Comments Add Comment

टुटल

List Grid
राइड सेयरिङ सेवा : सरकार न बन्द गर्छ, न वैधानिकता दिन्छ

१३ चैत, काठमाडौं । २०७३ पुसमा टुटलले ‘मोटरसाइकल र ट्याक्सी’मा ‘राइड सेयरिङ’ सेवा सुरु गरेलगत्तै सरकारले भन्यो, ‘निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु गैरकानुनी हो, चल्न दिइँदैन ।’ यो बीचमा यस्तो सेवा रोक्न सरकारी अधिकारी र यातायात व्यवसायीले प्रयास पनि गरे । सेवाग्राहीमाझ ‘राइड सेयरिङ’ एपहरू लोकप्रिय हुँदै गए । तर सरकारले न त यो […]

टुटल र पठाओले सेवा थाले, ट्राफिक प्रहरीले कारबाही थाल्यो

८ असार, काठमाडौं । लकडाउनका कारण बन्द भएका टुटल र पठाओले सेवा थालेका छन् । सार्वजनिक सवारी बन्द भएकाले राइडिङ सेयर गर्ने एपहरुमार्फत ‘राइडिङ’ हुन थालेको हो । यस्तो सेवा सुरु भएलगत्तै ट्राफिक प्रहरीले भने नियमविपरीतभन्दै कारबाही थालेको छ । नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडरसँग कमिसन नलिने गरी सेवा थालेको छ । राइडरले […]

टुटल–पठाओको सेवा नरोक्ने संकेत, विभागले स्मरण गरायो प्रदेश कानुन र अदालतको फैसला

२९ फागुन, काठमाडौं । यातायात व्यवस्था विभागले टुटल र पठाओको सेवा नरोक्ने संकेत गरेको छ । बागमती प्रदेश सरकारले बनाएको कानुन र उच्च अदालत पाटनको आदेश स्मरण गराउँदै विभागले टुटल र पठाओको सेवा नरोक्ने संकेत गरेको हो । यसअघि ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओको सेवा गैरकानुनी भएको दाबी गर्दै त्यसलाई रोक्न विभागको ध्यानाकर्षण गराएका थिए […]

थोत्रो बाइक दुर्घटना भए को जिम्मेवार ?

केही महिनाअघि म ललितपुरमा कार्यरत हुँदा एक जना १८ वर्षीया किशोरी उजुरी लिएर आइन् । उनी बौद्धबाट मोटरसाइकल चढेकी रहेछिन्, टुटल कम्पनीको एप प्रयोग गरेर । सःशुल्क लिफ्ट दिने बाइकवाला केटा रहेछन् । एकान्तकुनाको महादेवस्थान छेउमा पुगेपछि त्यो बाइकवाललाले उनको हातमा समातेछ र ‘आई लभ यू’ भनेछ । त्यसअघि पाखुराले संवेदनशील अंगमा छुन खोजेको रहेछ […]