Comments Add Comment

दीप बस्न्यात

List Grid
दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा […]

सर्वोच्चले विशेष अदालतसँग माग्यो दीप बस्न्यातलाई थुनामा राख्नुको कारण

१९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिव दीप बस्न्यातलाई थुनामा राख्नुपर्नाको कारण माग गरेको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ दिन विशेष अदालतलाई आदेश दिएको हो । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो आदेश जारी हुन […]

बन्दी प्रत्यक्षीकरण रिट लिएर दीप बस्न्यात सर्वोच्चमा

१७ वैशाख, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सचिव दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् । उनले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको २०७७ मंसिर २८ गतेको आदेश आधारहीन र प्रमाणहीन हुनुका साथै उक्त आदेशका कारण आफ्नो संविधान प्रदत्त मौलिक हकमा आघात पुगेको […]

दीप बस्न्यातको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

५ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मागेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध परेको रिटमा अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो । न्यायाधीश हरि फुयाँलको इजलासले कैफियत प्रतिवेदन मागेको आदेशको अदालतको वेवसाइटमा उल्लेख छ । […]

दीप बस्न्यातमाथि प्रधानमन्त्री निवासको जग्गा ‘ड्राइभर भाइचा’लाई बेचेको आरोप, १३ वर्ष कैद हुनसक्ने

२९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवास क्याम्पभित्रको जग्गा गैरकानुनी तरिकाले व्यक्तिको नाममा पार्न बस्न्यातले भूमिका खेलेको भन्दै अख्तियारले २२ माघ २०७६ मा आरोपपत्र दायर गरेको […]

ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख बस्नेत थुनामा

२८ मंसिर, काठमाडौं । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् । आइतबार विशेष अदालतले हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज […]

ललिता निवास प्रकरण : विशेष अदालतमा हाजिर भए दीप बस्न्यात

२८ मंसिर, काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपित एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा हाजिर भएका छन् । कानुन व्यवसायीसहित बस्न्यात अदालतमा हाजिर भएपछि हाल बयान लिने कार्य जारी रहेको उप–रजिष्टचार पुष्पराज पाण्डेयले अनलाइनखबरलाई बताए । बस्न्यातको आइतबारै थुनछेक बहस हुनसक्ने जनाइएको छ । बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको […]