Comments Add Comment

डब्ल्यूएचओ

List Grid
स्वास्थ्य आपतकाल सुरक्षा प्रणाली सुदृढ बनाउनु पहिलो प्राथमिकता : डब्ल्यूएचओ

२४ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीहरुले स्वास्थ्य आपतकाल सुरक्षा प्रणाली सुदृढ बनाउनु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । दक्षिण–पूर्वी एसियाका सदस्य राष्ट्रका प्रतिनिधिसँगको कोरोना महामारी र स्वास्थ्य आपतकालबारे छलफलको क्रममा अधिकारीहरुले यस्तो धारणा राखेका हुन् । ‘कोरोना महामारीको कारण हामीले अहिलेसम्मकै ठूलो चुनौतीको सामना गर्नुपरेको छ । विश्वका कुनै पनि मुलुक यस […]

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय बैठक सुरु

२१ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रको ७४ औं क्षेत्रीय बैठक सोमबारबाट सुरु भएको छ । बैठकमा विश्वका प्रमुख स्वास्थ्य नेतृत्वकर्ताले विश्वव्यापी स्वास्थ्य सेवा प्रदान तथा जोखिम सामना गर्न सक्ने स्वास्थ्य प्रणालीको लागि थप प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरुल यो क्षेत्रका मानिसहरुलाई आवश्यक पर्ने खोप, औषधि, उपकरण र […]

कोरोनाको उत्पत्तिबारे अध्ययन गर्ने डब्ल्यूएचओको योजना चीनद्वारा अस्वीकार

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे दोस्रो चरणको अध्ययनको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बनाएको योजना चीनले अस्वीकार गरेको छ । यो चरणको अध्ययनमा चीनको प्रयोगशालाबाट कोरोना भाइरस आएको हुन सक्ने विषयमा पनि अध्ययन गर्ने योजना तय गरिएको थियो । डब्ल्यूएचओले यसै महिना चीनका प्रयोगशालाहरुको विवरण र वुहान सहरको अध्ययनको योजना प्रस्तुत […]

कोरोनाको उत्पत्तिबारे अध्ययनमा सहकार्य गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा थप सहकार्य गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले थप पहुँच र पारदर्शिताको लागि चीनसँग आग्रह गरेका हुन् । गत फेब्रुअरीमा डब्ल्यूएचओको पहिलो चरणको अनुसन्धान सकिएको थियो । उक्त अनुसन्धानको निष्कर्ष कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट […]

मध्यपूर्वमा विनाशकारी रुपमा कोरोना फैलिने जोखिम : डब्ल्यूएचओ

३१ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ । कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना संक्रमण बढ्नसक्ने डब्ल्यूएचओले बताएको हो । निरन्तर आठ सातासम्म कोरोनाका नयाँ संक्रमित र […]

कोभ्याक्स कार्यक्रमलाई खोप अभाव : डब्ल्यूएचओ

८ असार, काठमाडौं । विश्वका गरीब मुलुकलाई कोरोना भाइरसविरुद्धको खोप पुर्‍याउने उद्देश्यले ल्याइएको कोभ्याक्स कार्यक्रमलाई खोपको अभाव भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा. ब्रुस आयलवार्डले अहिलेसम्म कोभ्याक्स कार्यक्रममार्फत १३१ मुलुकमा ९ करोड डोज खोप वितरण गरिएको छ । यद्यपि अझै पनि धेरै मानिसले कोरोना खोप पाउन सकेका छैनन् । […]

नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज खोप सहयोग गर्न डब्ल्यूएचओको अपील

२ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध एस्ट्राजेनेकाले बनाएको १४ लाख डोज खोप नेपाललाई सहयोग गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश पाडवले नेपाललाई खोप सहयोग गर्न  अन्तर्राष्ट्रिय आग्रह गरेका हुन् । डब्ल्यूएचओ नेपालले सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियोमा पाडवले भनेका छन्, ‘अहिले नेपालीहरुलाई तपाईंको सहयोग चाहिएको […]

डब्ल्यूएचओले भन्यो : कोरोना उत्पत्तिबारे चीनलाई थप दबाब दिन सकिदैन

२५ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ अधिकारीले चीनलाई कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने बताएका छन् । डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिन कुनै पनि अधिकार नरहेको बताएका हुन् । ‘हामी आफ्ना सदस्य मुलुकबाट पूर्णरुपमा सहकार्य, निवेश र सहयोगको अपेक्षा गर्छौं’, […]

कोरोना खोप अहिले बालबालिकाको प्राथमिकता होइन : डब्ल्यूएचओ

२१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ खोप विशेषज्ञले बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपमा उच्च प्राथमिकता नपर्ने बताएका छन् । बिहीबार डब्ल्यूएचओको खोप विभागकी निर्देशक केटरिन ओब्रियनले कोरोना खोप कार्यक्रममा बालबालिकालाई प्राथमिकतामा राख्नु नपर्ने बताएकी हुन् । ‘बालबालिकाहरु वास्तवमा कोभिड-१९ बाट संक्रमित हुने जोखिम निकै कम छ’, उनले भनिन् । उनका अनुसार […]

