Comments Add Comment

दसैँ

List Grid
लन्चेस्टनमा नेपालीहरुको दसैँ : न कोरोनाको डर न आशीर्वादको कमी

  तास्मानिया । ६० वर्षीय वसन्त बजगाईं छोरा बुहारीले बोलाएर अष्ट्रेलिया घुम्न आएको ८/९ महिना भयो । दसैँ पर्व नजिकिँदै जाँदा परदेशी भूमिमा दसैँ खल्लो हुने होला भन्ने कुराले उनलाई भित्रभित्रै पोलिरहन्थ्यो । अहिलेसम्मको दसैँ नेपालमै आफन्तहरुसँगसँगै बसेर खुशीसाथ मनाएका उनीले यसपालि भने कोरोना महामारीका कारण यो खुशीबाट बञ्चित हुनुपरेको कुराले उनको मन कता कता […]

कास्कीका कैदीबन्दीले लगाएनन् टीका

११ कात्तिक,  कास्की । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् । विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए । ‘विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका […]

टीका र जमरा लगाउने क्रम आज पनि जारी

११ कात्तिक,  काठमाडौं । आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन […]

राष्ट्रपतिको हातबाट लगाए प्रधानमन्त्री ओलीले दसैँको टीका

१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् […]

संक्रमितलाई सङ्क्रमितबाटै दसैँको टीका   

१० कात्तिक, तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन् । संक्रमितले यस वर्ष दशैँ मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताए । ‘यस वर्ष कोरोनाले गर्दा दशैँको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना […]

मास्कले छोपेको दसैँको खुशी (फोटो फिचर)

१० कात्तिक, काठमाडौं । हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो दसैँ । अनि दसैँको पनि सबैभन्दा महत्वपूर्ण र उल्लासमय दिन हो विजया दशमी अर्थात् टीका । यो दिन मान्यजनसँग टीका र जमरा लगाएर आशिर्वाद लिने दिन हो । दसैँमा टीका लगाउनकै लागि मानिसहरु विदेशबाट स्वदेश फर्किने र स्वदेशकै शहरबाट गाउँमा मान्यजनसमक्ष पुग्छन् । दसैँ आपसमा […]

मास्क लगाएर दसैँको टीका (फोटो फिचर)

१० कात्तिक, काठमाडौं । बडा दसैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदैछ । घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेख गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । टीकाको साइत विहान १०ः १९ बजे भएपनि आफू अनुकुलको समयमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । […]

प्रधानमन्त्रीले बालुवाटारमा लगाएनन् दसैँको टीका

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन सरकारी निवास बालुवाटारमा टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् । सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई टीका लगाइदिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार […]

दसैँ बदलियो कि समय ?

यो वर्ष धेरैले आफ्ना पुराना दसैँ ‘मिस’ गरेका छन् । सामान्य अवस्था हुन्थ्यो भने यतिबेला शहर सुनसान भइसक्यो । शहरबाट गाडीभरि मात्र होइन, छतमा समेत भरिएर मानिसहरु गाउँ पुगिसक्थे । कोरोना महामारीका कारण उत्पन्न प्रशासनिक झञ्झट र स्वास्थ्य सचेतताका कारण यो वर्ष धेरैले पारिवारिक जमघटका साथ परम्परागत रुपमा दसैँ मनाउन सकेनन् । वडा र गाउँपालिकाले […]

‘दसैंको अक्षता पात वा प्लेटमा राखेर दिउँ’

यस वर्ष कोरोनासँगै दसैं मनाउनुपरेको छ । यसर्थ, कोरोनाको जगजगीमा दसैं मनाउँदा के कसो गर्नु बेस होला भनी मनमा उब्जिएका कल्पनाहरु आम पाठकसमक्ष प्रस्तुत गरेको छु । यसपटकको दसैं सबैले तनावमुक्त भएर मनाउने अभ्यास गर्न सबैमा सार्वजनिक अपिल गर्छु । ज्येष्ठ नागरिकको सुरक्षा हिन्दू धर्मअनुसार दसैंमा मान्यजन वा आफूभन्दा उमेरले पाका मानिसबाट आर्शिवाद लिने हो […]

दसैंको मामिलामा फरक छ मनाङ

९ कात्तिक, काठमाडौं । पूर्वमा ताप्लेजुङको लेलेप र ओलाङचुङ्गोलादेखि कर्णालीको हुम्लाको लिमीसम्मको उच्च हिमाली भूभागमा बसोबास गर्ने मंगोलियन समूहमा प्रायः जातजातिहरूले दसैं खासै मनाउँदैनन् । तर, यस्तै हिमाली भूगोलमा बस्ने मनाङका गुरुङ लगायतका जातिले धुमधामका साथ दसैं मनाउने गर्छन्, किन होला ? धेरै बली दिने अष्टमी र नवमीको दिन घरमाथिको डाँडामा गएर शान्तिको कामना गर्न […]

