+
+
WC Series
Nepal Women
95/3 (14.6)
VS
Thailand Women
0/0
Shares

एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते ८:४८

४ माघ, काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो ।

भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए । मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको थालनी गर्न प्रदर्शन आयोजना गरेको हो ।

एमालेले केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?