भियतनाममा देखिएको भेरियन्ट नयाँ होइन : डब्ल्यूएचओ

२० जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भियतनाममा देखिएको कोरोना भाइरस (कोभिड–१९)को भेरियन्ट नयाँ नभएको बताएको छ । जापानी समाचारपत्रिका निक्केईसँगको अनलाइन अन्तर्वार्तामा डब्ल्यूएचओका प्रतिनिधिले भियतनाममा देखिएको भेरियन्ट भारत र बेलायतमा देखिएको कोरोनाको भेरियन्टको संयुक्त रुप भएको बताएका हुन् । ‘अहिलेको अवस्थामा डब्ल्यूएचओको परिभाषाअनुसार भियतनाममा कुनै नयाँ हाइब्रिड भेरियन्ट देखिएको छैन,’ डब्ल्यूएचओका प्रतिनिधि किडोङ […]

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउँदा ९१ मुलुक नयाँ भेरियन्टको जोखिममा : डब्ल्यूएचओ

१९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निर्यातमा भारतले लगाएको प्रतिबन्धको असर ९१ मुलुकमा परेको बताएको छ । भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धको कारण नै यी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम पनि अत्यधिक देखिएको डब्ल्यूएचओको उल्लेख गरेको छ । ‘विशेषगरी सेरम इन्स्टिच्युट अफ इन्डियाबाट नआएको खोपको भरपाई एस्ट्राजेनेका […]

विश्वभर कोरोनाका नयाँ संक्रमित र मृतकको संख्यामा कमी : डब्ल्यूएचओ

१२ जेठ, काठमाडौं । पछिल्लो साता विश्वभर कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित र संक्रमणको कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार यो अवधिमा कोरोनाका ४१ लाख नयाँ संक्रमित थपिएका थिए र ८४ हजार कोरोना संक्रमितको मृत्यु भएको छ । २३ मे अघिको एक सातामा अघिल्लो साताको तुलनामा कोरोनाका […]

डब्ल्यूएचओले भन्यो– नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं

९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम […]

८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

१७ वैशाख, धनगढी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि […]

कोरोना महामारी अन्त्य हुन समय लाग्छ : डब्ल्यूएचओ

३१ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम ग्याब्रियसससले कोरोना महामारी अन्त्य हुन लामो समय लाग्ने बताएका छन् । भाइरसबारे देखिएको अन्योल तथा यसलाई हल्का रुपमा लिने बानीले यो महामारी अन्त्य हुन लामो समय लाग्ने उनले बताएका हुन् । यद्यपि, अबको केही महिनामा नै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै महामारीलाई नियन्त्रणमा ल्याउन सकिने […]

कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा थप अनुसन्धान आवश्यक : डब्ल्यूएचओ

१८ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक भएको बताएको छ । संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियस भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धानमा जोड दिएको छ । अमेरिका र युरोपियन मुलुकहरुले चीनले संगठनलाई पर्याप्त सूचना उपलब्ध नगराएको आरोप लगाएका छन् । […]

भविष्यमा आउन सक्ने महामारी रोक्ने योजनामा २३ मुलुक सहमत

१७ चैत, काठमाडौं । विश्वका २३ मुलुक र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भविष्यमा उत्पन्न हुन सक्ने महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय सन्धिको योजनामा सहमत भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीजस्तै अन्य कुनै महामारी निस्किन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सन्धी आवश्यक रहेको निष्कर्षसहित विश्वका २३ मुलुकले यसमा सहमति जनाएका हुन् । उक्त सन्धीअनुसार महामारी […]

कोभ्याक्स कार्यक्रमलाई बेवास्ता नगर्न सम्पन्न मुलुकलाई डब्ल्यूएचओको आग्रह

११ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले धनी मुलुकलाई कोभ्याक्स कार्यक्रमलाई बेवास्ता नगर्न आग्रह गरेका छन् । कोभ्याक्स कार्यक्रम विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउने उद्देश्यका साथ ल्याइएको हो । डब्ल्यूएचओका प्रमुख गेब्रेयेससले धनी मुलुकहरुलाई अतिरिक्त कोरोना खोप खरिद गर्नुभन्दा पहिला कोभ्याक्स कार्यक्रमलाई यसले असर पार्छ कि […]

फेब्रुअरीभित्रै अमेरिकाले डब्ल्यूएचओलाई २० करोड डलर दिने

६ फागुन, काठमाडौं । अमेरिकाले फेब्रुअरी महिनाभित्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई २० करोड डलरभन्दा बढी रकम दिने भएको छ । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डब्ल्यूएचओबाट बाहिरिने निर्णय गर्दै डब्ल्यूएचओलाई बुझाउँदै आएको शुल्क रोक्ने निर्णय गरेको थियो । बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले डब्ल्यूएचओलाई उक्त रकम बुझाउने निर्णय भएको बताएका हुन् । यसले विश्व […]

डब्ल्यूएचओद्वारा कोरोना खोप निर्यातमा कडाइ गर्ने ईयूको नीतिको विरोध

१८ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपेली संघ (ईयू)को कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा कडाइ गर्ने घोषणाको आलोचना गरेको छ । यस किसिमको नियमले विश्वमा महामारी अझै लम्बिन सक्ने डब्ल्यूएचओको भनाइ छ । ईयूले खोप निर्माताको उत्पादनमा देखिएको समस्याको कारण खोप निर्यातमा कडाइ गर्नु जरुरी रहेको बताउँदै आएको छ । तर, डब्ल्यूएचकी […]

डब्ल्यूएचओद्वारा फाइजर–बायोएनटेकको खोपलाई अनुमति

१७ पुस, काठमाडौं । अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगको लागि अनुमति दिने निर्णय गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै डब्ल्यूएचओले कोरोनाविरुद्धको पहिलो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको बताएको हो । डब्ल्यूएचओले आपतकालीत प्रयोगको लागि अनुमति दिएसँगै विश्वका मुलुकहरुलाई […]