Comments Add Comment

जग्गा कित्ताकाट

List Grid
विराटनगर विमानस्थल विस्तार गर्न जग्गा कित्ताकाट रोकियो

१७ माघ, विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा कित्ताकाट रोकिएको छ । विमानस्थलका लागि अधिग्रहण गरिने जग्गाको कित्ताकाट रोकिएको हो । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विमानस्थल विस्तारका लागि मोरङ र सुनसरीमा पर्ने १२६.४ विगाह जग्गा अधिग्रहण गरिँदैछ । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलपछि रेखाङ्कन भित्र परेका जग्गाको कित्ताकाट रोक्ने निर्णय भएको उनले […]

बिचौलियाले नठगुन् भनेर कित्ताकाट खोल्यौं : मन्त्री अर्याल

२७ असोज, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्यालले बिचौलियाले सर्वसाधारण नठगुन् भनेर जग्गाको कित्ताकाट खुला गरेको प्रष्टीकरण दिएकी छन् । मंगलबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री अर्यालले कित्ताकाट रोकेका बेला बिचौलियाले विभिन्न छिद्र खोजेर कित्ताकाट गरिरहने तर सर्वसाधारण समस्यामा परिरहेको देखेपछि कित्ताकाट फुकुवा गरेको उनको दावी छ […]

जग्गा कित्ताकाट खोल्ने मन्त्रीस्तरीय निर्णयलाई कानुनले चिन्दैनन : संसदीय समिति

२७ असोज, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषिभूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुन सम्मत् नभएको जनाएको छ । मंगलबार बसेको बैठकको निर्णय सुनाउँदै समितिका सभापति रामनारायण विडारीले भने, ‘जग्गा कित्ताकाट खोल्ने मन्त्रीस्तरीय निर्णय कानुनले चिन्दैन र यो अर्थहीन छ ।’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ […]

जग्गा कित्ताकाटमा संसदीय समितिले मन्त्री अर्याललाई बोलायो

२३ असोज, काठमाडौं । जग्गा कित्ताकाटको विषयमा अन्यौल रहेका बेला संसदीय समितिले मन्त्रीलाई छलफलमा बोलाएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको शुक्रबार बसेको बैठकले जग्गा कित्ताकाटबारे छलफल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्याललाई बोलाउने निर्णय गरेको हो । समितिले आगामी मंगलबारको बैठकमा भूमि मन्त्री अर्याल र मन्त्रालयका […]

प्रदेश ५ को राजधानी प्रस्तावित क्षेत्रमा जग्गा किनबेच र कित्ताकाट रोक्का

१७ असोज, काठमाडौं । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्तावित क्षेत्रमा जग्गा कारोबार अनिश्चितकालका लागि रोक्का गरेको छ । प्रदेश मन्त्रिपरिषद बैठकले दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गा कारोबार रोक्का गर्ने निर्णय गरेको हो । प्रदेश ५ […]

जग्गा कित्ताकाटमा अन्यौल : मालपोत कार्यालयहरुको मनमौजी नीति

११ असोज, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गत १८ भदौमा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी पूर्व निर्णयहरू बदर गर्ने ‘विवादास्पद’ निर्णय लिइन् । तर, २९ भदौमा सर्वोच्च अदालतले मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि कित्ताकाटको विषय अन्योलमा परेको छ । मन्त्रालयको निर्देशन र अदालतको अन्तरकालिन आदेशपछि नयाँ अन्योल सिर्जना भएको […]

सर्वोच्चले झिकायो जग्गा कित्ताकाटसम्बन्धी सक्कल फाइल

८ असोज, काठमाडौं । सर्वोच्च अदालतले जग्गा कित्ताकाट मुद्दासँग सम्बन्धित निर्णयको सक्कल फाइल झिकाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशले बिहीबार जग्गा खण्डिकरण गर्ने भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको रिटमा सक्कल फाइल मगाउने आदेश दिएको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र […]

जग्गा कित्ताकाटमा मालपोत कार्यालय प्रमुखहरूको मनोमानी

४ असोज, काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा गरेको जग्गा खण्डीकरण खुल्ला गर्ने निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । भूमि व्यवस्था मन्त्रालयको पछिल्लो निर्णय कार्यान्वयन नगर्नुको अर्थ हो–अर्थ १८ भदौभन्दा पहिलाकै अवस्थामा पुग्नु । त्यसअघि मन्त्रालयले अंशबन्डा, अदालती आदेश लगायतका कित्ताकाटमा रोकतोक गरेको थिएन । अहिले […]

जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई […]

दशैं ‘खर्च जुटाउन’ जग्गा खण्डीकरण फुकुवा !

२८ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा मन्त्रिस्तरीय निर्णयबाट जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरिन् । २६ साउन २०७४ मा खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको ग्यारेन्टी गर्न भन्दै भूमि व्यवस्था मन्त्रालयले नै गरेको निर्णय उल्ट्याउँदै अर्यालले जग्गा खण्डीकरण गर्न पाइने निर्णय गरेकी हुन् । मन्त्रालयले १९ भदौमा […]

जग्गा कित्ताकाट फकुवाको निर्णय गलत : सभापति सुवेदी

२४ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट फकुवा गरेकामा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले असन्तुष्टि जनाएको छ । नियमावली नबनेको अवस्थामा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले मन्त्रीस्तरबाट भूमिको कित्ताकाट गर्ने निर्णय गर्नु गलत भएको समिति सभापति पूर्णकुमारी सुवेदीले बताइन् । न्यूज एजेन्सी नेपालसँग कुराकानीमा उनले जग्गा कित्ताकाटको […]

कित्ताकाट फुकुवाको निर्णयमा नेकपासम्बद्ध किसान महासंघको आपत्ति

२३ भदौ, काठमाडौं । भूमाफिया र दलाललाई पोस्ने गरी जग्गाको कित्ताकाट फुकुवा गरिएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको किसानहरुको संगठनले विरोध जनाएको छ । नेकपा सम्बद्ध अखिल नेपाल किसान महासंघले कित्ताकाट फुकुवाको निर्णयबाट आफूहरुलाई दुःखी र आक्रोशित बनाएको जनाएको छ । किसान महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको […]

तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो

२२ भदौ, काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट […]

अख्तियारले भन्यो : जग्गा कित्ताकाट रोकिँदा अनियमितता बढ्यो

५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट रोकिदा अनियमितता बढेको भन्दै खुला गर्न सुझाव दिएको छ । भूमि व्यवस्था मन्त्रालयले कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने नाममा गरेको जग्गा रोक्काको निर्णयका कारण सर्वसाधारणले हैरानी पाउने गरेको आयोगले ठहर गरेको छ । जग्गा कित्ताकाटको सन्दर्भमा सर्वोच्च अदालतको २०७४ फागुन २ गतेको आदेश समेत पूर्ण […]