दसैंमा दशा नभित्रियोस्

दसैं आइसकेको छ । तिहार र छठ पनि नजिकै आइरहेका छन् । विगतमा दसैं, तिहार, छठ आउँदा परदेशीहरु घर फर्कन्थे । बजारमा रौनक हुन्थ्यो । गरीबले पनि दसैं तिहारमा ऋण नै गरेर भएपनि एकसरो लुगा फेर्ने र मीठो मसिनो खान्थे । तर, यसपटक अवस्था फरक छ । कोभिड १९ को महामारीसंगै सरकारले जारी गरेको स्वास्थ्य […]

त्यो दसैँ, यो दसैँ, ई–दसैँ

शरदको याम, दसैँको बेला । आकाश छ्याङ्ग उघ्रेको छ । मलमासले एक महिना पर ठेलेर कात्तिकमा पुर्याएको यस पालिको दसैँमा तिहारमाजस्तै फूल ढकमक्क भइसकेको छ  । सवारी साधन कम चलेर त्यति धुवाँधुलो छैन । काठमाडौँ निकै चिसिइसकेको छ, उत्तरतिर गणेश र लामटाङ हिमचुचुरा मुस्कुराइरहेछन् । शिवपुरीको जंगलमा पन्छीहरु शारदीय भाका हालिरहेका छन्, प्रकृतिमा परिपुष्टता छ […]

दसैंको मुख्य सुरक्षा चुनौती : हेट क्राइम र चोरी

८ कात्तिक, काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरसको महामारीबीच मनाइँदै गरेको दसैं पर्वमा घृणाजन्य अपराध (हेट क्राइम) र चोरी मुख्य सुरक्षा चुनौती रहेको प्रहरीले विश्लेषण गरेको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दो अवस्थामा रहेका बेला विभिन्न ठाउँबाट गाउँ जाने व्यक्तिलाई घृणाको भावले हेर्ने, कुटपिट र बहिस्कार गर्नेसम्मका घटना हुनसक्ने प्रहरीले विश्लेषण गरेको हो । महानगरीय […]

भान्से अमर न्यौपाने, परिकार खसीको भुटुवा

तपाईं झुक्किनुहोला, यी अर्कै अमर न्यौपाने परेछन् भनेर । तर, दशैंको पूर्वसन्ध्यामा लेखक अमर न्यौपानेलाई नै हामीले भान्से बनाएका हौं । तपाईंको मनमा प्रश्नको छाल उठ्ला, अक्षरहरुसँग खेल्ने मान्छे कहाँबाट मरमसला खेलाउन पुगे ? गुप्त कुरा खुलाईहालौं, खासमा अमर न्यौपाने लेखक मात्र होइनन् । सीपालु भान्से समेत हुन् । अहिले हो र ? १० बर्षको […]

दसैँमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

८ कात्तिक, दमौली । हिन्दु नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडि बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दसैँको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिए । ‘दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ’ […]

अधिकांश शक्तिपीठमा मन्दिरबाहिरैबाट दर्शन   

८ कात्तिक, काठमाडौँ । नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दीनेशकुमार डङ्गोलले […]

सैनिक मञ्चमा सेनाले गर्‍यो फूलपाती बढाइँ   

७ कात्तिक,  काठमाडौं । दसैंको सातौं दिन फूलपाती, शुक्रबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपातीको बढाइँ गरेको छ । सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्‍यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरर्‍यो भने सैनिक हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरियो । समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको […]

तलेजुमा बलिरहित पूजा, लगिएन दसैँघर   

७ कात्तिक, भक्तपुर । यहाँस्थित तलेजु मन्दिरमा शुक्रबार बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादसैँको फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा […]

खसीबोका बेच्न काठमाडौं आउने किसान घटे

७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । आजको दिन काठमाडौंका मुख्य चोकहरुमा […]

विना तामझाम गोरखाको फूलपाती हनुमानढोका पठाइयो

७ कात्तिक, गोरखा । गोरखा दरबारको फूलपाती हरेक वर्षजस्तै यस वर्ष पनि काठमाडौंको हनुमानढोका पठाइएको छ । शुक्रबार बिहान आठ बजे दसैँघरबाट निकालिएको फुलपाती बा १ झ ३३२१ नम्बरको गाडीमा चुडानिधि तिवारीसँग पठाइएको हो । तर कोभिड–१९ का कारण अघिल्लो बर्षजस्तो स्थानीय सहभागी गराएर हर्षाैल्लासका साथ फूलपाती पठाउन नसकिएको गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि […]