Comments Add Comment

ठेकदार

List Grid
‘उपभोक्ता समितिले ठेकदारलाई काम लगाइरहेका छन्’

सार्वजनिक खरीद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ बनाउन सार्वजनिक खरीद ऐन आएको हो । ऐनको प्रस्तावनाले नै खरीदलाई विश्वसनीय बनाउने, सार्वजनिक खरीद प्रक्रियामा प्रतिस्पर्धी, स्वच्छ र जवाफदेही बनाउने भनेको छ । मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न र सार्वजनिक निकायले खरीदको व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने ऐनको […]

३२ मध्ये २७ ठेकदारले ल्याएनन् समयमै रासायनिक मल

७ भदौ, काठमाडौं । सरकारले अनुदानमा किसानलाई बिक्री गर्ने रासायिनक मल पछिल्लो साढे तीन वर्षदेखि समयमै नल्याउने क्रम मौलाएको छ । यो अवसधिमा मल खरिदका लागि कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले गरेको ३२ वटा ठेक्कामा ५ वटा ठेकदारले मात्रै समयमै मल नेपाल ल्याइपुर्‍याएको महालेखा परिक्षकको ५८औं प्रतिवेदनमा उल्लेख छ । समयमै मलको आपूर्ति […]

न रासायनिक मल आयो, न ठेकदारलाई कारबाही भयो

१४ साउन, काठमाडौं । गहुँको मुख्य सिजन र बेमौसमी मकै बालीको लागि यो वर्ष देशभर एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल चाहिने अनुमान छ । तर मल खरिद र बिक्रीको जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङकाअनुसार हालसम्म सो समयका लागि ३० हजार मेट्रिकटन मल मात्रै आउने निश्चित भएको छ । विभिन्न […]

‘नियोजित ठेक्का’ले प्रतिस्पर्धा हरायो : बोलपत्रका शर्तबाटै थाहा हुन्छ ठेक्का कसलाई

निर्माण परियोजनामा बोलपत्र आह्वान गर्दा नै विशेष शर्त राखेर कुनै कम्पनीको मात्रै योग्यता पुग्ने अवस्था सिर्जना गर्नु सामान्य प्रचलन हुन थालेको छ । प्रतिस्पर्धा मारेर सरकारी कोषमा लुट मच्चाउने यो अपराधबाट सीमित राजनीतिज्ञ, कर्मचारी र ठेकेदारले असीमित लाभ उठाइरहेका छन् । 

चाबहिल–साँखु र नख्खुखोला–बुङ्मती सडकको ठेक्का किन नतोड्ने भन्दै सोधियो स्पष्टीकरण

२२ असार, काठमाडौं । चाबहिल–जोरपाटी–साँखु र नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडक निर्माण सन्तोषजनक नभएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीसँग स्पष्टीकरण सोधेको छ । चाबहिल–जोरपाटी–साँखु सडकको जिम्मा लिएको बज्रगुरु–च्याङ्गमिला खानी जेभी र बज्रगुरु बिरुवा खानी जेभी तथा नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकको जिम्मा लिएको आशिष–बिरुवा–सीएम जेभीसँग आयोजनाले स्पष्टीकरण सोधेको हो । ती निर्माण व्यवसायीहरुलाई ठेक्का किन नतोड्ने भनेर सातदिने स्पष्टीकरण […]

६५ अर्ब माग्दै साइटमा फर्किन मानेनन् ठेकदार, निरीह बन्यो सरकार

११ पुस, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै पुरानो लयमा फर्किन सकेको छैन । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले करिब ३० देखि ४० प्रतिशत मात्रै निर्माण साइटमा काम भइरहेको छ, त्यो पनि निकै सुस्त गतिमा । सुरुमा महामारीलाई बहाना बनाउन पाएको निर्माण क्षेत्रले त्यसपछि वषर्ा र चाडबाडको निहुँ देखायो । अहिले ठेकदारहरु […]

साइट खोल्ने बेलामा ठेकदारका शर्तैशर्त : म्याददेखि लागतसम्म थप्न बार्गेनिङ

२९ कात्तिक, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै जुर्मुराएको छैन । सुरुमा महामारीलाई बहानाबाजी बनाएको यो क्षेत्रले त्यसपछि वर्षा र चाडबाड निहुँ पायो । लकडाउनपछि निर्माण साइट खुलाउन न सरकारी आयोजनाहरुले चसो दिएका छन् न त ठेकेदारलाई तातो लागेको छ । दशैंअघिसम्म तिहारपछि साइटहरु खुल्छन् भनिरहेको नेपाल निर्माण व्यवसायी महासंघको टोली अहिले आन्दोलनको […]

काम नगर्ने ठेकदारलाई थाहा नगरपालिकाले थाल्यो कारबाहीको प्रक्रिया

८ असोज, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले ठेक्का सम्झौता गरेर लामो समयसम्म काम नगर्ने ठेकदारलाई कारबाही प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले दुई निर्माण कम्पनीले पाँच वटा योजना समयमै सम्पन्न नगरेपछि ८ असोजमा सूचना प्रकाशित गरी कारबाही थालेको हो । आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा विभिन्न योजनाहरुको ठेक्का पाई हालसम्म पनि योजना सम्पन्न नगरेका […]

रेलको ठेक्का ब्युँताउन ठेकदारहरु अदालत जाने

२४ भदौ, काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा-इनरुवा खण्डको ठेक्का प्रक्रिया ब्युँताउन माग गर्दै निर्माण व्यवसायीहरु फेरि अदालत जाने भएका छन् । असन्तुष्ट व्यवसायीको समूहमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह पनि छन् । सिंहका अनुसार केही दिनभित्रै रद्द भएको ठेक्का प्रक्रिया सुचारु गर्न माग गर्दै सरकारविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको हो । ठेक्का […]

राज्यलाई हानि पुर्‍याउने ठेकदारलाई थप कारबाही हुन्छ : मन्त्री भुसाल

२१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले समयमा मल आपूर्ति नगर्ने ठेकदारहरूको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया अघि बढेको पत्रकार सम्मलेनमार्फत जानकारी दिएका छन् । साथै, उनले ती ठेकदारहरूलाई कानुनबमोजिम थप कारबाही पनि गरिने बताएका छन् । मन्त्री भुसालले आफ्नो मन्त्रालयमा सुशासनको अभियान थालनी भएको समेत दाबी गरे । सिंहदरबारमा […]

राज्य संरक्षित १८ भाइ ठेकदार : ५३ प्रतिशत ठेक्का कब्जा

२ भदौ, काठमाडौं । गत फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै एउटा कहालीलाग्दो तथ्य उजागर गरेका थिए, ‘कुनै विकासे मन्त्रालयको ६६ प्रतिशत विकास बजेट बराबरको ठेक्का १८ वटा ठेकदारका हातमा छन् ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको अध्ययनले ऊर्जा मन्त्रालय बाहेकका भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी मन्त्रालयका अधिकतम् मूल्यका ठेक्का […]

देवदहमा नगरपालिकाले ठेकदारको भुक्तानी रोक्यो

५ साउन, बुटवल । देवदह नगरपालिकाले सम्झौताअनुसारको काम नगरेको भन्दै एक ठेकदारको भुक्तानी रोकेको छ । देवदह-५ पानबारीको शहीद नरबहादुर नेपाली खेल मैदानमा माटो र बालुवा ‘फिलिङ’ गर्ने ठेक्कामा करिब १० लाख रुपैयाँको मात्रै गरेर ५० लाख भुक्तानी लिन खोजेको भन्दै नगरपालिकाले भुक्तानी रोकेको हो । नगरप्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिकाको बोर्ड बैठकले भुक्तानी रोक्ने […]

ठेकदारलाई ५ वर्षसम्म कालोसूचीमा राख्न प्रस्ताव

२५ जेठ, काठमाडौं । सरकारले अब तोकिएको समयमै गुणस्तरीय काम नगर्ने र खरिद प्रक्रिया मिच्ने ठेकदारलाई ५ वर्षसम्म कालोसूचीमा राख्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ । हाल १ वर्षदेखि ३ वर्षसम्म मात्रै कालोसूचीमा राख्न सक्ने व्यवस्था छ । संसदमा पुगेको सार्वजनिक खरिद ऐन २०६३लाई संशोधन गर्न बनेको विधेयकमा एक वर्षदेखि ५ वर्षसम्म कालोसूचीमा राख्न सकिने […]

चार राज्यमन्त्री थप्दै प्रदेश सरकार

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले दुई मन्त्रालयमा मन्त्री पद खाली राखेर चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्ने छन् । चारैजनालाई आइतबार अपराह्न सपथ […]

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

१ भदौ, काठमाडौं । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो । गृह मन्त्रालयले समयमा काम पूरा नगर्ने ठेकेदारको सूची नै मगायो । केही जिल्लामा ठेकेदारलाई पक्राउ गरेर एक दिन हिरासतमा समेत राखियो । तर ठोस कारबाही कसैलाई भएन । ठेकेदारलाई कारबाही गर्ने सरकारको चाहना थियो कि […]

