+
+
Shares

मधेश प्रदेशका ४ प्रदेश सांसद एमाले उम्मेदवार

उम्मेदवारको लागि सिफारिस भएका चारैजना प्रत्यक्ष निर्वाचित जितेका प्रदेश सांसद हुन् । उनीहरू प्रदेश सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते ७:३३

४ माघ, जनकपुरधाम । नेकपा एमालेबाट मधेश प्रदेश सभाका चार प्रदेश सांसदले प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । जसमा दुईजना मधेशका पूर्वमुख्यमन्त्री र एकजना पूर्वसभामुख हेका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट जनमतका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ ।

धनुषा क्षेत्रनम्बर १ बाट मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल र महोत्तरी क्षेत्र नम्बर ४ बाट निवर्तमान मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई उम्मेदवार बनाउने एमालेको निर्णय छ ।

यस्तै पर्सा क्षेत्र नं. ३ बाट एमालेका प्रदेश सांसद प्रमोद जयसवाललाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उम्मेदवारको लागि सिफारिस भएका चारैजना प्रत्यक्ष निर्वाचित जितेका प्रदेश सांसद हुन् । उनीहरू प्रदेश सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?