धुपाल्चोक–२ मा नेकपा उम्मेदवार बने दुलाल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते ९:०५

४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा युवराज दुलाल (शरद)लाई प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेद्वार बनाएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार दुलालाई टिकट दिएका हुन् ।

प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ ।

चौतारा साँगाचोकगढी स्थायी घर भएका दुलाल बागमती प्रदेशसभा सदस्य समेत हुन् । उनी सोही क्षेत्रबाट २ पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

२०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (क) बाट प्रतिस्पर्धा गरेका उनले जित निकालेका थिए । दुई कार्यकालको प्रदेशसभाको ८ वर्षे अवधिमा उनी अधिकांश समय सरकारमा रहेर काम गरेका थिए ।

२०७४ देखि २०७७ सम्म बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहेर उनले काम गरे ।

यो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेत प्रतिनिधि सभा सदस्य बनेका थिए । क्षेत्र नम्बर १ का बस्नेतले तत्कालीन माओवादीसँगको सहयोगमा चुनाव जितेका थिए ।

बस्नेतलाई नयाँ निर्वाचन क्षेत्रमा ल्याएर जिताएको र उनले विकासका काममा सक्रिय बन्न नसकेको भन्दै उनको आलोचना समेत भएको थियो ।

यो क्षेत्रमा एमालेले भने शेर बहादुर तामाङलाई उम्मेदवार बनाएको छ । तामाङ यसअघि बस्नेतसँगै हारेका थिए ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा भने नेपाली कम्युनिस्ट पार्टीले माधव प्रसाद सापकोटा (सुवोध)लाई टिकट दिएको छ । सापकोटा जेनजी आन्दोलनपछि विघटित प्रतिनिधि सभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?