हाइप्रोफाइल ठेकदारको धरहरा पुनर्निर्माण हात पार्ने दाउ

३१ असार, काठमाडौं । धरहरा पुनर्निर्माण हत्याउन ‘माननीय’ ठेकदारहरुले चलखेल सुरु गरेका छन् । वर्तमान र निवर्तमान माननीयहरुले टेन्डर मूल्यांकनमा ‘सेटिङ’को कम्पनी आउट हुने देखेपछि उनीहरुले खरिद प्रक्रिया नै अवरुद्ध पारेका हुन् । धरहरा पुनर्निर्माणका लागि ६ वटा कम्पनीले टेण्डर हालेका थिए । उनीमध्ये चार कम्पनी सिण्डिकेटधारी छन्, जसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई हातमा लिएर […]

धरहरा पुनर्निर्माण हत्याउन ‘माननीय’ ठेकदारहरुको चलखेल

३१ असार, काठमाडौं । धरहरा पुनर्निर्माण हत्याउन ‘माननीय’ ठेकदारहरुले चलखेल सुरु गरेका छन् । वर्तमान र निवर्तमान माननीयहरुले टेन्डर मूल्यांकनमा ‘सेटिङ’को कम्पनी आउट हुने देखेपछि उनीहरुले खरिद प्रक्रिया नै अवरुद्ध पारेका हुन् । धरहरा पुनर्निर्माणका लागि ६ वटा कम्पनीले टेण्डर हालेका थिए । उनीमध्ये चार कम्पनी सिण्डिकेटधारी छन्, जसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई हातमा लिएर […]

ठेकदारको लापरवाही, काम नसकिंदै बाढीले बगायो तटबन्ध

१७ असार, सिन्धुपाल्चोक । डिभिजन सडक कार्यालयले भोटेकोशी तथा सुनकोशी नदी नियन्त्रणका लागि ठेकदार मार्फत लगाएको तटबन्धन काम सम्पन्न नहुँदै भोटेकोशी नदीले बगाएको छ । बाह्रविसे नगरपालिका अन्तर्गत भोटेकोशी नदीको नदी किनारआसपासमा लगाएको जाली वाल र ढलान निर्माण सम्पन्न नहुँदै नदीले बगाएको हो । गत वर्ष आएको भोटेकोशी बाढीले अरनिको राजमार्गको बाह्रविसे तातोपानी सडक खण्डको […]

गृहमन्त्रीले चोर र ठग भनेको भन्दै ठेकदारको आपत्ति

२९ जेठ, कैलाली । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति प्रदेश ७ का ठेकदारहरुले आपत्ति जनाएका छन् । निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा मंगलबार प्रदेश निर्माण व्यवसायी महासंघ प्रदेश ७ र निर्माण व्यवसायी संघ कैलालीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश अध्यक्ष मदनबहादुर कुँवरले गृहमन्त्रीले निर्माण व्यवसायीहरुलाई चोर र ठगको संज्ञा दिएको भन्दै आपत्ति […]

गृहमन्त्रीले चोर र ठग भनेको भन्दै प्रदेश ७ का ठेकदारको आपत्ति

२९ जेठ, कैलाली । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति प्रदेश ७ का ठेकदारहरुले आपत्ति जनाएका छन् । निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा मंगलबार प्रदेश निर्माण व्यवसायी महासंघ प्रदेश ७ र निर्माण व्यवसायी संघ कैलालीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश अध्यक्ष मदनबहादुर कुँवरले गृहमन्त्रीले निर्माण व्यवसायीहरुलाई चोर र ठगको संज्ञा दिएको भन्दै आपत्ति […]

४ पटक म्याद गुजारेर ठेकदार बेपत्ता ६ वर्षसम्म बनेन भवन

२५ जेठ, पोखरा । महेन्द्रपुल चोकसँगै अग्लो भवन निर्माणाधीन छ । यो क्षेत्रीय हुलाक निर्देशनालयको भवन हो । नेपाल टेलिकमसँगै रहेको हुलाकको भवन बन्न थालेको ६ वर्ष नाघिसक्यो । डेढ वर्षमा बनिसक्नुपर्ने भवन निर्माण अझै सकिएको छैन । भवन निर्माणको जिम्मा लिएका ठेकेदार ४ पटक थप म्याद गुजारेर अहिले सम्पर्कबाहिर छन् । भवन निर्माण लापरबाही […]